Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली नेतृत्व सरकारको दुई वर्ष – वाचा पूरा गर्ने प्रतिबद्धता
ओली नेतृत्व सरकारको दुई वर्ष – वाचा पूरा गर्ने प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०७६
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका वाचाहरू पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपश्चात मुलकमा विकासको आधार बनेको भन्दै आगामी वर्षहरूमा गति लिने बताए । सरकार गठनको दुईवर्षे कार्यकाल पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको विकासले गति लिएको बताएका हुन् । उनले भने, ‘जति काम भएका छन्, सबै राम्रा भएका छन् ।’ प्रधानमन्त्री ओली आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका र गरिएका कामकारबाहीबारे जानकारी दिँदै भने, ‘यो सरकारले गठन भएपछि प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको छ ।’ प्रधानमन्त्री ओलीले सरकारले गरेका उपलब्धिबारे जानकारी गराउँदै भने, ‘यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।’ वर्तमान सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको बताउँदै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको दावी गरे । उनले यस अवधिमा रु दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको दावी गरे । साथै, ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको र ८८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको बताए । उत्पादित विद्युत् भारत र बंगलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘एमसीसी कम्प्याक्ट अन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुंगा हुनेछ’ उनले भने, ‘अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ ।’ उनले आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने दावी गरे । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको ४० वर्षपछि पुनर्निर्माण तोकिएको समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकका अन्य विभिन्न विमानस्थलको पुनःनिर्माण र स्तरोन्नति गरी रात्रिकालीन सेवासमेत शुरु गरिएको जानकारी गराए । मुलुकमा पेट्रोलियम पाइपलाइन तोकिएको समयमै निर्माण सम्पन्न भएको बताउँदै उनले सबै नेपालीको पहुँचमा टेलिफोन सेवा पुगेको, भूकम्पछिको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको तथा बारा र पर्सामा टोर्नाडो पीडित जनतालाई तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिएको बताए । उनले यस दुई वर्षको अवधिमा विद्यार्थी भर्ना दर शतप्रतिशत नजिक पुगेको र विद्यार्थीले विद्यालय छोड्ने दर कम भएको बताए । स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको छ । दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको छ ।’ यस्तै, आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएका प्रधानमन्त्री ओलीले सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराए । उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गरे ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०५:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP