Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको भड्काउपूर्ण बोली
ओलीको भड्काउपूर्ण बोली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १५, २०८०
kp_koshi copy
Hardik health
काठमाडौं- प्रदेशको नाम ‘कोशी’ खारेज गरी पुनः नामाङ्कनको मागसहित पहिचान पक्षधरहरू आन्दोलित भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले झन् आन्दोलन भड्काउने अभिव्यक्ति दिएका छन् । आफूलाई कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेर आक्रमणको प्रयाससमेत भएपछि बिहीबार ओलीले आन्दोलनकारीलाई ‘आतंककारी’ र आन्दोलनलाई ‘आतंककारीको नमूना’को संज्ञा दिए । यस्ता गतिविधि स्वीकार्य नहुने पनि ओलीको चेतावनी छ । ‘हिंसा मच्चाएर, वितण्डा मच्चाएर, ज्यान मार्ने उद्योग गरेर, अर्कालाई आक्रमण गर्ने ? यस प्रकारको क्रियाकलाप कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ आक्रोशित हुँदै ओलीले भने, ‘यो हिंसात्मक क्रियाकलाप हो । आतंककारी क्रियाकलाप हो ।’लगातार दुई महिनादेखि नाम खारेजीको माग गर्दै आएका पहिचान पक्षधरहरूले ओलीलाई कोशी नामको खास प्रस्तावक ठानेका छन् । उनकै योजनाबमोजिम मुख्यमन्त्री हिक्मत कार्कीले उक्त नामसम्बन्धी प्रस्ताव अघि बढाएको र प्रस्तावक भने रामबहादुर राना र समर्थक नीरेन राईलाई बनाएको बुझाइ आन्दोलनकारीको छ । त्यही भएर आक्रोशित आन्दोलनकारीको निशानामा ओली परेका हुन् ।
अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर नाम फेर्ने विकल्पबाहेक अरु छैन । सडकबाट कराउँदैमा नाम फेर्न सकिन्छ ? घनश्याम खतिवडा, नेता, नेकपा एमाले
बिहीबार इलाममा उनलाई कालो झण्डा देखाउँदै पहिचान पक्षधर आन्दोलनकारीहरूले ओलीविरुद्ध नारावाजी गरेका थिए । उनीहरूले इलामकै गोदकमा रुख ढालेर ओलीलाई अवरोध पु¥याउन खोजे । तर, अर्कै बाटोबाट ओली इलाम सदरमुकाम पुगे । त्यहाँ पहिचान पक्षधरहरूलाई ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र कोशी नामका प्रस्तावक रानालाई कालो झण्डा देखाएका हुन् । बुधबार भने ओलीकै गृहजिल्ला झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा ओलीमाथि ढुंगा प्रहार भएको थियो । प्रदर्शनकारीहरूले कालो झण्डा पनि देखाएका थिए । जसका कारण असंयम् बनेका ओलीले आन्दोलनलाई आतंकको नमूना भनेका हुन् । ओलीको यस्तो अभिव्यक्तिले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधर थप उत्तेजित बनेका छन् । आन्दोलनमै रहेको एउटा दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेशको नाम पुनः नामाङ्कनको माग वार्ताबाट समाधान नगरी एमाले पन्छिरहे संसारको जुनसुकै कुनामा पुगे पनि ओली र एमालेलाई खेदाइरहने बताएका छन् । उनले ओलीमाथि भएको आक्रमण प्रयासलाई ‘सानो झलक’ भन्दै भनेका छन्, ‘यो लडाइँ हामी हार्दैहार्दैनौं । हार्ने छुट हामीलाई छैन । हामीले एक जना साथी गुमाएका छौं ।’
कोशी कुनै सभ्यता होइन । कसैले नमागेको नाम आयो । यो नामलाई साझा भन्नु राजनीतिक तर्क होइन ।-भवानी बराल,राजनीतिक विश्लेषक
प्रदेशको नाम १७ फागुनमा हतारहतारमा राखिएको थियो । धेरै सांसदले जानकारी नपाएको विवरण सार्वजनिक भयो । यसपछि सडकमा पहिचानवादीहरू ओर्लिंदा ओलीले भने प्रदेशको नाम कोशी राखेको भन्दै मुख्यमन्त्री कार्कीलाई बधाई दिएका थिए । अझ ठट्यौली गर्दै ‘धन्न तपाईंले कार्की प्रदेश राख्नुभएन छ,’ पनि भनेका थिए । कोशी नामको समर्थक र प्रस्ताव दुवै एमालेकै सांसद हुन् । तर, उक्त नाममा मतदान गर्ने भने कांग्रेस, माओवादी र राप्रपाका सांसदसमेत गरी ८२ जना थिए । कफ्र्यू आदेश जारी गरेर प्रदेश संसद्बाट कोशी नाम राखिएको हो । एमालेकै एक जना नेताका अनुसार अध्यक्ष ओली अघिल्लो संसद्को कार्यकालमै प्रदेशको नाम कोशी राख्न चाहन्थे । तत्कालीन मुख्यमन्त्री शेरधन राई र भीम आचार्यलाई कोशी नाम छिटो राख्न दबाब दिएका थिए । तर, दुवै भूतपूर्व मुख्यमन्त्रीले राजनीतिमा असर पर्नसक्ने भन्दै नाम राख्ने हिम्मत गरेनन् । तर, मुख्मन्त्री हिक्मतले भने हिम्मत गरे । जसका कारण प्रदेश दुई महिनायता लगातार अशान्त छ । आन्दोलनकारीहरूले लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर लाजेहाङ भनिने पदम लिम्बुलाई गुमाएका छन् ।
यो लडाइँ हामी हार्दैहार्दैनौं । हार्ने छुट हामीलाई छैन । हामीले एक जना साथी गुमाएका छौं । कुमार लिङ्देन ,अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
केही नेता कार्यकर्ता र केही सुरक्षाकर्मी घाइते भए । यसपछि झन् आक्रोशित भएका पहिचानवादीहरूले उनै मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने मञ्च नै भत्काइदिए । तोडफोड गरे । यसको केही दिनमै ओलीमाथि ढुंगा प्रहार भएको हो । एमाले नेता घनश्याम खतिवडाले अर्को निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर नाम फेर्ने विकल्पबाहेक नभएको बताए । ‘अन्य बाटोबाट नाम फेर्ने कुनै गुञ्जायस देखिँदैन,’ खतिवडाले भने, ‘सडकबाटै कराउँदैमा नाम फेर्न सकिन्छ ? सकिँदैन । यदि, त्यसो हो भने भोलि कोचहरू कोचिला माग्लान् दिन सकिन्छ ?’ कोशीकै राजधानी विराटनगरका नेता उनी ओलीनिकट मानिन्छन् । उनले ओलीसँगै पार्टीको प्रतिरक्षा गर्दै कोशी नाम जलाधारसँग जोडिएको र साझा नाम भएको तर्क अघि सारे । तर, राजनीतिक विश्लेषक भवानी बराल कोशी नामै नभएको र उक्त नाम साझा भन्नु अराजनीतिक तर्क भएको बताउँछन् । ‘कोशी कुनै सभ्यता होइन । नाम त हुँदै होइन । यो नाम कसैले मागेको पनि होइन । तर, नमागेको नाम आयो,’ उनले प्रभावसँग भने, ‘यो नामलाई साझा भन्नु ओलीको राजनीतिक तर्क होइन ।’ पहिचान पक्षधरहरू प्रदेशको नाम ‘किरात–लिम्बुवान’ चाहन्छन् । तर, उनीहरूको संसद्मा प्रतिनिधित्व निकै कम छ । हाल संसद्मा पाँच जना सांसद यो नामको पक्षमा छन् । नेकपा एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक सांसद छन् । यो संख्या प्रदेश संसद्बाट कोशी नाम फेर्न पुग्ने दुई तिहाइ बहुमत संख्या होइन । नाम फेर्न ६३ जना सांसद चाहिन्छ । यसले गर्दा पनि वर्तमान संसद्बाट प्रदेश नाम फेरिने सम्भावना छैन । त्यही भएर पहिचान पक्षधरहरूले कोशी नाम खारेज गरेपछि वार्ता बस्नुपर्ने र वार्ताले नै प्रदेश नाम टुंग्याउनुपर्ने माग अघि सार्दै आएका छन् । तर, ओली मान्न तयार छैनन् । बरु, उनले बिहीबार नै भनेका छन्, ‘ठीक छ, दुई तिहाइ बहुमत ल्याऊ । नाम फेर । मेरो सहमति रहन्छ ।’कोशी नाम सच्याउने पक्षमा यसअघि मतदान गरेको दल माओवादी उभिएको छ । उसले १७ फागुनमा कोशी नाममा मतदान गरेकोमा पश्चताप गरेको छ । प्रदेशका अधिकांश कांग्रेस सांसदहरू पनि कोशी नाम खारेजीको विरुद्धमा छन् । तर, पहिचान पक्षधरहरू पनि कुनै एक नाममा सहमत हुनुपर्ने बताउँदै आएका छन् । -जेबी योञ्जन
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP