रुकुम पश्चिम -रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ को टुरीधारा मोसेखोलामा जिप दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ।
बिहीबार सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकोट खलंगातर्फ आइरहेको लु १ ज १७४७ नम्बरको जिप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो। बाँफिकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर केसीका अनुसार २२ दिनको बच्चा र आमासहित पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उनका २२ दिनको छोरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शितला केसी रहेको वडाध्यक्ष केसीले बताए।
शितलाको उपचारका लागि लैजादै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।
उकालोमा ब्रेक फेल भएर जिप सडकबाट खसेको जस्तो देखिएको वडाध्यक्ष केसीले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० ११:०४