Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले बैठकमा ओलीको सम्बोधन ‘दोषी नउम्किउन्, निर्दोष नफसून्’
एमाले बैठकमा ओलीको सम्बोधन ‘दोषी नउम्किउन्, निर्दोष नफसून्’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २९, २०८०
KP-Oli_UML
Hardik health
काठमाडौं– नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणले मुलुक तातिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बिहीबारदेखि ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा बैठक सुरु भएको हो । यतिबेला नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमालेसचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको भए पनि फेला पार्न सकेको छैन । पछिल्लोपटक अर्घखाँचीमा सार्वजनिक कार्यक्रममा देखिएका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए । यद्यपि, उनले बुधबार आफू बिरामी भएको भन्दै संसद् सचिवालयमा पत्र पठाएका छन् । उनलाई बुधबार नै एमालेले सचिव पदबाट निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना सचिव रायमाझी दोषी नभएको भन्दै पक्राउ पर्नबाट जोगाउन लागिरहेकै समय बुधबार पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेपछि एमालेले हतारहतार विज्ञप्ति निकालेर रायमाझीलाई निलम्बन गरेको जानकारी गराएको थियो ।बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किन नहुने बताए । उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए । अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढंगले कसैलाई फसाउन खोजिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन् भनेर आग्रह गरेकोसमेत बताए ।उनले अनुसन्धानलाई सहयोग गर्नका लागि पार्टीका सचिव रायमाझीलाई निलम्बन गरेको बताए । अध्यक्ष ओलीले नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको भन्दै यसप्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो भनेर प्रश्न गरे । उनले सरकारले भुटानी शरणार्थी वर्गीकरण नगरेर अयन्त्रबाट आएको, भुटानबाट अपराध गरेर आएका भनेर चारबुँदे सहमति गरेपछि शरणार्थीलाई भुटान फर्काउन समस्या भएको बताए । उनले नेपाली भाषी भुटानी योजनाबद्ध ढंगले लखेटिएको र उनीहरुलाई भुटान फिर्ता पठाउन सम्भव नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा आफूले भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पठाएर समाधान गर्न सुझाव दिएको बताए । साथै आफू परराष्ट्रमन्त्री भएको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग शरणार्थी समस्या समाधान गर्न पनि आग्रह गरेको बताए । विभिन्न प्रतिवेदन पेस नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक बिहीबार सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन पेस गरे । यस्तै, अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेस गरे । कोशी प्रदेशको राजेन्द्र गौतम, मधेस प्रदेश सचिव रघुवीर महासेठ, बागमती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पद्मा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेस गरे । यस्तै, उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्युरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरे । बिहीबार पेस गरिएका प्रतिवेदनमाथि आज (शुक्रबार) बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल हुने जानबारी दिइएको छ । सोही आठ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्ने नेता गुरुङले जानकारी दिए । मिसन ग्रासरुट अभियानले पार्टीले उठाउने काम तथा नेता र जनताबीचको सम्बन्धलाई पुनःजागरण गर्ने काम गरेको उपमहासचिवसमेत रहेका नेता गुरुङले जानकारी दिए । ‘अभियानले जुनरूपमा हाम्रो आचारण, व्यवहार शुद्ध हुनुपर्दथ्यो त्यो नभएको पाइयो,’ उनले भने, ‘पार्टीभित्र शुद्धीकरण अभियान पनि सञ्चालन गर्नुपर्दछ । वार्षिक योजनामा समावेश गर्ने छौं ।’
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP