Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनले रोक्दा पनि डिगबहादुर सरकारमा, प्रदीपले खेमा फेर्दा मोहनलाई लट्री
गगनले रोक्दा पनि डिगबहादुर सरकारमा, प्रदीपले खेमा फेर्दा मोहनलाई लट्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २१, २०८०
anchor
काठमाडौं -  नेपाली कांग्रेसमा संस्थापनइतरले तीन जनाको कोटा मागे पनि संस्थापन पक्षले पेल्दा दुई जनामै चित्त बुझाउन बाध्य भएको छ । संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बू सरकारमा सहभागी भएका छन् । यता संस्थापनले भने पेलेरै आफ्ना पक्षका छ जनालाई सरकारमा सहभागी गराएको छ ।संस्थापनबाट तीन चरणमा छ जना सरकारमा सहभागी भएका हुन् । चैत १७ गते डा. शेखर कोइराला समूहले नाम नदिएपछि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सुरुमा चार जनामात्र सरकारमा सहभागी भए । उपप्रधान तथा रक्षामन्त्रीसहित खड्का सरकारमा सहभागी हुँदा डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योगमन्त्री र सीता गुरुङ सहरी विकासमन्त्री बने । दोस्रोपटक वैशाख ३ गते कांग्रेसले एनपी साउदलाई परराष्ट्रमन्त्रीका रुपमा सरकारमा पठायो । वैशाख ५ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले कानुन मन्त्रालयको जिम्मेवारी पनि उपप्रधान तथा रक्षामन्त्री खड्कालाई सुम्पेका थिए । बुधबार तेस्रोपटक नाम पठाउँदा संस्थापन पक्षका मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गगनले रोक्दा पनि लिम्बू सरकारमा कांग्रेसका महामन्त्री गगन थापा संस्थापनइतरमा प्रभावशाली नेता मानिन्छन् । थापा संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग भिडेका थिए । यद्यपि थापाले जित निकाल्न सकेनन् । संसदीय दलको नेतामा भिडेयता गगनले विभिन्न नियुक्ति र सरकारमा आफ्नो भाग खोज्दै आएका छन् । तर, भागबण्डामा उनलाई संस्थापनइतरले नै पत्याइदिएन । गगनको चाहना डिगबहादुरलाई रोकेर आफूलाई पत्याइदिने नेतालाई सरकारमा पठाउने थियो । नभए आफैं सरकारमा जाने तयारी गगनले गरेका थिए । तर, गगनको कुराको कुनै सुनुवाइ भएन । ‘शेखर गुटका भएकाले डिगबहादुरलाई जसरी पनि रोक्ने गगनको रणनीति थियो, पार्टीको महामन्त्रीले भाग खोज्नु स्वाभाविक पनि हो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘रोक्न नसके आफै सरकारमा जाने उहाँको तयारी थियो ।’ संस्थापनइतरले शेखर–गगन ‘टसल’ साम्य पार्न तीन थान कोटा मागेको थियो । तर पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै गुटलाई मनाउन नसकेको भनेपछि संस्थापनइतरले दुई सिटमै चित्ता बुझाउन बाध्य भएको हो । संस्थापनइतरलाई एक राज्यमन्त्री दिने बताइए पनि यसबारे कुनै निर्णय भने आइसकेको छैन । यसअघि राज्यमन्त्रीमा सुरेन्द्र आचार्यको नाम चर्चामा रहेको थियो । प्रदीपले खेमा फेर्दा मोहनलाई ‘लट्री’ कांग्रेसमा पछिल्लोपटक क्रेज बटुलेको नेता हुन् प्रदीप पौडेल । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं–५ बाट हराउन उनको नाम काफी भएको थियो । कांग्रेसमा ‘थर्ड पोल’का रुपमा चिनिएका कृष्ण सिटौलालाई गगनले छाडेपछि प्रदीपको भाग्योदय भएको थियो । गगनले सिटौला गुट छाडेपछि सिटौलाले प्रदीपलाई काखी च्यापे । यतिमात्र हैन देउवालाई मनाएर १४औं महाधिवेशनमा महामन्त्रीको टिकटसमेत दिलाए । देउवा गुटबाट महामन्त्रीको टिकट पाउँदा नै प्रदीपले एकखाले क्रेज बनाएका थिए । यसरी देउवाका प्यारा बनेका उनले काठमाडौं–५ बाट सजिलै टिकट पाए । सत्तामा प्रधानमन्त्री देउवा नै थिए । अझ पाँचदलीय गठबन्धन । प्रदीपलाई जिताउन सबै लागि परे । उनको जितपछि मन्त्री पक्कापक्की भनिएको थियो । तर, जब संसदीय दलको निर्वाचन आयो, प्रदीपले युवा भन्दै गगन विश्वप्रकाशको टिम रोजे । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश खुलमखुला गगनलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको भन्दै प्रचार गरी अघि बढेका बेला देउवालाई सकस परिरहेको थियो । त्यही बेला आफूले काखी च्यापेका प्रदीप गगन विश्वको पछि लागेपछि देउवाले आफ्नो टिमबाट प्रदीपलाई ‘आउट’ गरे । पछिल्लो दिन गगन र विश्वप्रकाशले प्रदीपलाई स्वास्थ्यमन्त्री दिनुपर्ने भन्दै लबिइङ नगरेका होइनन् । तर, प्रदीपको नाम देउवाले सुन्नै नचाहेको कांग्रेस गुटमा चर्चा छ । अचेल प्रदीप पनि चुपचाप छन् । प्रदीपले स्वास्थ्य नपाए गगन आफैं उक्त मन्त्रालय सम्हाल्ने तयारी भए पनि मोहन बस्नेतले बाजी मारेका छन् । देउवा क्याम्पले खासै विश्वास नमान्ने भए पनि रक्षामन्त्री खड्का र अर्थमन्त्री डा. महतको लबिइङका कारण बस्नेत मन्त्री बनेका हुन् । बागमती सरकारमा इन्द्रबहादुर बानियाँको रवाफ तोड्न बहादुरसिंह लामालाई बस्नेतले सघाएका कारण देउवापत्नी डा. आरजु राणाले पनि बस्नेतलाई रोजेको बताइएको छ ।

कांग्रेस किस्ताकिस्तामा सरकारमा

चैत १७,पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री,डा. प्रकाशशरण महत, अर्थमन्त्री रमेश रिजाल, उद्योग, वाणिज्य तथा आपूर्ति,सीता गुरुङ, सहरी विकासमन्त्री

वैशाख ३, एनपी साउद, परराष्ट्रमन्त्री

Hardik health

वैशाख २०, धनराज गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्यामन्त्री डिगबहादुर लिम्बू, युवा तथा खेलकुदमन्त्री


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP