Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कतै विकेन, कतै पुगेन
कतै विकेन, कतै पुगेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
जाजरकोट – भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ । यातायातको सहज पहुँच भएका ठाउँमा कम्पनीको चामल कम बिकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ । यातायातको पहुँच नभएको र भारी हिमपातका कारण समस्या भोगिरहेको उपल्लो डोल्पाका दुई बिक्री केन्द्रमा चामलको गेडासम्म नभएको कम्पनीको भनाइ छ । तल्लो तथा मध्य डोल्पामा नेपाल कम्पनीबाट बिक्री हुने चामलको मूल्य बजारमा पाइनेभन्दा कम रहेको छ । कम्पनीले मोटा चामल ४६ रूपैयाँ, सोना मन्सुली ५४ रूपैयाँ, जिरा मसिनो ६१ रूपैयाँ र जापानिज चामल ४४ रूपैयाँ प्रतिकिलोग्राम विक्री भइरहेको कम्पनीका कमलराज पाण्डेले जानकारी दिए । उनका अनुसार बजारमा प्रतिकिलो जिरा चामल ८० र दुर्गा ६५ मा पर्दछ । अहिले दुनैस्थित गोदाममा तीन हजार क्विन्टल चामल बिक्री नभएर मौजदात रहेको छ । गोदामको क्षमताभन्दा झण्डै ५०० क्विन्टल चामल बढी रहेको पाण्डेको भनाइ छ । यातायातको सहज पहुँच भएकै कारण जिल्लाका गाउँगाउँमा चामल ढुवानी कार्य भएकाले कम्पनीको चामल बिक्न समस्या भएको छ । बजारमा चामल उधारोमा पाइने तर कम्पनीको चामल उधारोमा नपाइने भएका कारण अर्को समस्या देखिएको हो । कम्पनीका डिपो टाढा रहेकाले गाउँमै ढुवानीको पहुँच बढेसँगै स्थानीय बजारमा पाइने चामल बिक्रीदर बढेको छ । कम्पनीबाट घरसम्म चामलको ढुवानी खर्चलाई जोड्दा सोही दर, रेट पर्ने हुँदा स्थानीयवासी घर नजिकैको पसलमा खरिद गर्न बाध्य भएको मुड्केचुला गाउँपालिका–७ का नर्कुका प्रेम शाहीले जानकारी दिए । सर्मी डिपोमा अहिले ३०० क्विन्टल चामल मौजदात रहेको छ । त्यस्तै काइगाउँ एक हजार ४०० क्विन्टल चामल बिक्री नभएका कारण मौजदात रहेको छ । जुफाल डिपोमा समेत चामल स्टक रहेको छ । तल्लो तथा मध्य डोल्पामा रहेका लिकु, काइगाउँ, जुफाल र दुनै डिपोमा चामल कम बिक्री हुँदा अघिल्लो वर्षकै मौजदात रहेको छ । उपल्लो डोल्पामा गेडा चामल छैन स्थानीय जमिनमा कम उत्पादन हुने र चिसो मौसममा हिमपातका कारण कष्टकर जीवन बिताउन बाध्य उपल्लो डोल्पामा रहेका कम्पनीको बिक्री केन्द्रमा एक गेडा चामल नभएको पाइएको छ । काइके गाउँपालिकाको शहरतारा बिक्री केन्द्रमा एक हजार ८०० क्विन्टल चामल पठाइएको भए पनि सबै बिक्री भएको छ । त्यस्तै बुद्धडोल्पो गाउँपालिकाको तेञ्जे बिक्री केन्द्रमा चार हजार ५०० क्विन्टल चामल पठाएकामा सबै बिक्री भइसकेको छ । अहिले उपल्लो डोल्पामा गेडा चामल नभएको कम्पनीको डोल्पा कार्यालयले जानकारी दिएको छ । चीन हुँदै उपल्लो डोल्पामा चामल ढुवानी गर्नुपर्ने भएकाले यहाँ ढुवानी गर्न चुनौती रहँदै आएको छ । चीन सरकारबाट रुटको अनुमति मागेर काठमाडौंबाट तातोपानी हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नुपर्दछ । हवाइमार्गबाट खाद्यान्न ढुवानी गर्दा महङ्गो पर्ने भएकाले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी कार्य अवरुद्ध हुँदै आएको छ । हिमपातका कारण अहिले जाने बाटो अवरुद्ध हुँदा जेठ महिनामा मात्र खाद्यान्न पठाउन सकिने संस्थानको भनाइ छ । उपल्लो डोल्पाका हुनेखानेले अहिले हिमपातको समयमा तलतिर झर्ने गर्दछन् । गरिब तथा अर्थाभाव हुने स्थानीयवासी उपल्लो भेगमै बस्ने गरेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले जानकारी दिए । केही स्थानीय जम्बुको, सिमीलगायतका वस्तु लिएर व्यापार गर्न काठमाडौंसम्म पुग्ने गर्दछन् । रासस
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह बुधबार, वैशाख ३१, २०८२
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह बुधबार, वैशाख ३१, २०८२
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP