Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्मा ओली रवाफ
संसद्मा ओली रवाफ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ८, २०८०
Oli_Samsad
- नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग - सरकार ढाल्ने चेतावनी - आफ्नै सरकारको काम स्मरण - प्रधानमन्त्रीप्रति चुनौती, चेतावनी र आक्रोश - टोपबहादुरलाई फसाउन खोजेको भन्दै असन्तुष्टि
काठमाडौं– सरकारको नीति तथा कार्यक्रमलाई ‘उद्देश्य, गन्तव्य र मार्गचित्रविहीन’ भनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार संसद्मा सरकारविरुद्ध करिब दुई घण्टा कड्किए । हाँस्यपरक ढंगले विपक्षीमाथि तीखो प्रहार गर्ने खुबी भएका ओली संसद्मा कड्किने पूर्वानुमान नै थियो । किनभने उनले शनिबार भनिसकेका थिए, ‘नीति तथा कार्यक्रम पारित हुन दिन्नौं । त्यसको सशक्त प्रतिवाद गर्छौं ।’ ओली शुक्रबार नै संसद् बैठकमा आउने भन्ने चर्चा पनि थियो । तर, आएनन् । बिरामी भएका कारण आउन नपाइएको भन्दै ओलीले आइतबार भने संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाललक्षित चुनौती, चेतावनी र आक्रोशको वर्षा गरे । डायरीका पानामा ल्याएका टिपोट हेर्दै ओलीले चेतावनी दिँदै भने, ‘नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउनुभएन भने छक्का हानेर रिङआउट गरिदिन्छौं ।’ यो दाहाल नेतृत्वको सरकार ढाल्ने चेतावनीयुक्त अभिव्यक्ति हो । उसो त नीति तथा कार्यक्रम यदि दुवै संसद्बाट बहुमतले पारित नभए दाहाल सरकार संकटमा फस्नेछ । तर, संसद्बाट नीति तथा कार्यक्रम पारित नहुने सम्भावना छैन । सत्तारूढ दलहरूसँग स्पष्ट बहुमत छ । त्यही भएर प्रधानमन्त्री दाहाल ओलीले छक्का हानेर रिङआउट गर्ने अभिव्यक्ति दिँदा हाँसिरहेका देखिए । सम्बोधनकै क्रममा ओलीले २९ असार २०७८ अघिसम्म आफू नेतृत्वको सरकारले गरेको कामको फेहरिस्त रवाफिलो पारामा सुनाउन भ्याए । प्रधानमन्त्री भएका बेला हरेक दिन पाँच-छ किलोमिटर कालोपत्रे सडक बन्ने गरेको दाबी गर्दै उनले प्रधानमन्त्री दाहाललाई एक आर्थिक वर्षमा १० किलोमिटरमात्रै कालोपत्रे सडक निर्माण गर्ने ? प्रश्न गरे । आफ्ना सरकारले लिएको नीति र लक्ष्य दाहाल सरकारले नसमेटेको भन्दै ओली आक्रोशित पनि भए । उनी यतिमै रोकिएनन् । धरहराको प्रसंग निकाल्दै सरकारको चर्कै आलोचना गरे । ‘धरहरा शानदाररुपमा उभिएको छ तर अहिले अलपत्र पारिएको छ । देशलाई ठूलो घाटा पारिएको छ,’ ओलीले भने, ‘यो इतिहासँग पनि तपाईंहरूलाई शत्रूता किन भएको ? अचम्म लाग्छ ।’ २९ असार २०७८ अघिसम्म ओली प्रधानमन्त्री थिए । त्यसबेला अत्यन्तै तीव्रगतिमा देशको विकास र समृद्धि भएको दाबी गर्दै ओलीले आइतबार संसद्मा अहिलेको नीति तथा कार्यक्रमले भने एक वर्ष समयमात्रै त्यसै खेर जाने भएको टिप्पणी गरे । ‘पूर्व–पश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न प्रारम्भ ग¥यौं । मध्यपहाडी पुष्पलाल मार्ग, मदन भण्डारी राजमार्ग, कोशी, गण्डकी, कर्णाली राजमार्गको निर्माण कार्य पाँच वर्षमा सपन्न गर्ने गरी तीव्र गतिमा अगाडि बढाएका थियौं । अहिले केही छैन । त्यसै यो वर्ष खेर जाने भयो,’ ओलीले भने । ओलीले लामो सम्बोधन गर्दा केही सांसद भने हाइ काढिरहेका थिए । केही चाहिँ कानेखुसी गरिरहेका देखिन्थे । तैपनि आफू नेतृत्वको तत्कालीन सरकारले ल्याएका केही कार्यक्रम हालै सार्वजनिक नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै गुनासो व्यक्त गरिरहेका थिए । उनले भने, ‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गका कतिपय खण्डका डिपिआर तयार गरी निर्माण प्रारम्भ गर्दै थियौं । काठमाडौं, वीरगञ्ज र रसुवागढी–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणको तयारी हुँदै थियो । कता हराए यी कार्यक्रम ?’ सम्बोधनका क्रममा ओलीले १८ घण्टा लामो लोडसेडिङको अन्त्य आफूले गरेको दाबी गरे । जबकि, दोस्रोपटक प्रधानमन्त्री हुँदा दाहालले ऊर्जामन्त्रीमा जनार्दन शर्मा र उनीमार्फत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गराएर उज्यालो अभियानअन्तर्गत लोडसेडिङ अन्त्य गरेका थिए । तर, आइतबार संसद्मा भने गलत तथ्य प्रस्तुत गर्दै ओलीले आफूले लोडसेडिङको अन्त्य गरेको भन्दै जस लिने प्रयास गरे । ‘३३३ मेगावाट थप विद्युत् उत्पादन गरी वितरणमा ल्यायौं । ४५६ मेगावाट थप विद्युत् उत्पादन गरी वितरणको तयारीमा पु¥यायौं,’ ओलीको भनाइ थियो, ‘विद्युत् तार भूमिगत गर्न सुरु ग¥यौं । लोडसेडिङ अन्त्य गरायौं ।’ राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसबारे छलफल प्रारम्भ भएकै दिन प्रमुख विपक्षी दल एमालेका अध्यक्ष ओलीले लामो सम्बोधन गर्दै यथास्थितिमै नीति तथा कार्यक्रम पारित गर्न नहुने राय पनि प्रकट गरे । यसबाहेक ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै उच्च पदस्थ अधिकारीहरूकै संलग्नतामा भएको करोडौं करोडको ठगी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीलाई निर्दोष करार गर्ने प्रयास गरे । उनले रायमाझीलाई फसाउन खोजिएको समेत घुमाउरो शैलीमा बताए । ‘यो प्रकरणका दोषी कोही पनि छुट्नुहुँदैन । तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ । यसमा मेरो खबरदारी छ । अहिले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास नगर्दा हुन्छ,’ उनले भने । शरणार्थीका नाममा भएको ठगी प्रकरण भयावह हुने उनको भनाइ छ । उनका अनुसार जसरी आगो छोप्दा पनि धुवाँ छोप्न सकिँदैन, शरणार्थी प्रकरण त्यस्तै हो ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रञ्जिताको घुस प्रकरणले विवादमा नागरिक उन्मुक्ति
रञ्जिताको घुस प्रकरणले विवादमा नागरिक उन्मुक्ति मंगलबार, साउन १३, २०८२
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP