Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु
सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
yemann
Hardik health
यमन  -  युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल–फित्रको केही दिनअघि अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा पछिल्लो दुर्घटना भएको हो । हुथीका एक सुरक्षा अधिकारीका अनुसार राजधानी यमनको बाब अल–यमन जिल्लामा भएको भागदौडमा परी कम्तीमा ८५ जनाको मृत्यु हुनुका साथै ३२२ भन्दा बढी घाइते भएका छन् । उनले भने, “मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।” अर्का एक स्वास्थ्य अधिकारीले मृतकको उक्त सङ्ख्या पुष्टि गरेका छन् । हुथीको नियन्त्रणमा रहेको सानास्थित एएफपीका एक संवाददाताका अनुसार यो घटना एक विद्यालयभित्र भएको हो, जहाँ सहायता वितरण भइरहेको थियो ।प्रत्यक्षदर्शीहरूका अनुसार गरिबीको चपेटामा परेको यस देशमा सयौं मानिसहरू खाद्यान्न लगायतका आधारभूत समग्रीको सहयोग लिन भेला भएका थिए । हुथी विद्रोहीको अल मसिराह टिभी च्यानलले प्रसारण गरेको एक भिडियोमा शवहरूलाई एकसाथ पोको पारिएको देखिएको छ र मानिसहरू उक्त स्थानमा एक अर्कामाथि चढेर आफ्नो बाटो बनाउने प्रयास गरिरहेका छन् ।धेरैको मुख अरूको हातले छोपेको थियो भने बाँकी शरीर घना भीडले ढाकेको फुटेजमा देखाइएको छ । सैनिक पोसाकमा सजिएका सशस्त्र लडाकुहरू र वितरण कर्मीहरूले भीडलाई चिच्याउँदै मानिसहरूलाई भागदौडबाट बाहिर निकाल्ने क्रममा पछाडि फर्कन आग्रह गरे।हुथीको गृह मन्त्रालयले विद्रोहीको समाचार संस्था सबाद्वारा जारी गरेको विज्ञप्तिमा मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र वितरणमा जिम्मेवार व्यक्तिहरूलाई हिरासतमा लिइएको जनाएको छ । मन्त्रालयले यकिन सङ्ख्या भने नदिएको तर केही व्यापारीले अनियमित रूपमा रकम वितरण गर्ने क्रममा भागदौड मच्चिँदा दर्जनौं व्यक्तिको मृत्यु भएको जनाएको छ ।हुथीका राजनीतिक प्रमुख महदी अल मशातले घटनाको छानबिनका लागि एक समिति गठन गरिएको बताएका छन् । हुथीका एक सुरक्षा अधिकारीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको बताएका छन् ।मृतक र घाइतेलाई भेट्न उच्च अधिकारीहरू पनि गएकाले धेरैलाई अस्पताल जान दिइएन ।सानामा एएफपीका एक संवाददाताले अस्पतालको एउटा प्रवेशद्वारमा ठूलो भीड ओर्लेको देखेको बताए । समाचारदाताका अनुसार घटना भएको विद्यालय वरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उनीहरूले मृतकका प्रियजनहरूलाई आफन्तहरूलाई खोज्न अस्पतालभित्र पस्न दिएका छैनन् ।अल मसिराह टिभीमा प्रसारित फुटेजमा परिसरभरि लासहरू छरपस्ट भएको देखिएको छ, जुन क्षेत्र खाली भएपछि चप्पल र कपडाको टुक्राले भरिएको थियो । यमनमा आठ वर्षभन्दा बढी समयदेखि जारी गृहयुद्धलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराब मानवीय त्रासदीको रूपमा व्याख्या गरेको छ ।सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानालाई कब्जामा लिएपछि द्वन्द्व सुरु भएको थियो, जसका कारण साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्न अर्को वर्ष हस्तक्षेप गरेको थियो । गत वर्ष संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको ६ महिना लामो युद्धविरामको समयावधि अक्टोबरमा सकिएपछि पनि युद्ध नाटकीय रूपमा कम भएको थियो ।संयुक्त राष्ट्रसङ्घका अनुसार हुथी नियन्त्रित क्षेत्रका सरकारी कर्मचारीसहित दुई तिहाइभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष दुई करोड १७ लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।भागदौडको त्रासदीले देशका युद्धरत पक्षहरूबीच ठूलो सङ्ख्यामा कैदीहरूको आदानप्रदानबाट प्राप्त उत्साहलाई कम गरेको छ । गत सप्ताह अन्तमा लगभग ९०० कैदीहरू रिहा भएका थिए । सोमबार साउदी अरबबाट यमनका १०० भन्दा बढी अन्य युद्धबन्दीलाई उद्धार गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP