Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री
जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १, २०८०
maoist_baisak1
RBB RBB
काठमाडाैं -  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन्  । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उनले जनताको सम्बन्धलाई थप विस्तार र व्यवस्थित गर्नुपर्ने बताएका हुन्  । उनले भने, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजबाट भेटघाटको सुरुआत भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यान्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।” उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए । उनले भने “अब जनता र कार्यकर्तातिर फर्केर मात्र पार्टी बन्छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुन्न ।” प्रधानमन्त्री दाहालले जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्नेमा आफूहरुले सङ्कल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भने, “लेखौँ, बोलौँ र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौँ । हामी सबैले आफ्नो भूमिका पूरा ग¥यौँ भने हाम्रो तागत ठूलो छ ।” उनले सरकारको नेतृत्व लिएपछि पनि धेरै काम गर्न प्रयास भएको भन्दै केही प्रयास सफल भएको बताए । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी रहेको उनको भनाइ छ । सरकारलाई जनताको आशा अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोलप्रसाद गजुरेललगायतको सहभागिता थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP