Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप
चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप
बुधबार, जेठ ३, २०८०
Waving Iran flag above skyline of Tehran at sunset.
Hardik health
चीन– चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनमा चीन र इरानले आफ्ना नागरिकलाई धार्मिक स्वतन्त्रता पूर्णरुपमा उपभोग गर्न नदिएकामा चिन्ता व्यक्त गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संसारका धेरै देश दमनमा उत्रिएका तथा उनीहरूले आफ्ना नागरिकलाई त्रसित तुल्याएका, विश्वका धेरै भागका सरकारले यातना, कुटपीट, गैरकानुनी निगरानी, तथाकथित पुनःशिक्षा शिविरलगायत उपाय गरेर अल्पसङ्ख्यक लक्ष्यित दमनलाई जारी राखेका बताए । चीनको सिनजियाङ प्रान्तमा अल्पसङ्ख्यक मुस्लिम उइघुरमाथि दुव्र्यवहार गरिएको, धार्मिक आस्थाविरुद्ध अभियान चलाइएको, उनीहरूको मानवअधिकारको सम्मान एवम् संरक्षण नभएको, सबै धार्मिक गतिविधिलाई चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा ल्याउने प्रयास गरिएको तथा त्यस क्रममा दश हजारभन्दा बढीलाई जेल हालेको आरोप प्रतिवेदनमा लगाइएको छ । यसअघि पनि अमेरिकाले उइघुर मुद्दालाई लिएर चीनको कटु आलोचना गरेको थियो । धार्मिक स्वतन्त्रतासम्बन्धी सन् २०२२ को वार्षिक प्रतिवेदनमा उइघुरमाथिको उत्पीडन जारी रहेको, तिब्बती बुद्धधर्मको अभ्यास गर्नेमाथि सरकार असहिष्णु भएको, तिब्बतका केही भिक्षु–भिक्षुणीलाई दुव्र्यवहार गरिएको, केहीलाई लामो समयसम्म हिरासतमा राखिएको आरोप पनि लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयको उक्त प्रतिवेदनको खण्डन गर्दै चीनले सिनजियाङमा आतङ्वादविरोधी गतिविधि रोक्ने प्रयास भएको बताएको छ । महिलाले अनिवार्य रुपमा शिर ढाक्नैपर्नेलगायत कठोर कानुनी व्यवस्थाले इरानीहरूको धार्मिक स्वतन्त्रता हनन भएको उल्लेख गर्दै प्रतिवेदनमा हिजाब नलाएकी एक किशोरीको धार्मिक प्रहरी हिरासतमा मृत्युभएपछि भड्किएको विरोध प्रदर्शनले उग्र रुप लिएको विषयसमेत समेटिएको छ । उपयुक्त ढङ्गले शिर नछोपेकी मासा अमिनीको मृत्युलाई ‘हत्या’ भन्दै जारी शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्यले गरेको दमन, मानवाधिकार उल्लङ्घन, युक्रेन युद्ध र त्यसको छायामा भएका व्यक्तिका धार्मिक स्वतन्त्रता उल्लङ्घन, बेल्जियमदेखि ब्राजिलसम्मका मानवअधिकार हनन तथा धार्मिक स्वतन्त्रताविरुद्धका घटना प्रतिवेदनमा समावेश गरिएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकी-इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
अमेरिकी-इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम आइतबार, चैत ८, २०८२
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर आइतबार, चैत ८, २०८२
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी आइतबार, चैत ८, २०८२
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु आइतबार, चैत ८, २०८२
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा आइतबार, चैत ८, २०८२
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण आइतबार, चैत ८, २०८२
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP