Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आरोपीलाई ओलीको ओत !
आरोपीलाई ओलीको ओत !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २२, २०८०
oli top copy
RBB RBB
काठमाडौं- भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपाली नागरिकलाई तेस्रो मुलुक (अमेरिका) पठाउने भन्दै ठगी गरेको प्रकरणमा राजनीतिक रङ लागेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगी प्रकरणमा आफ्ना दलका नेतालाई पक्राउ पूर्जी काटेपछि ‘रहस्यमयी’ भनेका छन् । उनले षड्यन्त्रपूर्वक फसाउन खोजिए नसहने प्रधानमन्त्री पुुष्पकमल दाहाललाई चेतावनी दिइसकेका छन् । ‘षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको मान्छे त होइन उहाँ (टोपबहादुर रायमाझी) । यो रहस्यपूर्ण छ । किनभने भागेर उम्केर कतै जाने खालको मान्छे होइन,’ बिहीबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेपछि उनले पत्रकारहरूसँग भने, ‘मैले प्रधानमन्त्रीजीको यसबारे ध्यानाकर्षण गराएको छु ।’ एमालेसचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा मुछिएका छन् । उनको प्रत्यक्ष संलग्नता गिरोहसँग देखिएको प्रहरीको दाबी छ । उनै रायमाझीलाई जोगाउन एमाले अध्यक्ष ओली सक्रिय भएका छन् । ‘स्याल कराउनु र कुखुरा हराउनु’ एकैचोटि भने झैं बिहीवार दिउँसो २ बजे आफै प्रहरीको सम्पर्कमा आउने तयारीमा रहेका रायमाझी ओली दाहालको भेटलगत्तै सम्पर्कबिहीन भएका छन् । रायमाझीलाई लागेको गम्भीर प्रकृतिको फौजदारी कसूरसम्बन्धी आरोप हो । यसअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ‘अढाइ करोड डिल’ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको थियो । अन्ततः पार्टीको संसदीय दल र पदाधिकारी बैठकले गत २९ चैतमा भने श्रेष्ठलाई कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा पार्टीबाट निष्कासन गरेको थियो ।रास्वपाको यो कदमको तारिफ भएको थियो । तर, ठीक तीन सातापछि श्रेष्ठको भन्दा ठूलो आपराधिक घटनामा संलग्न भएको आरोप लागेका सांसद रायमाझीलाई निलम्बन गर्ने भन्दा पनि जोगाउने पक्षमा ओली छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने पार्टीको औपचारिक कमिटीको बैठकपछिमात्रै आरोपी सांसदलाई के गर्ने ? टुंगो लगाइने बताएका छन् । ‘सफा नियतले घटनाको अनुसन्धान गर्न चाहेको भए ठीक छ । तर, पूर्वाग्रही भएर कसैले फसाउन खोजिएको भए त्यसलाई सहँदैनौं,’ ज्ञवाली भन्छन् । रायमाझीका छोरा सन्दीपलाई एक करोडको चेक काटेको यथेष्ट प्रमाण भेटिएको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ । गिरोहसँग टोपबहादुरले तस्बिर खिचेको र उनीहरूसँग घुमघाम गरेकोसँगै साँठगाँठ गरेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए । ‘हचुवा तालमा होइन कि हामीले प्रमाणको आधारमा पक्राउ गर्ने हो,’ अहिले त्यस्तै हो । यसबाट हामी पछि हट्दैनौं,’ कार्कीले प्रभावसँग भने । उनका अनुसार अझै १०÷१२ जना यही ठगी प्रकरणमै पक्राउ पर्ने सम्भावना छ । तर, ओलीले भने गम्भीर प्रकृतिको फौजदारी कसूरमा पक्राउ पुर्जी जारी हुँदासम्म सांसद टोपबहादुरलाई हटाउन चाहेका छैनन् । यो प्रकरणमा एमालेकै उपाध्यक्ष रामबहादुर थापाका श्रीमती नैनकला, छोरा प्रतीक पनि मुछिएको अनुसन्धान गरिररहेको प्रहरीले जनाए । ओली भने उनीहरूलाई जोगाउने पक्षमा देखिएका छन् । प्रहरीले ठगी प्रकरणमा नेपाली नागरिकसँग ठूलो रकम उठाएको आरोपमा पूर्व एवं वर्तमान राजनीतिक तथा प्रशासनिक उच्च अधिकारीमाथि थप अनुसन्धान र कारबाही बढाउने भएको छ । हालसम्म सचिव टेकनारायण पाण्डेसहित आठ जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ‘ठगी तथा संगठित अपराध’ मा मुद्दा चलाउने गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । यति हुँदाहुँदै पनि संसद्को प्रमुख विपक्षी दल एमालेले भने आफ्ना सांसदलाई जोगाउन भरमग्दुर प्रयास गरिरहेको छ । नयाँ दल भनिएको रवि लामिछाने नेतृत्वको दल रास्वपाले भने आरोप लाग्ने बित्तिकै छाानविन गर्न कार्यदल गठन गरेको थियो । जसको आधारमा ढाकाकुमारलाई निष्कासन गरेको दृष्टान्त रहँदा ओलीले भने त्यस्तो नचाहेका हुन् । यसअघि उनकै सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गोकुल बाँस्कोटालाई ७० करोड कमिसन बार्गेनिङ गर्दा पनि निलम्बन गरेनन् । तर, चौतर्फी दबाबपछि भने उनैले प्रश्न उठेकोले राजीनामा दिएको स्पष्टीकरण दिए । स्वास्थ्य सागम्री खरिदमा अनियमितता गरेको आरोप लागेका तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, नेता ईश्वर पोखरेल र ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुु¥याउनेमध्येका एक जना नेता विष्णु पौडेललाई पनि ओलीले जोगाइदिए । फेरि नक्काली शरणार्थी प्रकरणमा मुछिएका नेताहरूलाई कारबाहीको दण्डा चलाउन तयार देखिएनन् । अनुसन्धानका क्लुु प्रहरी अधिकारीहरूका अुनसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह’ले ठगी गरेको भन्दै केही मानिस काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए । लगत्तै प्रहरीले संलग्नहरूको विवरणसहितको उजुरी दिन उनीरूलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीमा केही उजुरी परे ।कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौर भन्छन्, ‘सुरुमा उनीहरूले यहाँ आएर हामी ठगियौं भनेर उजुरी दिनुभयो, त्यसका आधारमा हामीले अनुसन्धान अघि बढायौं ।’ प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले ठगी प्रकरणमा बहालवाला र पूर्व उच्च अधिकारीहरूको संलग्नता रहेको तथ्य सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले हालसम्म २० वटा उजुरी परेकोे जानकारी दिए । त्यसमै पीडित १०६ जनाको सामूहिक उजुरी छ । सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरी बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो । सन्दीप नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित उक्त प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । बुधबार पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उनीमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP