Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्नै गुटको पेलानमा गगन !
आफ्नै गुटको पेलानमा गगन !
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २५, २०८०
Gagan-thapa
Hardik health
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले चौथोपटक आफ्ना नेताहरुलाई मन्त्रिपरिषद्मा पठाएको छ । पछिल्लोपटक आइतबार कांग्रेसले कपिलवस्तु–२ बाट निर्वाचित सुरेन्द्र आचार्यलाई सरकारमा पठाएको हो । आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेबारी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । यो मन्त्रालय नेपाल समाजवादी पार्टीका महिन्द्रा राय यादवले सम्हालेकोमा उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । खानेपानी जनमत पार्टीले छाडेको मन्त्रालय हो । संस्थापनइतरलाई पेलेरै अघि बढ्दै देउवा सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा निरंकुश शैलीमा अघि बढेका छन् । सुरुमा दाहाल नेतृत्वको सरकारमा आठ मन्त्रालय पाउने भनिएकोमा देउवाले संस्थापनबाट छ जना पठाउने पक्कापक्की गरे ।संस्थापनइतरलाई तीन मन्त्रालय माग गर्दा देउवा टस न मस भए । अन्तिम समयमा पनि देउवाले अडिग रहेपछि संस्थापनइतरले नाम नपठाउने निधो गरे । चैत १७ गते डा. शेखर कोइराला समूहले नाम नदिएपछि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सुरुमा चार जनामात्र सरकारमा सहभागी भए । उपप्रधान तथा रक्षामन्त्रीसहित खड्का सरकारमा सहभागी हुँदा डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योगमन्त्री र सीता गुरुङ सहरी विकासमन्त्री बने । दोस्रोपटक वैशाख ३ गते कांग्रेसले एनपी साउदलाई परराष्ट्रमन्त्रीका रुपमा सरकारमा पठायो । वैशाख ५ गते प्रधानमन्त्री दाहालले कानुन मन्त्रालयको जिम्मेबारी पनि उपप्रधान तथा रक्षामन्त्री खड्कालाई सुम्पेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने डर देखाउँदै देउवाले तेस्रोपटक वैशाख २० गते उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई सरकारमा पठायो ।आइतबार सरकारमा सहभागी भएका आचार्य राष्ट्रपति पौडेलनिकट नेता हुन् । शेखरकै पेलानले गगनको भागमा फुस्सा ! कांग्रेसका महामन्त्री गगन थापा संस्थापनइतरमा प्रभावशाली नेता मानिन्छन् । थापा संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग भिडेका थिए । यद्यपि, थापाले जित निकाल्न सकेनन् । संसदीय दलको नेतामा भिडेयता गगनले विभिन्न नियुक्ति र सरकारमा आफ्नो भाग खोज्दै आएका छन् । तर, भागबण्डामा उनलाई संस्थापनइतरले नै पत्याइदिएन । संसदीय दलको नेतामा शेखरलाई रोकेर अघि बढेसँगै गगनलाई संस्थापनइतरले पाखा लगाउने प्रयास जारी राखेको छ । गगनको चाहना डिगबहादुरलाई रोकेर आफूलाई पत्याइदिने नेतालाई सरकारमा पठाउने थियो । नभए आफैं सरकारमा जाने तयारी गगनले गरेका थिए । तर, गगनको कुराको कुनै सुनुवाइ भएन । ‘शेखर गुटका भएकाले डिगबहादुरलाई जसरी पनि रोक्ने गगनको रणनीति थियो, पार्टीको महामन्त्रीले भाग खोज्नु स्वाभाविक पनि हो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘रोक्न नसके आफैं सरकारमा जाने उहाँको तयारी थियो ।’ संस्थापनइतरले शेखर–गगन ‘टसल’ साम्य पार्न तीन थान कोटा मागेको थियो । तर, पार्टी सभापतिले शेखरलाई थुम्थुमाएपछि गगनको स्थिति ‘हात लाग्यो शून्य’ भएको छ । आफ्नो भागमा मन्त्रालय नपरेपछि गगनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।आइतबार थापाले अब त अत्ति भएको उल्लेख गर्दै आफ्नै गुट बनाउनेतर्फ संकेत गरेका छन् । ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ गगनले भनेका छन्, ‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेकपटक सोचेँ, म जिम्मेबारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ पार्टीबाट नौ–नौ जना मन्त्री सरकारमा सहभागी हुँदा पनि आफ्नो भागमा एक जना पनि नपरेपछि गगनले चेतावनीयुक्त टिप्पणी गरेको देखिन्छ । पार्टीका थर्ड पोल मानिने कृष्णप्रसाद सिटौलासँग लागेर १३औं महाधिवेशनमा महामन्त्री दाबी गरेका गगनले १४औं महाधिवेशनमा गुट फेरेका थिए । गुट फेरेसँगै महामन्त्री बनेका थापा उपनिर्वाचनमा डा. स्वर्णिम वाग्लेविरुद्ध दिएको अभिव्यक्तिका कारण युवाहरु रुष्ट बनेका छन् । यसो त पार्टीभित्र प्रभावशाली मानिने प्रा.डा. शशांक कोइरालाको गुटबाट सरकारमा छिर्ने तयारी गरेका दीपक खड्का पनि अहिले चुपचाप बसेका छन् । शुक्रबार चितवन पुगेर कोइरालाले असन्तुष्टि पोखिसकेका छन् । यता प्रकाशमान सिंहले काठमाडौंबाट एक जना हुनुपर्ने अडान राख्दै आएका थिए । उनको माग पनि पार्टीमा सुनुवाइ भएको छैन । त्यसैगरी मन्त्री असमावेशी भएको भन्दै सहमहामन्त्री जीवन परियारले असन्तुष्टि जनाउँदै आएका छन् । चार चरणमा सरकारमा ,चैत १७ पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री डा. प्रकाशशरण महत, अर्थमन्त्री रमेश रिजाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सीता गुरुङ, सहरी विकासमन्त्री वैशाख ३, एनपी साउद, परराष्ट्रमन्त्री वैशाख २०, धनराज गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्यामन्त्री डिगबहादुर लिम्बू, युवा तथा खेलकुदमन्त्री वैशाख २४, सुरेन्द्र आचार्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP