Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर
वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर
आइतबार, वैशाख १७, २०८०
bairo
Hardik health
काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुलाई लक्षित गर्दै ‘वैदेशिक रोजगार बचतपत्र, २०८०’ निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरमा ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र वैशाख १७ अर्थात् आजदेखि निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र आजदेखि जेठ १७ गते (एक महिना) सम्म बिक्री खुला हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र खरिद गर्न इच्छुक विदेशमा रहेका नेपालीहरुले १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष हुने रकमका लागि आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकले निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएको छ । गत १४ फागुनमा निष्कासन गरेको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत ब्याजदर दिएको राष्ट्र बैकले अहिले ११ प्रतिशतमात्रै दिने उल्लेख गरेको छ ।  
बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा खरिद गर्न सक्ने छन् ।
  प्रत्येक छ÷छ महिनामा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैंले वा इच्छाएको व्यक्तिमार्फत भुक्तानी लिन सकिने र यसमा ब्याजकर लाग्ने राष्ट्र बैंकले प्रस्ट पारेको छ । बचतपत्र खरिदकर्तालाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने सुविधा दिइएको छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा खरिद गर्न सक्ने छन् । बचतपत्र खरिदका लागि राष्ट्र बैंकले अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्ने व्यवस्था मिलाएको छ । स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र खरिद गर्न सकिने हुँदा आपूmले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फाराममा नखुलाइए प्रमिसरी नोट प्रमाणपत्र उपलब्ध गराइने बताइएको छ । बचतपत्र खरिद गर्न चाहने आवेदनकर्ताले आफ्नो राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको उक्त रकम, जम्मा वा खर्च भएको बैंकको भौचर, विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता र नाता प्रमाणितको प्रतिलिपि, नाबालिगको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्छ । सिण्डिकेटविरुद्ध व्यवसायी काठमाडौं (प्रस)– वैदेशिक रोजगार व्यवसायीहरुले विदेश जाने श्रमिकमाथि थोपरिने आर्थिक भार तथा व्यवसायविरुद्ध हुने कुनै पनि सिण्डिकेटको डटेर सामना गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रमा आबद्ध विभिन्न शुभेच्छुक, घटक, क्षेत्रीय संस्थाका प्रतिनिधि र सल्लाहकारहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले कुनै पनि व्यवसायी तथा श्रमिकविरोधी गतिविधि गर्ने र सिण्डिकेट लागू गर्न खोज्नेविरुद्ध संघले चाल्ने कदममा पूर्णसहयोग गर्ने बताए । अप्रत्यक्षरुपमा केही स्वार्थ समूहले वैदेशिक रोजगारीको क्षेत्रमा सिण्डिकेट लागू गर्न खोजेको र त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उनले व्यवसायलाई प्रभावित पार्ने सम्भावित सिण्डिकेटका विरुद्ध सबै व्यवसायीलाई एकजुट हुन आग्रह गर्दै व्यवसाय र कामदार विरोधी गतिविधि स्वीकार्य नहुने भन्दै यसको अन्त्यका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पछिल्लो समय दुबई र मलेसियामा सेक्युरिटी गार्ड पठाउन र उनीहरुलाई तालिममा दिन निश्चित संस्थाहरु छनोट गर्ने, साउदी अरेबियामा जाने कामदारहरुको पासपोर्टमा भिसा लगाउनका लागि कुनै एक कम्पनीमार्फत संकलन गर्ने हल्ला चलाइएका कारण व्यवसायीमाझ सिण्डिकेटको कुरा उठेको एक व्यवसायीले बताए । ‘सीमित व्यवसायीलाई मात्रै लाभ पुग्नेगरी सिण्डिकेट लागू गरिन्छ भने त्यसविरुद्ध सबै व्यवसायी एक हुनुपर्छ,’ उनले भने ।   ठगी गरेको अभियोगमा एक पक्राउ काठमाडौं (प्रस)– वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौं लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी अमृता गुरुङसँग पटक–पटक गरी ३० लाख रुपैयाँ लिई ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ । पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP