Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ताको ‘बार्गेनिङ’मा रास्वपा
सत्ताको ‘बार्गेनिङ’मा रास्वपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
raswapaa
Hardik health
काठमाडौं -  सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय गर्ने धेरैको अनुमान थियो । तर, रास्वपाले कुनै निर्णय लिन सकेन । आगामी शुक्रबारमात्रै सरकारमा जाने या नजानेबारे निर्णय गर्नेगरी बैठक सकिएको केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए । ‘सरकारका बारेमा शुक्रबारमात्रै निर्णय गर्ने भनेर केन्द्रीय कमिटीको बैठक सकिएको छ,’ पराजुलीले बैठकपछि भने । यो निर्णयसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने या नपाउने भन्ने विषय एक हप्ता पर धकेलिनेभएको छ ।  
किन रोकियो निर्णय ?  
रास्वपा एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा सहभागी भयो । तर, नागरिकता मुद्दामा सांसदसहित रास्वपा सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुम्यो । नागरिकता पुनःप्राप्तिपछि सभापति लामिछानेले गृह मन्त्रालय नै पाउने गरी लबिइङ गरेका थिए । लामिछानेको भावनालाई प्रधानमन्त्रीले वास्ता नगरेपछि पार्टी सरकारबाट बाहिरियो । यद्यपि, चैत ६ गते दोस्रोपटक दाहालले प्रधानमन्त्रीमा विश्वासको मत माग्दा रास्वपा पक्षमा उभियो । उपनिर्वाचनको नतिजापछि रास्वपा थप बलियो भएको छ । मंसिरको निर्वाचनमा २० सिट रहेको रास्वपाको उपनिर्वाचनपछि २१ सिट पुगेको छ । निर्वाचित भएलगत्तै कतिपयले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरेका थिए । यही शंकाको लाभलाई सभापति लामिछानेले पनि ‘क्यास’ गर्ने प्रयास गरे । लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता गर्नसक्ने भन्दै अस्पष्ट वक्तव्य दिए । जसले प्रधानमन्त्री दाहाललाई झस्कायो । रास्वपाले समर्थन फिर्ता लिए सत्ता संकटमा पर्ने दाहालको बुझाइ छ । यसैले रास्वपा फकाउन दाहाल प्रयासरत छन् । आइतबारमात्र प्रधानमन्त्री दाहालले रास्वपा सभापति लामिछानेलाई भेटेका थिए । भेटलगत्तै लामिछानेले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक राखे । साविकको मन्त्रालय पाए सरकारमा जाने बैठकमा लामिछानेले आफ्ना नेताहरुलाई सरकारमा जानेबारे ‘ग्रिन सिग्नल’ दिएका थिए । यसअघि आफ्नो मुद्दा सरकारले नीति तथा कार्यक्रमबाट हटाएको भन्दै आक्रोश व्यक्त गरेका थिए, लामिछानेले । नीति तथा कार्यक्रम पुनःलेखनका लागि प्रधानमन्त्री दाहाल तयार रहेको लामिछानेको ‘ब्रिफिङ’ थियो । यसैगरी प्रधानमन्त्री रास्वपालाई साविकको मन्त्रालय दिन पनि तयार रहेको बताइएको छ । ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई साविकको मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनःलेखनका लागि पूर्णरुपमा मञ्जुर छु भन्ने कुरा गरिसक्नुभएको कारणले जाने या नजानेबारेमात्र निर्णय गर्न बाँकी हो,’ बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले भने । यसअघि रास्वपाबाट सभापति लामिछानेसहित चारजना सरकारमा सहभागी भएका थिए । जसमा लामिछाने उपप्रधान एवं गृह, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । रास्वपाले साविकको मन्त्रालय दिन प्रधानमन्त्री तयार रहेको बताए पनि सत्ता गठबन्धनमा भागबण्डा मिलाउन सहज देखिँदैन । अहिले गृहमा माओवादीकै नारायणकाजी श्रेष्ठ छन् । शिक्षामा जनता समाजवादी पार्टीका अशोक राई, श्रममा लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी छन् । यसै त सत्ता गठबन्धनमा भागबण्डा नमिलेको बेला पुनः रास्वपालाई सरकारमा ल्याएर रोजेको मन्त्रालय दिन प्रधानमन्त्री दाहाललाई सकस पर्ने देखिन्छ । यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री दाहालले समय मागेपछि रास्वपाले तत्काल निर्णय नलिएको बताइएको छ । गृह र शिक्षामा आफ्नो दाबी नछाड्ने रास्वपाको अडान छ । यस्तो अवस्थामा श्रेष्ठ र राईलाई ‘ब्याक’ गराउनुपर्ने देखिन्छ । रास्वपाले अर्को बैठकमा पार्टी सरकारमा जाँदा र नजाँदाको फाइदाबारे केन्द्रीय समिति र संसदीय दलको बैठकमा बृहत् छलफल गर्ने जनाएको छ । ‘पार्टी सरकारमा जाँदा देश र जनतालाई के फाइदा हुन्छ ? प्रतिपक्षमा बस्दा देश र जनतालाई के फाइदा हुन्छ भन्ने कुरामा विश्लेषण हुन्छ,’ प्रवक्ता ढकालले भने । मन्त्रिपरिषद् पूर्णता पाउने स्थितिमा कांग्रेसले उपसभापति धनराज गुरुङलाई सरकारमा पठाउने तयारी गरेको छ । यद्यपि, भागबण्डाको पर्खाइका कारण गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस अहिले पाँच मन्त्रालयमा चित्त बुझाएर बसेको छ । संस्थापनपक्षले सबैजसो मन्त्रालय सम्हाल्दा संस्थापनइतरले सरकारमा कसैलाई पठाएको छैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP