Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा नीति अधिवेशनको माग, अलमलमा नेतृत्व
कांग्रेसमा नीति अधिवेशनको माग, अलमलमा नेतृत्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३१, २०८०
1_nc
RBB RBB
- २२ पुसका लागि डाकिएको केन्द्रीय समिति बैठक स्थगित गरी २८ पुसमा बोलाइयो - उक्त बैठक फेरि स्थगित गरी १५ माघका लागि सारियो । -१२ माघमा अर्को सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित - महामन्त्री गगन थापाले वैशाख मसान्तमा केन्द्रीय समिति बैठक बस्ने भने पनि आजसम्म छैन बैठकको निम्तो - विधानमै नभएको नीति अधिवेशनको मागपछि कांग्रेस दुई धारमा विभाजित
काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले जोडतोडका साथ नीति अधिवेशनको माग गरिरहेका छन् । उपनिर्वाचनमा तनहुँ–१ गुमाएपछि कांग्रेसभित्र नीति महाधिवेशनको माग उठेको हो । शनिबारमात्रै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इटहरी पुगेर नीति अधिवेशनबारे धारणा राखे । ‘कांग्रेसको नीति अधिवेशन हुँदै छ । केन्द्रदेखि गाउँसम्म श्रमिकको मुद्दा पु¥याउँछौ,’ नेपाल ट्रेड युनियन कंग्रेस कोशी प्रदेशको सातौं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले भने ।त्यसो त नीति अधिवेशनबारे गत असारको केन्द्रीय समिति बैठकमा डा. कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा हाबी भएको आरोप लगाएका थिए । सोही बैठकमा उनले नीति अधिवेशनको माग गरेका थिए । कांग्रेस नेता प्रकाशनमान सिंहले पनि दोलखा र रामेछाप पुग्दा नीति अधिवेशनको माग गरे । उनले तत्कालै नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ भन्ने गहन समीक्षासहित अबको बाटो तय गरिनुपर्ने धारणा राखे । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि नीति अधिवेशनको माग गरिने बताएका छन् । महामन्त्री थापाले यही वैशाख १८ गते नयाँबानेश्वरमा आयोजना गरिएको श्रमिक सभामा बोल्दै नीति अधिवेशनको माग गरिने बताएका थिए । ‘वैशाख मसान्तमा गर्ने केन्द्रीय समिति बैठकबाट नीति अधिवेशनको मिति तय गर्छ । यो नीति महाधिवेशन नेपाली कांग्रेसको जीवनमा महŒवपूर्ण घटनाका रुपमा रहनेछ,’ महामन्त्री थापाले भनेका थिए । अर्का महामन्त्री शर्माले पनि वैशाख अन्तिममा बस्ने केन्द्रीय समितिले नीति अधिवेशनको मिति तय गरिने बताएका थिए । छैन केन्द्रीय समितिको टु्ंगो गत भदौ ५ यता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । कांग्रेस नेता एवं समाजवादी चिन्तक डा. प्रदीप गिरीको निधनपछि उक्त दिन कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो । बैठक नेता गिरीको निधनप्रति श्रद्धाञ्जली दिन केन्द्रित थियो । त्यसपछि निर्वाचन लाग्यो । निर्वाचनका विषयमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारी बैठकबाट नै विविध विषयमा निर्णय ग¥यो । निर्वाचनपछि पुस २२ गतेका लागि डाकिएको केन्द्रीय समिति स्थगित गरी पुस २८ गतेका लागि बोलाइयो । उक्त दिनका लागि डाकिएको बैठक फेरि स्थगित गरी माघ १५ गतेका लागि सारियो । माघ १२ गते अर्को सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गर्‍यो । यही बैठक वैशाख अन्तिमतिर बस्ने महामन्त्री थापाको भनाइ थियो । तर, वैशाखको अन्तिम दिन आज । केन्द्रीय समिति बैठकको टुंगो अझै नलागेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘केन्द्रीय समिति केही दिनमा बोलाउने भन्ने कुरा छ । त्यसमा नीति अधिवेशनको कुरा छलफल होला, तर कहिले होला भन्ने टुंगो छैन,’ उनले प्रभावसँग भने ।केन्द्रीय समितिको निम्तो शनिबार साँझसम्म नआएको कांग्रेसका अर्का केन्द्रीय सदस्य मधु आचार्यले बताए । ‘अहिलेसम्म कुनै निम्तो आएको छैन,’ उनले प्रभावसँग टेलिफोनमा कुरा गर्दै भने । उनका अनुसार पछिल्लो केन्द्रीय समितिको बैठकले अब बस्ने बैठकमा नीति अधिवेशनसम्बन्धी बुँदा प्रस्तुत गर्नका दुई जना महामन्त्रीलाई जिम्मा दिने निर्णय गरेको थियो । ‘प्रारुप के हुने ? कांग्रेसको विधानमा नीति अधिवेशनको व्यवस्था छैन । पार्टीको महाधिवेशनमा नीतिको कुरा गर्ने र नेता चयन गर्ने दुवै गर्नुपर्ने हो । संविधानले दिएको विशेषाधिकार प्रयोग गरेर केन्द्रीय महाधिवेशन भयो । महाधिवेशन सकेर छ महिना नाघ्दा पनि नीति अधिवेशन नगरेपछि यसबारे प्रश्न उठ्यो,’ आचार्यले भने, ‘विधानमा ठ्याक्कै कसरी गर्ने त अधिवेशन, प्रक्रिया के हुने भन्ने विषयमा नतोकिएकोले दुई महामन्त्रीलाई प्रारुप दिन लगाउने भन्ने कुरा थियो । त्यसपछि त मिटिङ नै बस्न सकेको छैन ।’१७ महिनाअघि भएको १४औं महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेन । त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो । आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए । देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो । देउवाको पहिलो कार्यकालजस्तै कांग्रेस फेरि सुस्ताउन थालेको छ । देउवा सरकारमा छँदै गठबन्धनमा निर्वाचनमा गएको कांग्रेसले नतिजा ९२ क्षेत्रमा उम्मेदवार उठाउँदा ५७ मा मात्र जित निकाल्यो । यो जितलाई कांग्रेसले ठूलै सफलता मान्यो । किनकि, अघिल्लो निर्वाचनमा कांग्रेसले २३ सिट मुस्किलले जितेको थियो । निर्वाचनमा जितेपछि ढुक्कले सरकारको नेतृत्व ताकेको कांग्रेसले केन्द्रीय समिति भने ‘फ्रिज’मा राखेको छ । पछिल्लोपटक कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउपछि कांग्रेस पदाधिकारी बैठकमै सीमित बनेको छ । कांग्रेस अहिले सरकारमा सहभागी भएका कारण पनि पार्टीको काममा सुस्त हुन थालेको बताइन्छ । कांग्रेसबाट सरकारमा नौ जना सहभागी छन् । पार्टीका उपसभाति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतले महŒवपूर्ण मन्त्रालय सम्हालेयता पार्टीको गतिविधि ठप्प भएको बताइन्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP