Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #‘छड्के तिलहरी’
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
  • #अभिमन्युः च्याप्टर–१’
  • #मट्यांग्राे
  • #नेप्से
Search Here
विश्व
  • Home
  • विश्व
  • हिरोसिमामा-अमेरिकी राष्ट्रपति बाइडेन, फ्रान्सका राष्ट्रपति म्याक्रोन र बेलाइतका प्रधानमन्त्री सुनक
हिरोसिमामा-अमेरिकी राष्ट्रपति बाइडेन, फ्रान्सका राष्ट्रपति म्याक्रोन र बेलाइतका प्रधानमन्त्री सुनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ५, २०८०
JAPAN-G7-SUMMIT
एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्कमा) स्वागत गरेका छन् । हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उहाँकी पत्नी जिल बाइडेनसँगै हुनुहन्छ । त्यसैगरी बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दै छन् । हिरोशिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) -सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो ।अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका हुन् । जी-७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलाइत र जर्मनी रहेका छन्। जापानले आफ्नो जी-७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ। जी- ७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलाइत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी-७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दै हुन्  । प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुग्दै हुनुहन्छ र मे २०-२१ मा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भन्नु भएको छ- "मे १९ देखि २१ सम्म जी-७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुदैछ। हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो।" "म साँच्चै जी-७ नेताहरूलाई हिरोशिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ।" उनले भने । यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलाइती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गर्नु भएको छ । किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका छन् । यसैबीच जी -७ का नेताहरूले शुक्रबार जापानको हिरोसिमास्थित हिरोसिमा शान्ति स्मारक उद्यानमा माल्यार्पण गरेका छन् । उनीहरूले हिरोसिमा पिस मेमोरियल पार्कमा वृक्षरोपण गरेका छन् । हिरोशिमा मेमोरियलमा माल्यार्पण गरेपछि नेताहरूले सामूहिक तस्बिर समेत खिचेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदा, युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल, अमेरिकी राष्ट्रपति जो बाइडेन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र जर्मन चान्सलर ओलाफ स्कोल्ज र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सामूहिक तस्बिर खिचेका हुन्। जापानले यसै वर्ष २०२३ मा जी-७ को अध्यक्षता ग्रहण गरेको हो।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP