Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत
प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत
सम्झना राई
सम्झना राई मंगलबार, वैशाख २६, २०८०
sarbocha adalat
Hardik health
काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत सिफारिस भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो । २०७९ असोज १५ गते कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त कार्कीले बल्ल प्रधानन्यायाधीश बन्ने ‘ग्रिन सिग्नल’ पाएका हुन् । यसअघि प्रधानन्यायाधीश बन्न कार्कीले निकै जोडबल गरेका थिए । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नचाहँदा उनी प्रधानन्यायाधीशमा सिफारिस हुन सकेका थिएनन् । लामो रस्साकस्सीपछि प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा कार्की प्रधानन्यायाधीशमा सिफारिसमा परेका हुन् । प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, एमाले अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगर सहभागी थिए ।  
- प्रधानन्यायाधीशमा सिफारिस कार्कीले अब संसदीय सुनुवाइ समितिको सामना गर्नुपर्ने । - सर्वोच्च अदालतमा र उच्च अदालतमा रिक्त हुन लागेका पदहरुमा भागबण्डा मिलेपछि एमाले अध्यक्ष ओली आफ्नो अडानबाट ‘ब्याक’ हुँदा कार्कीलाई सहज
  यस्तो छ अबको प्रक्रिया प्रधानन्यायाधीशमा सिफारिस कार्कीले अब संसदीय सुनुवाइ समितिको सामना गर्नुपर्नेछ । समितिले कार्कीविरुद्ध उजुरीको आह्वान गर्नेछ । उजुरीपछि संसदीय समितिसामू कार्कीले जवाफ दिनुपर्ने प्रावधान रहेको छ । जवाफ चित्तबुझ्दो भएपछि समितिले कार्कीको नाम पारित गर्नेछ र राष्ट्रपतिले उनलाई नियुक्त गर्नेछ । यद्यपि, अहिले संसदीय सुनुवाइ समिति गठन भइसकेको छैन । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा ‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ’ भन्ने व्यवस्था गरिएको छ । संविधानको धारा २९२ को उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसद्का दुबै सदनका सदस्यहरु रहनेगरी संघीय कानुन बमोजिम १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान रहेको छ । यसमा प्रतिनिधिसभाबाट १२ जना र राष्ट्रिय सभाबाट तीनजना सांसद सुनुवाइ समितिमा रहने व्यवस्था गरिएको छ । ढिला गरी संसद्का १० वटा समितिहरु गठन हुँदा संयुक्त समिति हुने संसदीय सुनुवाइ समिति गठन हुन नसकेको हो । वैशाख १५ गतेमात्र संसद्का विषयगत समिति गठन भएको थियो । संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नामावली राष्ट्रिय सभाबाट आइसकेको छ । तर, प्रतिनिधिसभाबाट प्राप्त हुनुपर्ने नामावली अझै नआएपछि समिति गठन हुन नसकेको हो । सभामुख घिमिरेले वैशाख २४ गते आइतबार संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नामावली तीन दिनभित्र दिन संसद्मा रहेका दलहरुलाई निर्देशन दिएका छन् । सभामुखले दिएको तीन दिनको समय वैशाख २७ गते सकिन्छ । प्रधानन्यायाधीशमा नियुक्ति पाएमा कार्कीले साउन १९ गतेसम्म सर्वोच्चको नेतृत्व गर्ने छन् । कार्की सबैको रोजाइमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । न्यायाधीश उनले उमेर हदका कारण असोज १५ गते अवकाश पाए । त्यसपछि कार्की सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त भए । कार्की लामो समय कायममुकायमको जिम्मेवारी बस्न बाध्य हुनुको मुख्य कारण एमाले अध्यक्ष ओलीलाई मानिएको छ । संवैधानिक परिषद्मा एमालेकै बोलवाला रहेको बेला कार्की रोकिनुको कारण हो– ओलीले प्रतिनिधिसभा विघटन गर्दा सर्वोच्चले साथ नदिनु । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न दुईपटक गरेको सिफारिसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसबेला न्यायाधीश हरिकृष्ण कार्कीमात्र होइन, पहिला एमालेबाट संविधानसभा सदस्य र पछि न्यायाधीश बनेकी सपना मल्ल प्रधानले पनि विघटनको कदमप्रति सहयोग नगरेको ओलीको बुझाइ रहेको बताइएको थियो । त्यसपछि ओलीलाई मनाउन कार्कीले पटक–पटक भेट्न खोजेका थिए । यद्यपि ओलीलाई भेट्दा बाहिर राम्रो सन्देश नजाने कानुनविद्हरुको सुझावपछि कार्की चुप बसेका थिए । ओलीले कसरी छाडे अडान ? सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश रिक्त हुँदै छन् । रिक्त स्थानमा एमालेको भागमा दुई जना न्यायाधीश पाउने भएपछि ओलीले आफ्नो अडान छाडेको एमाले स्रोतले जनायो । त्यसैगरी उच्च अदालतमा ४७ जना न्यायाधीश रिक्त छन् । ती पदमा पनि एमालेले न्यायोचित भागबण्डा पाउने पक्कापक्की भएका बताइएको छ । शुक्रबार बारका पदाधिकारीले प्रधानमन्त्री दाहाललाई भेटेपछि प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढेको हो । भेटमा सर्वोच्चको पाँच न्यायाधीशमा माओवादीको भागमा एक र कांग्रेसको भागमा दुई जना पर्नेगरी कुरा मिलेको थियो । कार्की प्रधानन्यायाधीश भएपछि संवैधानिक परिषद्मा एमालेकै चार जना हुने छन् । छ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश रहन्छन् । राष्ट्रिय सभाका अध्यक्ष र सभामुख एमालेबाट निर्वाचित भएका हुन् । प्रधानन्यायाधीश सिफारिस बैठकमा भने कानुनमन्त्री सदस्य हुन्छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनमा मृतकको संख्या ७२
जेनजी आन्दोलनमा मृतकको संख्या ७२ आइतबार, भदौ २९, २०८२
गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई आइतबार, भदौ २९, २०८२
बेनी-जोमसोम सडक अवरुद्ध
बेनी-जोमसोम सडक अवरुद्ध आइतबार, भदौ २९, २०८२
आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना
आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई 
प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई  आइतबार, भदौ २९, २०८२
महभिर झरना : पर्यटकको मन रमाउने जलधारा
महभिर झरना : पर्यटकको मन रमाउने जलधारा आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP