Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री भण्डारीको आग्रह, नयाँ श्रम गन्तव्य खोजी गरौं
श्रममन्त्री भण्डारीको आग्रह, नयाँ श्रम गन्तव्य खोजी गरौं
सोमबार, वैशाख ४, २०८०
manpower-talim
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायीलाई नयाँ श्रम गन्तव्यको खोजी गर्न आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको व्यवसायीहरूको क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका क्रममा मन्त्री भण्डारीले उक्त आग्रह गरेका हुन् । नयाँ गन्तव्य मुलुकको खोजी गर्नु अपरिहार्य भइसकेको उल्लेख गर्दै उनले यसका लागि व्यवसायीहरु सक्रियतापूर्वक लाग्नुपर्ने र सहजीकरणका लागि सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताए । मन्त्री भण्डारीले नेपाली श्रमिकको दक्षताको ‘ब्राण्डिङ’ गर्नुपर्ने बेला आइसकेका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा व्यवसायीहरूले उपस्थिति जनाउन पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । व्यवसायीलाई व्यवसाय गर्न दिने सरकारको नीति रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘सरकारले वैदेशिक रोजगारको क्षेत्रमा व्यवसाय गर्दैन, व्यवसाय तपाईंहरु (म्यानपावर)ले नै गर्ने हो, यसको सहजीकरण र नियामक निकायको रुपमा मन्त्रालयले काम गर्छ ।’ ‘लाभका लागि व्यवसाय सञ्चालन गरेपछि निःशुल्क सेवा दिने कुरा हुँदैन तर मर्यादित तवरले उपयुक्त सेवा शुःल्क लिन पाइन्छ,’ उनले थपे, ‘यसका लागि वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउने सरकारको कदमलाई व्यवसायीले पनि सघाउनुपर्छ ।’ वैदेशिक रोजगार क्षेत्र व्यवसायीले भन्दा पनि एजेन्टका कारण बदनाम भइरहेको उनको भनाइ छ । श्रमिक र व्यवसायीको हितमा एकद्वार प्रणालीमार्फत काम गर्न ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाइएको उनले उल्लेख गरे । त्यस्तै श्रमसचिव एकनारायण अर्यालले विगत एक वर्षयता वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रविधिको विकास गरिएको बताए । उनले वैदेशिक रोजगार चक्रलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने प्रयास भइरहेको जानकारी दिए । हाल २२ प्रतिशत कूल गार्हस्थ उत्पादनमा सहयोग गरेको वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउनु सबैको दायित्व रहेको भन्दै सचिव अर्यालले यसबारे सधैं नकारात्मक टिप्पणी भइरहनु राम्रो नभएको बताए । गन्तव्य मुलुकमा १०० जना पठाउनै पर्ने व्यवस्था अन्तर्राष्ट्रिय श्रम संगठनको नीतिविपरीत देखिएकाले केही ऐन संशोधन गर्नेतर्फ छलफल भइरहेको उनले बताए । सार्क राष्ट्रमै वैदेशिक रोजगारसम्बन्धी नेपालको व्यवस्था र प्रणाली अब्बल रहेको सन्देश दिन सबैले मर्यादित भएर काम गर्नुपर्नेमा उनले जोड दिए । यस्तै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले सरकार व्यवसायीहरूको पूरक अंग भएकाले यो क्षेत्रलाई व्यवस्थित बनाउन सहयोगी भूमिका खेल्नुपर्ने बताए । उनले शून्य लागतमा श्रमिक पठाउने व्यवसायीहरूको प्रवद्र्धन आवश्यक रहेको भन्दै यसका लागि आवश्यक समन्वय एवं सहकार्य गर्न पनि व्यवसायीहरूलाई आग्रह गरे । यसैगरी शैक्षिक परामर्श केन्द्र (एजुकेसन कन्सल्टेन्सी)हरुलाई लक्षित गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बागबजार क्षेत्रबाट वैदेशिक रोजगारीका नाममा श्रमिक ठगी गर्ने गैरव्यवसायजन्य कार्य बढिरहेको हुँदा मन्त्रालयले त्यसको कडा अनुगमन गर्नुपर्ने बताए । रोजगारीका लागि नेपाली श्रमिकहरुलाई विदेश पठाउँदै आएका म्यानपावर व्यवसायीहरुलाई सरकारले क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने कार्यक्रम सुरु गरेको बोर्डले जनाएको छ । गोष्ठीमा वैदेशिक रोजगारका सवालहरू, व्यावसायिक नैतिकता र इमानदारिता एवं बोर्ड सचिवालयको परिचयात्मक जानकारीका विषयमा प्रस्तुति र अन्तरक्रिया हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP