Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वसचिव कार्की पत्नीको रहस्यमय हत्या
पूर्वसचिव कार्की पत्नीको रहस्यमय हत्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २८, २०७६
karki news
Hardik health
काठमाडौं– पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको सोमबार हत्या भएको छ । उक्त घटनालाई रहस्यमय भनिए पनि कामदारकै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ललितपुर सानेपास्थित आफ्नै निवासमा मुनाको हत्या भएको थियो । सो हत्यामा उनकै कामदार विजय चौधरीले प्लाष्टिकको पिर्काले हिर्काएर हत्या गरेपछि चौधरीले आत्महत्या गरेको प्रहरीको भनाइ छ । कार्कीका घरभित्र राखिएको सीसीटीभीलेसमेत उक्त दृश्य कैद गरेपछि प्रहरी उक्त निस्कर्षमा पुगेको हो । ‘बिहान ९ बजेतिर विजयले मुनालाई पिर्काले हिर्काई भुइँमा लडाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘भुइँमा मुना लडेपछि कपाल समातेर टाउको बजारेको देखिन्छ । विजयले नै हत्या गरेको योभन्दा अरु प्रमाण हुन सक्दैन ।’ तर, विजय र मुनाबीच के कुराको खटपट थियो भन्नेमा प्रहरीले केही खुलाएको छैन । मुनाको हत्या नै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनको हत्या भएको आशंकामा घरको सिसीटिभी फुटेजलगायत अन्य प्रमाणको अनुसन्धान भइरहेको जनाएको छ । आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । उनको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको बताइको छ । चिकित्सकका अनुसार घाँटी र हातमा समेत नीलडाम भेटिएको छ । घटनाका समयमा पूर्वसचिव कार्की ‘मर्निङवाक’मा निस्किएका थिए । प्रारम्भिक अनुसन्धानमा उनको हत्यामा स्वयं चौधरीको संलग्नता देखिएको प्रहरीले जनएको छ । घटना घटाएर उनले आत्महत्या गरेको अनुमान छ । तर प्रहरीले घटनाको औपचारिक जानकारी गराएको छैन । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकाले त्यसको प्रतिवेदनका आधारमा मात्रै यकिन कारण भन्न सकिने जनाए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा कार्कीले दुवै शव परीक्षणका लागि पाटन अस्पतालमा पठाइएको र सिसी क्यामेराको फुटेजलगायत अन्य प्रमाण संकलन गरेर फोरेन्सिक ल्याबमा परीक्षण भइरहेको जानकारी दिए । मृतकका पति कार्कीले आफन्त र प्रहरीसँग बताएअनुसार उनी पशुपतिनाथ मन्दिर गएर फर्किएपछि यो घटना भएको थाहा पाएका थिए । दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अर्जुनले बताएअनुसार मुना अचेत अवस्थामा लडिरहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेर मुनालाई उपचारार्थ सानेपास्थित स्टार हस्पिटल पुर्याइएको थियो । तर, मुनाको मृत्यु भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा मुना भान्सा कोठामा रगताम्य भएर लडिरहेकी थिइन् भने कामदार विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए । प्रहरी पुग्दाको अवस्था र अर्जुनले प्रहरीमा दिएको जानकारी दुरुस्त मिले पनि मुनाको हत्या र विजयको आत्महत्याको प्रसंग खुल्न सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०५:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP