Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आरोहणमा भएको लापरवाहीले मन दुख्यो: ढकाल
आरोहणमा भएको लापरवाहीले मन दुख्यो: ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ५, २०८०
Mohini_london
Hardik health
काठमाडौं – विश्वको उच्च शिखर सगरमाथा आरोहणमा हुने लापरवाहीले पर्वतारोहीले ज्यानै गुमाउनु पर्ने अवस्था सृजना भएकोमा पूर्व एनआरएनए सदस्य लण्डनकी क्षमता ढकालले दु:ख व्यक्त गरेकी छन् । करिब एक दशक बितेपछि सगरमाथा आरोही सुदर्शनको फेसबुकमा लेखेको स्ट्याटस पढेपछि आफू चकित हुँदै सगरमाथा आरोहण जो कोहीको सपना भए पनि सहज नहुने उनले बताएकी हुन् । आर्थिक रुपमा र मानसिक रुपमा पूर्व तयारीका साथ आरोहीहरु नेपाल आउने गरेका छन् । विभिन्न देशका नागरिकहरु त कति चन्दा र अरुले दिएको दानमार्फत आरोहणका लागि नेपाल आउने गर्दछन् । जसले नेपालको आर्थिक र समाजिक रुपमा बलियो बनाउने एउटा पाटो हो तर बिडम्बना यहाँ पनि लोभका कारण अकालमा आरोहीहरु ज्यान गुमाउँछन् । नेपाल बाहिर बसेर सगरमाथाको नाम लिएर छाति फुलाएर हिँडनुपर्ने आवस्थामा नियोजित ज्यानमाराको देश हो कि भन्ने भावले पिरोलेको उनी बताउँछिन् । ढकालका अनुसार उक्त आरोहणमा सहयोग गर्नेहरुका बारेमा पनि नेपाल सरकार अनभिज्ञ रहेको छ । किन र कसरी हराउँछन् त आरोहीहरु भन्ने प्रश्नको उत्तर खोज्नु पर्ने उनी बताउँछिन् । तथ्यांकका आधारमा कति आरोहण गर्छन् र कतिका सपना अधुरा रहन्छन् भन्ने त सरकारले बुझाउन सक्छ तर के कसरी आरोहीहरू गायब भएका छन् भन्ने बारेमा केही जानकारी वा अनुसन्धान गर्ने नगरेको उनको भनाइ छ ।सरकारले आरोहीको बीमा र सुरक्षाको लागि केही विशेष कदम चाल्नुपर्ने देखिएको उनी बताउँछिन् । प्रभावसँग उनले भनिन् ,‘सुदर्शनको स्टाटसबाट पनि थाहा पाउन सकिन्छ कि इन्सोरेन्सका लागि धेरै आरोहीको जिन्दगी धरापमा रहेका रहेछन् । भोलिको दिनमा यसले विकराल रुप वा व्यवसायिक रुप लिन सक्छ । के मान्छे मार्ने पनि व्यवसाय हुन्छ ? यदि यो पैसाको लागि मानिसलाई बाँधेर फाल्ने कुरा सत्य हो भने नेपाल सरकारको यसप्रति यथाशीघ्र ध्यानाकर्षण हुन जरुरी छ ।” असाधारण क्षमताका सुदर्शन गौतम फिल्मका नायक ,मोटिभेसनल स्पिकर र सगरमाथा आरोही हुन् । एक दुर्घटनामा दुवै हात गुमाएपछि आफूबाट संसार चुँडिएको महसुस गरेका उनले चुनौतीसँग पौंठेजोरी खेल्दै संसारकै अग्लो शिखर सगरमाथा चढ्ने संकल्प गरेर सन् २०१३ मा चढेको थिए । समाजसेवी, उद्दारकर्मी तथा दर्जन भन्दा धेरै सामाजिक सस्थाहरुमा आबद्ध शिब बहादुर सापकोटा पनि सगरमाथा आरोही हुन् । नेपाल सरकारले उनको योगदानको उच्च मुल्यांकन गर्दै ‘जनसेवाश्री पंचम’ द्वारा सम्मान गरेको अवसरमा शिवले आफूलाई बचाउन खेलेको भूमिका स्मरणमा सुदर्शनले लेखेको फेसबुक स्ट्याटसमा लेखेको लेखमा उनले तित्तता व्यक्त गरेकी छन् । सगरमाथा आरोहण गर्दा मान्छे मर्नु साधारण कुरा मानिन्छ तर यो त्यस्तो नभइकन प्रभाव बनाइएको छ । तर मृत मानिसको शरीर उद्धार गर्दा बीमाबाट टिमलाइ चार गुना भन्दा बढी पैसा पाउने हुँदा केही कालो धन्दामा संलग्न भएका लिडर भनाउँदाहरुले आरोहीहरुलाई मार्नसम्म पनि पछि नपर्ने कुरा अरु आरोही तथा किताबहरु पढेर थाहा पाएको सुदर्शनले लेखेका छन् ।ढकाल बताउँछिन् , उनै शिवका साथी सुदर्शनले लेखेको फेसबुक स्ट्याटसमा भनेका छन्, “पेम्बा दोर्जे शेर्पा, मेरो टिमको लिडर भएता पनि शिव भाई मेरो टिमको सदस्य थिएनन् भने मेरो सगरमाथा आरोहण सफल हुने थिएन । साथै पेम्बा दोर्जे शेर्पाले उनीहरुको पूर्व प्लान अनुसार नै बंगाली सगरमाथा आरोहीलाइ हात खुट्टा बाधेर डेथ जोनभन्दा तल छोडेर हिडेका थिए । सायद उनीहरुको हिसाब किताब मिलेको थिएन ।” उनी अगाडि लेख्छिन् कि उनको स्टाटसमा, “शिव भाइले के गरेको ? त्यो मान्छे मर्न सक्दछ भन्दा, चुप लागेर आफ्नो बाटो लाग नत्र तेरो पनि हात खुट्टा बाँधेर छोड्छु भन्ने धम्की पश्चात हामी दुई भाई क्याम्प ४ तिर हिँडेको थियाँै । दोस्रो दिन कलाकार निशा अधिकारीको आरोहण टिमले पनि बंगाली आरोहीले हेल्प–हेल्प भनेर सहयोग माग्दै गरेको भन्ने कुरा सुन्नमा आएको बताएकी थिइन । उक्त बंगाली आरोहीलाइ नियोजित तरिकाले छोडेर पेम्बा र उसको टिम हिडेको थियो । हामीले क्याम्प ४ सम्म जान सहयोगको लागि कोलोम्बियाका आरोही समूहसँग बिन्ति गरेका थियाँै तर उनीहरु नै समस्यामा थिए । शिव एक्लैले मलाई बचाएर क्याम्प ४ सम्म पुराए । यो मेरो रेस्कयू नै असाधारण भयो ।” उनी अगाडि लेख्दछन्, “अब मलाई र शिवलाइ मार्छन भन्ने कुरा हामीले बुझी सकेका थियौँ र शिवको सुझाव अनुसार नै म क्याम्प ३ को अलिक माथि, संसारकै प्रथम हेलीकप्टर रेस्क्युबाट काठमाडौँ आएँँ । उक्त रात शिव भाईले भनेका थिए, ‘सुदर्शन म जसरी पनि बाँचेर आउँछु तथा मरेपनि मर्छु तर तिमी चाहिँ बाँच्नु पर्छ भोलि हेलीकप्टर आउछ चुप लगेर तिमी जानु ल ।’करिब दश वर्षपछि हामीले यो तितो सत्य समाजिक सञ्जालबाट पढ्न,सुन्न पाउँदा मन अमिलो भएको ढकाल बताउँछिन् । के हाम्रो सरकार यति कमजोर छ ? नेपाल सरकारको मातहथमा रहेको पर्यटन मन्त्रालयले यस विषयमा ध्यान दिन जरुरी रहेको उनी बताउँछिन् ।उनी भन्छिन् कि अब पनि यस विषयमा चासो र उचित कदम नचालिने हो भने नेपालको एक मात्र शिर उच्च पार्ने शिखरमा विकृति फैलनेमा दुईमत छैन । सम्बन्धित निकायको आँखाको पट्टी खोलियोस् र मान्छे मार्ने व्यवसाय बन्द गरियाेस् ।  
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP