Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव
सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३, २०८०
panchtha
RBB RBB
पाँचथर -  करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै । जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरूको सङ्गम हो याङवरक गाउँपालिका–१ स्थित लामपोखरी सुकाधाप क्षेत्र । नेपाल–भारत सीमावर्ती क्षेत्रभन्दा करिब पाँच किलोमिटरमुनि रहेको यो क्षेत्र पर्यटकले भ्रमण नगरेको बताइएको छ । यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजले पोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छवटा पोखरी रहेका छन् । प्रशस्तै खोज र अनुसन्धान नभए पनि ३२ प्रकारका लालीगुराँस पाइएको बताइने यो क्षेत्र दुर्लभ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)सहित भिरमौरी, चरीबाघ, कस्तुरी, मृगलगायतको बासस्थानका रूपमा परिचित छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिकास्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदलयात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरिका गुराँस फुलेर निकै आकर्षक बनेको छ । कतिपयले गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार–प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन । महोत्सवको निरन्तरता धेरै गुराँस पाइने भएका कारण एक दशकअघिबाट यस क्षेत्रमा लालीगुराँस महोत्सव आयोजना गर्न थालिएको थियो । लामपोखरी क्षेत्रको विकास र संरक्षणमा सक्रिय संस्थाले आयोजना गर्ने महोत्सवले निरन्तरता नपाएसँगै चर्चामा आउन लागेको यो स्थान पुनः गुमनाम हुँदै गएको थियो । तर यस वर्षबाट याङवरक–१ को कार्यालयले महोत्सव आयोजना गर्न थालेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रबार आयोजित महोत्सवमा जिल्लाको याङवरक र फालेलुङबाट उल्लेख्य सङ्ख्यामा पर्यटक पुगेका थिए । आन्तरिक पर्यटक विशेषतः प्राकृतिक सुन्दरता, गुराँस, चिमल र चाँप फुलेको नियाल्न तथा पोखरीमा रमाउन यहाँ पुगेको भेटिन्थे । महोत्सवलाई निरन्तरता दिइएकामा उनीहरू उत्साहित र खुसी थिए ।महोत्सवको अवसर पारेर वडा कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका स्थानीय नेता, गाउँपालिकाभित्रका सरोकारवालालाई यस क्षेत्रको स्थलगत भ्रमण गराएको छ । झन्डै तीन घन्टामा पोखरीको एकसरो भ्रमण सकिने यहाँ पर्यटन विकासमा ठूलो लगानी आवश्यक नरहेकाले आवश्यक सहयोग गर्न तथा सहयोग जुटाउन गाउँपालिकालाई माग गरिएको वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए  ।महोत्सवका अवसरमा उक्त क्षेत्रको अवलोकनपछि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या, उपाध्यक्ष बाबा मेन्याङ्बोसहितका जनप्रतिनिधिले यस क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । हजारौँ रोपनी क्षेत्रफलमा रहेको घना जङ्गल, गुराँस, चिमल र चाँपका प्रजाति, वन्यजन्तु तथा जडीबुटी आदिको अध्ययन गर्ने, यहाँ रहेका पोखरीलाई संरक्षण गर्ने र समग्र क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी तथा वडाले राखेको मागलाई कार्यान्वयन गर्ने अध्यक्ष योङ्याले प्रतिबद्धता व्यक्त गरे  ।“वातावरणीय र जैविक विविधताका हिसाबले यो क्षेत्रमा निरन्तर क्षति भइरहेको, पोखरी सुकिरहेको पाइयो”, अध्यक्ष योङ्याले भने, “यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई स्थानीयवासीको आम्दानीको स्रोत बनाउनेमा हाम्रो ध्यान जानेछ ।” लामपोखरी–सुकाधाप क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रचार–प्रसार गर्ने, यहाँसम्म पुग्ने सडकको स्तरोन्नति तथा फाक्लुङ–फालोट मोटरबाटो निर्माण गर्ने यहाँको वातावरण, पर्यावरण, भूगोल र जैविक विविधताको अध्ययन गरी स्थानीय पाठ्यक्रममा यी विषयलाई समावेश गर्ने, उक्त क्षेत्रलाई संरक्षित बनाउने, याङवरक–६ कालापानीबाट चरिभञ्ज्याङ–सातथुम्की–सुकाधाप–लामपोखरी–तोरीफूले–चिवाभञ्ज्याङ पदमार्ग निर्माण गरी पर्यटन सर्किट घोषणा गर्ने, होमस्टे तथा गोठस्टे निर्माण गर्ने, चौँरी, गाई र भेडापालक कृषकलाई पर्यटनमा जोड्ने, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको यस क्षेत्रका नागरिक अगुवा नरबहादुर गुरुङको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप पर्यटन
पर्यटकको पर्खाइमा तास्नाधुरी
पर्यटकको पर्खाइमा तास्नाधुरी आइतबार, वैशाख २८, २०८२
पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान
पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान बिहीबार, वैशाख २५, २०८२
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन बिहीबार, वैशाख २५, २०८२
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे बुधबार, वैशाख २४, २०८२
मेचीनगरमा ‘निलसरी महोत्सव’
मेचीनगरमा ‘निलसरी महोत्सव’ मंगलबार, वैशाख २३, २०८२
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस सोमबार, वैशाख २२, २०८२
अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने
अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP