काठमाडाैं - नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतमा नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित रहेर दायर पाँच मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो।
आजबाट सुरु हुने भनिएको प्रतिवादीको बयानको लागि गोला प्रथाबाट न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। बयान करिब करिब दुई हप्ता लाग्ने सरकारी वकिलको कार्यालयले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।
सबै प्रतिवदीको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने आदेश हुनेछ।
सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ परेका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १०:३२