Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विद्यार्थी उद्दार अझै अनिश्चित – विमान चीन लैजान इन्कार
विद्यार्थी उद्दार अझै अनिश्चित – विमान चीन लैजान इन्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
Main news photo
Hardik health
काठमाडौं– सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायणमा आयोजना गरेको पत्रकार सम्मेलमा सो जानकारी दिइएको हो । तर, चीनको वुहानमा रहेका नेपालीलाई कहिले उद्दार गरिने भन्ने अझै टुंगो लागेको छैन । सरकारले चीनमा रहेका नेपाली नागरिकलाई यही ३ फागुनमा स्वदेश फर्काउने मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेको भएपनि अझै निश्चित भएको छैन । कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रूपमा फैलिन थालेपछि चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउने सरकारले निर्णय गरेको भएपनि नेपाल एयरलायन्सका कर्मचारीले वुहान जान आनकानी गरेकाले निश्चित हुन नसकेको हो । सरकारले वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न वाइड बढी विमान पठाउने निर्णय गरेको छ । तर, स्रोतका अनुसार विमानका पाइलट र अन्य कर्मचारीले वुहान जान आनाकानी गरिरहेको जनाएको छ । यससँगै सरकारले भनेजस्तै ३ फागुनमै वुहानमा रहेका नेपालीको उद्दार हुन्छ भन्ने अनिश्चित बनेको छ । एक साता अघि नै वुहानका रहेका १ सय ८५ जनाले स्वदेश फर्कन आवेदन दिएका थिए । तर, उनीहरूले आवेदन दिएको साता दिन वितिसक्दा समेत सरकारले उद्दार गर्ने कार्यलाई प्राथमिकता नदिएको भन्दै उनीहरूले गुनासो गरेका छन् । यसैबेला सरकारले यता ती विद्यार्थीलाई स्वदेश ल्याइएपछि उनीहरूलाई भुक्तपुरस्थित खरिपाटीमा राख्नका लागि १ सय ९९ वटा ‘क्यारेन्टाइन’ रुमको व्यवस्थापन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ । चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए । स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको उहाँले बताए । चीनबाट ल्याइने नेपालीमा भाइरसको संक्रमण नहुने दाबी गर्दै उनले अन्तर्राष्ट्रय मान्यताअनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताएका छन् । चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको उनले बताए । क्वारेन्टाइनमा उपयोग गरिने तालीम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित संक्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालले बताए । क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शंका हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ । डा. बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर संक्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने उनले जानकारी दिए । क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वाटरमा एक जना डाक्टर र एकजना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारसँग प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन निर्माणलाई दिन वा मानव अंग प्रत्यारोपण केन्द्रको डायलेसिस केन्द्र बनाउन दिन माग गर्दा नदिने तर जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०५:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP