Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रविविरुद्ध फेरि मुद्दा
रविविरुद्ध फेरि मुद्दा
बिहीबार, जेठ ११, २०८०
rabi lamichhanee
Hardik health
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नागरिकता पुनःप्राप्ति गर्दा प्रक्रिया नपु¥याएको दाबीसहित युवराज पौडेल सफलले लामिछानेविरुद्ध रिट दायर गरेका हुन् ।   ‘लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस गर्न नसकेको र निस्सा पेस गर्न नसकेको कारणले नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम पुनः नेपाली नागरिकता प्राप्त गर्न नसकेको प्रस्ट भएको छ,’ रिटमा भनिएको छ, ‘यो मुद्दाको अन्तिम निर्णय नभएसम्म सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तर्गत अन्तरिम आदेश जारी गरी निज लामिछानेलाई प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाइ पाऊँ ।’   नागरिकता पुनःप्राप्ति नगरेकै कारण गृहमन्त्री बनेको केही समयमै लामिछानेको सांसद पद खारेज भएको थियो । गत मंसिर ४ गते चितवन २ बाट निर्वाचित भएका लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए । मन्त्री भएको एक महिना पुग्नासाथ सर्वोच्च अदालतको आदेशसँगै माघ १३ गते उनको सांसद पद खारेज भएको थियो । सांसद पद गुमेसँगै उनको मन्त्री र सभापति पदसमेत गुमेको थियो । लगत्तै नागरिकता पुनःप्राप्ति गरेका उनी रास्वपा सभापतिमा ‘ब्याक’ भए ।   उनको क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन भयो । उपनिर्वाचनबाट पुनः निर्वाचित भएको एक महिना पुगेकै बेला उनीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा दर्ता भएको हो । पेसी १७ गतेका लागि तोकियो निवेदक पौडेलले लामिछानेको सांसद पद खारेज गर्नुपर्ने दाबीसहित परमादेशको माग गरेका छन् । ‘पुनः नेपाली नागरिकता कायम गरेको भन्ने प्रस्ट हुनेगरी नागरिकता जारी र प्राप्त नगरेसम्म निज रवि लामिछाने कुनै पनि राजनीतिक पदमा उम्मेदवार हुन, निर्वाचित हुन, मनोनयन हुन र मतदान गर्न नपाउने गर्नु गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गरिपाऊँ ।’   रिटमा पौडेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् । आयोग लामिछानेको बहकाउमा लागेर मतदाता नामावलीसमेत नवीकरण नगरी उम्मेदवार बन्न दिएको रिटमा दाबी गरिएको छ ।   ‘निर्वाचन आयोगलगायतका विपक्षीहरु पनि निकै बहकावमा लागि निज रवि लामिछानेको मतदाता नामावली नवीकरणसमेत नगरी अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ख) अन्तर्गतको योग्यता समेतको अभाव हुँदाहुँदै पनि निजलाई चितवन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा उमेदवार हुन् दिई निर्वाचित घोषणा गरी पुनःनेपाली नागरिकता नभएको व्यक्तिलाई संसद्मा पु¥याउने कार्य विपक्षीहरुबाट भएको छ,’ रिटमा भनिएको छ । उक्त रिटका लागि जेठ १७ गते बिहान १० बजेका लागि पेसी तोकिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP