Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा विशेष महाधिवेशनको माग, ‘नीति हैन नेतृत्व फेरौं’
कांग्रेसमा विशेष महाधिवेशनको माग, ‘नीति हैन नेतृत्व फेरौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २२, २०८०
deuba_gagan_prakas
Hardik health
काठमाडौं -  नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा प्रतिनिधित्व गर्न आठ जनालाई सरकारमा पठाएसँगै नीति अधिवेशनको चर्चा चल्न थालेको छ । उपनिर्वाचनमा दुवै क्षेत्रमा पराजित भएपछि कांग्रेसभित्र नीति महाधिवेशनको चर्चा चल्न थालेको हो । उपनिर्वाचनमा सत्ता गठबन्धनको बलमा चुनाव लड्दा पनि कांग्रेसले दुवै क्षेत्र जित्न सकेन । बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जनमत जोगाउँदा कांग्रेसले तनहुँ–१ पनि गुमायो ।
नीति महाधिवेशन हुँदै गर्दा पार्टीको माया छ भन्ने हो भने नीतिमात्र हैन नेतृत्व परिवर्तनको आवश्यकता छ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरौं ।-अजयबाबु शिवकोटी, केन्द्रीय सदस्य
हारेपछि कांग्रेसमा विधि, विधान र नीतिका कुरा उठ्न थालेको हो । कांग्रेस महामन्त्री गगन थापाले यस विषयमा कांग्रेसले चाँडै मन्थन गर्ने बताएका छन् । ‘वैशाख मसान्तमा गर्ने केन्द्रीय समिति बैठकबाट नीति अधिवेशनको मिति तय गर्छ । यो नीति महाधिवेशन नेपाली कांग्रेसको जीवनमा महŒवपूर्ण घटनाका रुपमा रहनेछ,’ वैशाख १८ गते नयाँ बानेश्वरमा आयोजना गरेको श्रमिकसभामा महामन्त्री थापाले भने । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि वैशाख अन्तिममा बस्ने केन्द्रीय समितिले नीति अधिवेशनको मिति तय गरिने बताएका छन् । कांग्रेस नेता प्रकाशनमान सिंहले पनि जिल्ला दौडमा निस्कँदा यसबारे जोड दिएका छन् । दोलखा र रामेछाप पुग्दा सिंहले नीति अधिवेशनको माग गरेका हुन् । नीति अधिवेशनबारे गत असारमै केन्द्रीय समितिमा डा. शेखर कोइरालाले माग राखेका थिए । झण्डै १७ महिनाअघि मंसिरमा भएको १४औं महाधिवेशनमा कांग्रेसले नेतृत्वमात्र चयन ग¥यो । नीतिबारे उक्त महाधिवेशनमा कुनै चर्चा भएन । त्यतिबेला नयाँ कार्यसमितिले छ महिनाभित्र नीति महाधिवेशन गर्ने सहमति भएको थियो । तर, १७ महिना बित्दा पनि नीति अधिवेशनको हुन सकेको छैन ।
केन्द्रीय समिति बैठक राख्न नसक्नेले चासो राखेको नीति अधिवेशनले कुनै उपलब्धि हासिल होलाजस्तो लाग्दैन । यो कर्मकाण्डीमात्र हुनेछ । कांग्रेसलाई नीति हैन रणनीति चाहिएको हो ।- प्रा.डा. गोविन्द पोखरेल, केन्द्रीय सदस्य
१३औं महाधिवेशनपछि विधि मिचेर लागेका सभापति शेरबहादुर देउवा पुनः शक्तिशाली भएर सभापतिमा निर्वाचित भएपछि कांग्रेस फेरि निरंकुशतातिर लागेको छ । पार्टी सरकारमा गए पनि जनताका एजेण्डा बिर्सने कांग्रेसको पुरानै बानी हो । यद्यपि, यसपटकको उपनिर्वाचनले कांग्रेसलाई झस्काएको छ । महामन्त्रीद्वयले नीति अधिवेशनको माग गरिरहँदा पार्टीभित्रका केन्द्रीय सदस्यहरुले भने विशेष महाधिवेशन गरेर नेतृत्व नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । चुनावी समीक्षा र केन्द्रीय समिति नै राख्न नसक्ने पार्टी नेतृत्व अब काम नलाग्ने प्रा.डा. गोविन्द पोखरेल बताउँछन् । सभापति देउवाले समीक्षा राख्न नसके पनि युवा भनिने दुई महामन्त्री र गुट चलाउने डा. शेखर कोइरालालेसमेत समीक्षा बैठक डाक्न नसकेको पोखरेलले बताए । ‘फर्मल समीक्षा गर्नलाई सभापतिले आह्वान गर्नुपर्ला । तर, इन्फर्मल समीक्षा गर्न त हाम्रा दुईटा युवा महामन्त्री हुनुहुन्छ । केन्द्रीय कार्यालयमा पटक–पटक मिटिङ राख्न सकिन्छ नि । त्यो पनि छैन,’ प्रा.डा. गोविन्द पोखरेलले भने, ‘सभापतिले त गर्नुभएन । युवा महामन्त्री र डा. शेखर कोइराला उहाँहरुले कमसेकम ग्रुपको मिटिङ बोलाएर समीक्षा गर्न सकिन्थ्यो नि । ग्रुपले त रिभ्यु गर्नुपथ्र्याे नि ।’ त्यसैले यस्तो नेतृत्वबाट नीति अधिवेशनको आशा गर्न नसकिने पोखरेल बताउँछन् । भएमा त्यो कर्मकाण्डीमात्र हुने उनको भनाइ छ । ‘केन्द्रीय समिति बैठक राख्न चाख नदिनेले यो नीति अधिवेशनले कुनै उपलब्धि हासिल होलाजस्तो लाग्दैन । यो कर्मकाण्डीमात्र हुनेछ,’ पोखरेलले भने । नीति अधिवेशनले अहिलेकै नेतृत्वलाई क्यारी गर्ने भएकोले यो ठीक नहुने उनको भनाइ रह्यो । ‘अहिलेको नेतृत्वलाई त जनताले स्वीकार गरेनन् त । नीति अधिवेशन भए अहिलेकै नेतृत्वलाई टालटुल गरी भ्यालिडेट गर्छ, यसले जनतालाई आकर्षण गर्दैन,’ उनले भने, ‘त्यसैले कि सकिन्छ विशेष महाधिवेशन गर्ने हो । नसके नीति महाधिवेशन काम छैन ।’ पार्टीका युवा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भने नीति अधिवेशनको पक्षमा छन् । यद्यपि, विधानमा नचल्ने नेतृत्वबाट नीति अधिवेशनको अपेक्षा गर्नु बेकार भएको उनको भनाइ छ ।‘हाम्रो सिस्टमले विधान मिच्दैन भने नीति बनाउँदा केही फरक पर्दैन,’ शिवकोटी भन्छन्, ‘विधानमै भएको कुरा त हामीले मानिरहेको छैनौं भने ? दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति नौ महिना पुग्दा पनि बस्न सकेको छैन ।’ महाधिवेशनपछि छ महिनामै गर्नुपर्ने नीति अधिवेशन हुन नसक्नु नै अचम्म लाग्दो भएको उनको भनाइ छ । यस्तो अवस्थामा नीति महाधिवेशनले मात्र पार नलाग्ने उनको भनाइ छ । शिवाकोटीले २०१२ सालमा सुवर्ण शमशेरले विशेष महाधिवेशन गरी बिपी कोइरालालाई नेतृत्व दिएझैं देउवाले नयाँलाई नेतृत्वलाई सुम्पनुपर्ने बताए । ‘जसरी सुवर्ण शमशेरले विशेष परिस्थितिमा जसरी बिपीलाई नेतृत्व दिइयो । अहिलेको र त्यो बेलाको अवस्था त्यस्तै संकेत गरिरहेको छ,’ शिवाकोटीले भने, ‘२०८४ को निर्वाचनलाई लक्षित गरी नयाँ जेनेरेसनलाई साथ दिन विशेष महाधिवेशनको खाँचो परेको हो ।’ पार्टी सभापति देउवाले यो कुरा मनन गर्नुपर्ने समेत उनको भनाइ रह्यो । ‘नीति महाधिवेशन हुँदै गर्दा पार्टीको माया छ भन्ने हो भने नीतिमात्र हैन नेतृत्व परिवर्तनको आवश्यकता छ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नै आवश्यक छ,’ शिवाकोटीले भने, ‘त्यसैले नेतृत्वले समेत विशेष महाधिवेशनमार्फत पार्टीको हित र भविष्यको लागि नेतृत्व फेर्नुपर्छ भन्ने मेरो मत हो ।’ कांग्रेसमा छैन कोषाध्यक्ष नेपाली कांग्रेसमा १४औं महाधिवेशनयता कोषाध्यक्षविहीन छ । विधानअनुसार कार्यसमितिमा एक जना कोषाध्यक्ष हुनुपर्ने हो । तर, कोषाध्यक्ष चयनमा महाधिवेशन सकिएको १७ महिना पुग्दा पनि उदासीन छ नेतृत्व । पार्टीको वर्ष दिनको अडिटदेखि आार्थिक पाटो सम्हाल्न विधानतः कोषाध्यक्ष चाहिन्छ । विधानअनुसार १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ । तर, अझै देउवाले मनोनीत गर्नुपर्ने कोटा पूरा गरेका छैनन् । पदाधिकारीसहित १६७ जना हुनुपर्ने केन्द्रीय समिति अहिले १५६ जनामात्र छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP