Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु
पल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
upalo dolpo
RBB RBB
जाजरकोट  -   चिसो मौसम कारण उपल्लो डोल्पा छोडेका सर्वसाधारण तथा कर्मचारीहरु फर्कीएपछि उपल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु भएका छन् । सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताएका हुन् । न्यौपानेका अनुसारका नयाँ आएका कर्मचारीहरु देखि सबै जनशक्ति पालिकामा केन्द्रीत भइसकेकोले अहिले कामलाई व्यापक बनाएको छ । पालिकामा विकास निर्माणको अनुगमण तथा निरीक्षण हुनुका साथै केही योजनाको भुक्तानी दिने काम समेत भएको उनले बताए । मंसिर देखि चैतको पहिलो हप्ता सम्म उपल्लो डोल्पामा विकास निर्माणका कामहरु ठप्प हुँदै आएका छन् । चिसो मौसमका साथै हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नभएपछि बिकास निर्माणका कामहरु रोकिने गरेका हुन् । सो समयमा विकास निर्माणका कामका साथै खोप सेवा समेत उपल्लो डोल्पामा प्रभावित हुने गरेको छ । अहिले पनि पालिकामा जानका लागि अग्ला ,अग्ला भारी हिउँ भएका हिमालहरु काटेर जानुपरेको कर्मचारीहरु बताउँछन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा समेत विकास निर्माणका कामहरुलाई तिब्रता दिने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटाले बताए  । उनले केही योजनामा बजेट थप्नका लागि जनप्रतिनिधिहरु संघीय राजधानी काठमाडौँ , प्रदेश राजधानी सुर्खेत लगाएतका ठाउँमा समेत गएर फर्केने क्रम्मा रहेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकामा दुनै ल्यासिक्याप सडक निर्माणमा ढिला हुँदा दैनिक निर्माणका सामग्रीहरु लिन मुस्किल हुने गरेको छ । आन्तरिक आम्दानी अत्यन्तै कम रहेको डोल्पोबुद्धमा खानेपानी , सिँचाइ , भौतिक संरचना निर्माणमा समेत समस्या हुँदै आएको छ । विकास निर्माणका सामग्री ढुवानी गर्दा सामग्रीको मूल्य भन्दा ढुवानी भाडा बढी लाग्ने भएकाले तोकिएको मापदण्डमा काम गर्न यहाँ चुनौति हुँदै आएको छ । सडक सञ्जालसँग नजोडिएका कारण यहाँ सबै सामग्री पाउन मुस्किल भएको छ । यहाँका सर्वसाधारणहरुको आम्दानीको स्रोत भनेको स्थानीय रुपमा उत्पादन हुने जडीवुटी हो । जडीवुटी बिक्री गरेर दैनिक घर व्यवहार चलाउनु पर्ने हुन्छ । कर्मचारीहरु कार्यक्षेत्रमा खटिन समेत मुस्किल रहदै आएको छ । स्थानीय भाषा , संस्कार र शैलि कर्मचारीसँग नमिल्दा यहाँ कार्यरत कर्मचारीहरु स्थानीय संस्कारमा रुपान्तरण हुन समय लाग्ने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप पर्यटन
पर्यटकको पर्खाइमा तास्नाधुरी
पर्यटकको पर्खाइमा तास्नाधुरी आइतबार, वैशाख २८, २०८२
पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान
पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान बिहीबार, वैशाख २५, २०८२
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन बिहीबार, वैशाख २५, २०८२
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे बुधबार, वैशाख २४, २०८२
मेचीनगरमा ‘निलसरी महोत्सव’
मेचीनगरमा ‘निलसरी महोत्सव’ मंगलबार, वैशाख २३, २०८२
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस सोमबार, वैशाख २२, २०८२
अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने
अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP