Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री भण्डारीले भने, सबै समस्याको ‘प्याकेज’मै समाधान हुन्छ
श्रममन्त्री भण्डारीले भने, सबै समस्याको ‘प्याकेज’मै समाधान हुन्छ
मंगलबार, जेठ २, २०८०
shram mantri
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समस्या समाधानका लागि विभिन्न नौ बुँदे मागसहितको ज्ञापनपत्र बुझ्नेक्रममा मन्त्री भण्डारीले उक्त कुरा बताएका हुन् । व्यवसायीहरुले विदेशमा कामदारलाई पठाउँदा लिँदै आएको सेवा शुल्क अव्यावहारिक भएको बताउँदै आएको सन्दर्भमा मन्त्री भण्डारीले यसका लागि मन्त्रालयले गठन गरेको कार्यदलले काम गरिरहेको बताए । मन्त्रालयले हरेक कोणबाट छलफल गर्ने उद्देश्यले बनाइएको कार्यदलले निश्चित समयमा प्रतिवेदन दिएपछि भइरहेका विभिन्न भ्रमहरुको निवारण गर्न सजिलो हुने उनले बताए । २१ दिनको समयसीमा पाएको कार्यदलको अवधि चार–पाँच दिन रहेको उल्लेख गर्दै छिट्टै प्रतिवेदन हात पर्ने अपेक्षा उनले व्यक्त गरे । ‘व्यवहारमा एउटा कुरो गर्ने, काममा अर्को कुरो गर्ने, कानुन अर्कै बनाउने, सबैले हेरिराख्ने र लाचार हुँदै गाली खाइराख्ने काम अब हुँदैन,’ मन्त्री भण्डारीले भने, ‘हरेक कुराको जस्टिफिकेसन हुनुपर्छ, फ्रि भिसा, फ्रि टिकट कार्यान्वयनका लागि पनि सेवा शुल्क परिमार्जन हुनु आवश्यक छ भन्ने देखिन्छ ।’ यस विषयमा सबै सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरी सरकारले निचोड निकाल्ने मन्त्री भण्डारीले बताए । ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था हुँदैमा कामदारले पैसा नतिरी विदेश जान पाएको अवस्था नरहेको आफूलाई जानकारी रहेको उनले बताए । ‘यसलाई प्याकेजमा नै समाधान गर्नुपर्छ, व्यवसायीले पनि सहयोगी भूमिका खेल्नुपर्छ र टुंगोमा पु¥याउनुपर्छ,’ उनले भने । त्यस्तै म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीका लागि एक आर्थिक वर्षमा १०० जना कामदार पठाउनैपर्ने कोटा प्रणालीलाई केही नेपाल ऐन संशोधनमार्फत हटाउने विषयमा पनि संसद्मा छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी दिए । ऐन नै संसोधन भई १०० कोटा खारेज हुने तयारीमा रहेको बताइएपछि व्यवसायीहरुमा खुसीको सञ्चार भएको छ । त्यसैगरी साउदी अरेबियाको नेपालस्थित राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत भिएफएस लागू गर्ने जानकारी पाइएको सम्बन्धमा पनि परराष्ट्रमार्फत नै दूतावासलाई सरोकारवालाहरुसँगको छलफलपश्चात् मात्रै निर्णय गर्न आग्रह गर्दै पत्र पठाइएको उनले जानकारी दिए । समस्या समाधानका लागि नौ बुँदे ज्ञापनपत्र संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधनको माग राख्दै सोमबार श्रममन्त्री भण्डारीलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्रमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै नेपाली श्रमिकहरु जाने मलेसिया, साउदी अरब, कतार, युएई, बहराइन, ओमान र कुवेतजस्ता मुलुकहरुमा कामदार पठाएबापत व्यवसायीले १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने व्यवस्थाको पुनरावलोकन गर्न माग गरिएको छ । यस्तै नेपालको प्रतिस्पर्धी मुलुकले कामदारसँग लिने सेवा शुल्कको तुलनामा अत्यन्त न्युन रहेको भन्दै सरकारले तोकेको शुल्कमा कामदार पठाउन नसकिने जनाइएको छ । व्यवसायीहरुले कामदारको एक महिना बराबरको तलब सेवा शुल्कबापत लिन पाउनुपर्ने माग गरेका छन् । यसैगरी ‘फ्रि भिसा, फ्रि टिकट’ शून्यलागतको प्रावधानले पनि समस्या भइरहेको उल्लेख गरिएको छ । रोजगारदाताहरुले नेपाली कामदारलाई ‘फ्रि भिसा, फ्रि टिकट’ तथा शून्य लागतमा कामदार लिनुपर्ने बाध्यात्मक अवस्था नरहेको जनाउँदै अन्य मुलुकबाट कामदार लिने गरेका कारण रोजगारीको अवसर निरन्तर घट्दै गइरहेको बताइएको छ । यस्तै साउदी दूतावासले भिसा प्रक्रियाका लागि भिएफएस ग्लोबल सर्भिसेज नेपाललाई भिसा सेन्टरको रुपमा एकाधिकार प्रदान गर्ने निर्णय गरेकोमा त्यसो नगर्न÷नगराउन मन्त्रालयले निर्देशन दिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । त्यस्तै लामो समयदेखि रोकिएको घरेलु कामदार विदेश पठाउने सम्बन्धमा पनि आवश्यक मापदण्ड बनाई खुला गर्नुपर्ने संघले माग गरेको छ । साथै, जापान सरकारले जिट्कोअन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार लिने प्रक्रियालाई विशेष प्राथमिकता दिएर कार्यान्वयन गरी विकसित मुलुकमा हुने रोजगारीको अवसरबाट फाइदा लिन सक्नुपर्ने जनाइएको छ । मागपत्र प्रमाणीकरण तथा भिसा स्ट्याम्पिङमा पनि समस्या रहेको भन्दै सरकारले आवश्यक सहजीकरणमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । यसैगरी रोजगारीको नयाँ गन्तव्यको खोजी गर्ने र रोजगार मेलाको आयोजना गर्ने सन्दर्भमा पनि सरकारले आवश्यक सहकार्य र समन्वय गरिदिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP