काठमाडौं - सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले सरकारी डेटा सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्दै आइरहेको केन्द्र खारेज गरेको हो ।
अब राष्ट्रिय सूचना प्रविधि केन्द्रले यसअघि गरिरहेका सम्पूर्ण कार्य सूचना प्रविधि विभागले गर्ने उल्लेख छ ।
त्यस्तै बजेटमार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभ्ने घोषणा समेत गरेको छ ।
अतिरिक्त हुलाक कार्यालय सहित २० ओटा संस्था खारेज गरिने तथा गाभिने कार्यालयमा परेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १६:२८