झापा - भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एटी ३९४० भारतीय नम्बरको गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित पूर्व–पश्चिम लोकमार्गको निन्दा पुल नजिकबाट बैशाख २० गते सशस्त्र प्रहरीले १६ लाख ८९ हजार ५० रुपैयाँ बराबरको चोरीपैठारीको सामान र गाडी नियन्त्रणमा लिएको हाे।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाले ईलेक्ट्रिक सामान र मोटरपाटर््ससहित भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एटी ३९४० भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।
सो गाडीमा सामानको प्रज्ञापनपत्र नभएको र गाडीको सुविधा ईजाजतपत्र समेत नभएको फेला परेपछि सामान र गाडी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको सामान र गाडी भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको प्रहरीले जनाएकाे छ ।