Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ताको ‘बार्गेनिङ’मा रास्वपा
सत्ताको ‘बार्गेनिङ’मा रास्वपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
raswapaa
RBB RBB
काठमाडौं -  सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय गर्ने धेरैको अनुमान थियो । तर, रास्वपाले कुनै निर्णय लिन सकेन । आगामी शुक्रबारमात्रै सरकारमा जाने या नजानेबारे निर्णय गर्नेगरी बैठक सकिएको केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए । ‘सरकारका बारेमा शुक्रबारमात्रै निर्णय गर्ने भनेर केन्द्रीय कमिटीको बैठक सकिएको छ,’ पराजुलीले बैठकपछि भने । यो निर्णयसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने या नपाउने भन्ने विषय एक हप्ता पर धकेलिनेभएको छ ।  
किन रोकियो निर्णय ?  
रास्वपा एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा सहभागी भयो । तर, नागरिकता मुद्दामा सांसदसहित रास्वपा सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुम्यो । नागरिकता पुनःप्राप्तिपछि सभापति लामिछानेले गृह मन्त्रालय नै पाउने गरी लबिइङ गरेका थिए । लामिछानेको भावनालाई प्रधानमन्त्रीले वास्ता नगरेपछि पार्टी सरकारबाट बाहिरियो । यद्यपि, चैत ६ गते दोस्रोपटक दाहालले प्रधानमन्त्रीमा विश्वासको मत माग्दा रास्वपा पक्षमा उभियो । उपनिर्वाचनको नतिजापछि रास्वपा थप बलियो भएको छ । मंसिरको निर्वाचनमा २० सिट रहेको रास्वपाको उपनिर्वाचनपछि २१ सिट पुगेको छ । निर्वाचित भएलगत्तै कतिपयले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरेका थिए । यही शंकाको लाभलाई सभापति लामिछानेले पनि ‘क्यास’ गर्ने प्रयास गरे । लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता गर्नसक्ने भन्दै अस्पष्ट वक्तव्य दिए । जसले प्रधानमन्त्री दाहाललाई झस्कायो । रास्वपाले समर्थन फिर्ता लिए सत्ता संकटमा पर्ने दाहालको बुझाइ छ । यसैले रास्वपा फकाउन दाहाल प्रयासरत छन् । आइतबारमात्र प्रधानमन्त्री दाहालले रास्वपा सभापति लामिछानेलाई भेटेका थिए । भेटलगत्तै लामिछानेले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक राखे । साविकको मन्त्रालय पाए सरकारमा जाने बैठकमा लामिछानेले आफ्ना नेताहरुलाई सरकारमा जानेबारे ‘ग्रिन सिग्नल’ दिएका थिए । यसअघि आफ्नो मुद्दा सरकारले नीति तथा कार्यक्रमबाट हटाएको भन्दै आक्रोश व्यक्त गरेका थिए, लामिछानेले । नीति तथा कार्यक्रम पुनःलेखनका लागि प्रधानमन्त्री दाहाल तयार रहेको लामिछानेको ‘ब्रिफिङ’ थियो । यसैगरी प्रधानमन्त्री रास्वपालाई साविकको मन्त्रालय दिन पनि तयार रहेको बताइएको छ । ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई साविकको मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनःलेखनका लागि पूर्णरुपमा मञ्जुर छु भन्ने कुरा गरिसक्नुभएको कारणले जाने या नजानेबारेमात्र निर्णय गर्न बाँकी हो,’ बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले भने । यसअघि रास्वपाबाट सभापति लामिछानेसहित चारजना सरकारमा सहभागी भएका थिए । जसमा लामिछाने उपप्रधान एवं गृह, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । रास्वपाले साविकको मन्त्रालय दिन प्रधानमन्त्री तयार रहेको बताए पनि सत्ता गठबन्धनमा भागबण्डा मिलाउन सहज देखिँदैन । अहिले गृहमा माओवादीकै नारायणकाजी श्रेष्ठ छन् । शिक्षामा जनता समाजवादी पार्टीका अशोक राई, श्रममा लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी छन् । यसै त सत्ता गठबन्धनमा भागबण्डा नमिलेको बेला पुनः रास्वपालाई सरकारमा ल्याएर रोजेको मन्त्रालय दिन प्रधानमन्त्री दाहाललाई सकस पर्ने देखिन्छ । यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री दाहालले समय मागेपछि रास्वपाले तत्काल निर्णय नलिएको बताइएको छ । गृह र शिक्षामा आफ्नो दाबी नछाड्ने रास्वपाको अडान छ । यस्तो अवस्थामा श्रेष्ठ र राईलाई ‘ब्याक’ गराउनुपर्ने देखिन्छ । रास्वपाले अर्को बैठकमा पार्टी सरकारमा जाँदा र नजाँदाको फाइदाबारे केन्द्रीय समिति र संसदीय दलको बैठकमा बृहत् छलफल गर्ने जनाएको छ । ‘पार्टी सरकारमा जाँदा देश र जनतालाई के फाइदा हुन्छ ? प्रतिपक्षमा बस्दा देश र जनतालाई के फाइदा हुन्छ भन्ने कुरामा विश्लेषण हुन्छ,’ प्रवक्ता ढकालले भने । मन्त्रिपरिषद् पूर्णता पाउने स्थितिमा कांग्रेसले उपसभापति धनराज गुरुङलाई सरकारमा पठाउने तयारी गरेको छ । यद्यपि, भागबण्डाको पर्खाइका कारण गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस अहिले पाँच मन्त्रालयमा चित्त बुझाएर बसेको छ । संस्थापनपक्षले सबैजसो मन्त्रालय सम्हाल्दा संस्थापनइतरले सरकारमा कसैलाई पठाएको छैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP