Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • रेशम चौधरीको सजायमाफी प्रस्ताव शितलनिवासमा
रेशम चौधरीको सजायमाफी प्रस्ताव शितलनिवासमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १२, २०८०
resham
Hardik health
-सरकारमा जानुअघि रञ्जिताले आफू मन्त्री भएपछि रेशम जेलबाट छुट्ने बताएकी थिइन् - उच्च अदालतले २०७७ पुस ३ गते सुनाएको जन्मकैद गत जेठ २ सर्वोच्चले सदर गरेको थियो -सर्वोच्चको फैसलाको भोलिपल्टै उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो । लगत्तै ५ गते सहमतिको वातावरण बनेपछि उन्मुक्तिले बन्द फिर्ता लिएको थियो
काठमाडौं-  ‘टीकापुर हत्याकाण्ड’मा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको सजायमाफीको माग गर्दै परेको निवेदन प्रस्ताव राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेको छ । गृह मन्त्रालयमार्फत उक्त निवेदन बुधबार शितलनिवास पुगेको हो । कैलालीको टीकापुरमा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्तका रुपमा रेशमसहित ११ जनालाई जन्मकैदको फैसला भएको थियो । २०७२ भदौ ७ गते मधेस–थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक जना बालक मारिएका थिए । यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए ।सुरक्षाकर्मी मारिएपछि ८५ जनाभन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए । सोही प्रकरणमा रेशमलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो । घटनाका मुख्य आरोपी चौधरीले सांसद भएको समयमा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन् । जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको निर्णय सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा छन् । राष्ट्रपतिले अध्ययन गर्ने उनै रेशमलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिने गरी राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ । सजाय माफीसम्बन्धी फाइल बुधबार आइपुगे पनि अध्ययन गर्न भने बाँकी रहेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुवँरले बताए । ‘प्रशासनले हेर्न पाएको छैन । शुक्रबारबाट अध्ययन गरेर प्रशासनबाट ब्रिफिङ हुन्छ,’ प्रभावसँग कुवँरले भने । राष्ट्रपतिको कार्यालयमा आइपुगेको फाइल सम्पूर्ण सजाय माफीसम्बन्धी भएको उनले बताए । बिहीबार भोटोजात्राका कारण बिदा परेकोले अध्ययन हुन नपाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । यसबारेको फाइल विस्तृत अध्ययनपछि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले निर्णय लिने पोखरेलको भनाइ छ । श्रीमती मन्त्री बनेपछि छुट्ने तरखर ! नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन् रञ्जिता श्रेष्ठ । उनी रेशमकी पत्नी हुन् । गठबन्धन सरकारमा चैत १७ गते रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त भएकी हुन् । मंसिरमा सम्पन्न संसदीय चुनावमा रेशमको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सिट जितेको थियो । रेशम पत्नी रञ्जिता कैलाली–१ बाट विजयी भएकी थिइन् । रेशमका बुवा लालवीर चौधरीले पनि बर्दिया–२ बाट जित हासिल गरेका थिए । सरकारमा जानुअघि रञ्जिताले आफू मन्त्री भएपछि रेशम जेलबाट छुट्ने बताएकी थिइन् । यद्यपि, जेठ २ गते भने सर्वोच्च अदालतले उच्च अदालत दिपायल गरेको फैसलाको सदर गरेको थियो । उच्च अदालतले २०७७ पुस ३ गते उनलाई जन्मकैद सुनाएको थियो । यसअघि जिल्ला अदालत कैलालीले उनी तीन वर्षभन्दा बढी पुर्पक्षमा राखेको थियो । सर्वोच्चको फैसलासँगै उन्मुक्ति पार्टीले देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो । सर्वोच्चको फैसलाको भोलिपल्टै उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेका थियो । लगत्तै ५ गते उन्मुक्तिले बन्द फिर्ता लिएको थियो । जेलमा हुँदै शपथ, जेलमै सकियो पदावधि २०७२ साल भदौ ७ गते टीकापुरमा हत्याकाण्ड मच्चिएको थियो । टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेपछि रेशम फरार भएका थिए । उनी लामो समय भारतमा लुकेर बसे । फरार रहेकै अवस्थामा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचन लडे । उनी २० हजार ९३५ को फराकिलो अन्तरले निर्वाचित भए । त्यसपछि उनले जिल्ला अदालत कैलाली पुगेर आत्समर्पण गरे । कैलाली कारागारमै सांसद पदमा शपथ खुवाउनुपर्ने माग गर्दै अनसन बसेका उनी । अनसनकै क्रममा बिरामी परे । बिरामी परेपछि रेशमलाई काठमाडौं ल्याइयो । काठमाडौं ल्याएपछि उनलाई २०७४ पुस १६ गते सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाए । शपथ खुवाएपछि उनलाई जेल नै पठाइयो । त्यसयता रेशम जेलमा छन् । रेशमको पार्टीले पछिल्लो निर्वाचनमा चार सिट जितेसँगै नेपाली कांग्रेसदेखि गठबन्धनका नेताहरु उनलाई फकाउन जेल पुगेका थिए । तर, त्यतिबेला गठबन्धन भत्किएर एमालेको सहयोगमा नयाँ सरकार गठन भएपछि रेशमलाई छुटाउने प्रकरण सेलाएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP