Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रानाथारुलाई ‘अलग आदिवासीको पहिचान’ – खुसीयालीमा आज दिपावली
रानाथारुलाई ‘अलग आदिवासीको पहिचान’ – खुसीयालीमा आज दिपावली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २३, २०७६
Rana Tharu
Hardik health
काठमाडौं– रानाथारुले अलग्गै ‘आदिवासी जनजाति’का रूपमा पहिचान पाएको छ । नेपाल सरकारको यही २० माघमा मन्त्रिपरिषद्को बैठकले रानाथारु समुदायको माग र विज्ञको सुझावका आधारमा अलग पहिचान दिएको हो । दुई दशक लामो संघर्षपछि यो पहिचान पाएको हो । २०५६ सालमा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरू छुटेको भन्दै सो समुदाय निरन्तर आन्दोलन गर्दै आएको थियो । कैलाली र कञ्चनपुरमा गरी कूल करीब साढे तीन लाख रानाथारुको बसोबास रहेको तथ्यांक छ । हालसम्म सो समुदायलाई थारु जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो । विसं २०६८ को राष्ट्रिय जनगणनामा रानाथारुसहित गणना गर्दा हाल थारु समुदाय कूल १७ लाख ३७ हजार ४७० (जनसंख्याको ६ दशमलव ६ प्रतिशत) मानिएको छ । कैलाली क्षेत्र नं ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभाका सदस्य नारदमुनि रानाले सरकारले उक्त निर्णय गरेकामा आफूहरू उत्साहित भएको भन्दै अब आफूहरुको पहिचानसँगै थप अधिकार प्राप्तिको आधार खुलेको बताए । संघीय संसदमा रानाथारुबाट राना एकमात्र सदस्य छन् । सांसद् रानाले भने, ‘हामीलाई लामो समयसम्म राज्यले चिनेको थिएन । अहिलेसम्म सरकारले चिनेको थिएन । नेकपा नेतृत्वको सरकारले चिनेको छ । अब हाम्रो भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउन सहज भएको छ ।’ पाँचौ शताब्दीदेखि यहाँ बसोबास रहेको मानिएको सो समुदायले सरकारको पछिल्लो निर्णयका स्वागतमा यही २३ माघ अर्थात आज बिहीबार कैलाली र कञ्चनपुरका १३४ गाउँमा दीपावलीको तयारी गरेको छ । विसं २०६४ मा डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले रानाथारुसहित १० जातिको अध्ययन गरी सूची परिमार्जनका लागि सुझाव दिए पनि सरकारले हालसम्म यसबारे निर्णय गरेको थिएन । विसं २०४३ मा तत्कालीन राजा वीरेन्द्रले पञ्चायती सरकारका भूमिसुधारमन्त्री लबरु रानालाई रानाथारुको पहिचान दिएपछि रानाबाट रानाथारु भएको थियो । तत्कालीन राजाले मन्त्रिपरिषदमा रहेका दुई राना मन्त्रीलाई कुन राना भन्ने अन्योल भएकाले लबरुलाई रानाथारु भनी सम्बोधन गरेको बताइन्छ । इथ्नोलग डटकमले सन् २००६ मा गरेको अध्ययन अनुसार नेपालमा तीन लाख ३६ हजार रानाथारुको जनसङ्ख्या छ भने राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) को प्रतिवेदन, २०१४ मा सो समुदायको जनसङ्ख्या तीन लाख ६० हजार रहेको जनाइएको थियो । रानाथारुका भाषाविज्ञ कमलसिंह रानाथारुका अनुसार पाठ्यक्रम विकास केन्द्रले उक्त भाषाको कक्षा १ देखि ३ सम्मको मातृभाषाको पाठ्यक्रम तयार गरिसकेको छ । सो भाषामा वर्ण निर्धारणसमेत भइसकेको छ जसमा ६ स्वर र ३० वर्ण छन् । भाषा आयोगले पछिल्लो वार्षिक प्रतिवेदनमा विद्यमान १२३ भाषामा रानाथारुसहित ६ भाषा थप गरेको थियो । थारु र रानाथारुबीच जन्मदेखि मृत्युसम्मको १० संस्कारमा भिन्नता पाइन्छ । समुदाय सूचीकृत हुनका लागि १० संस्कारमा भिन्नता हुनुपर्ने मान्यता छ । रानाथारु समुदायले बडादशैँ मनाउँदैन । उनीहरूको विशेष पर्व फागुपूर्णिमा मानिन्छ । सो पर्व उनीहरूले ३८ दिनसम्म विभिन्न नाचगानसहित मनाउँछन् । सो समुदायले चैत, वैशाख र जेठमा चराइँ पर्व मनाउँछ भने असारमा असाढी र भदौमा तीज मनाउँछ । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले ठूलो संघर्ष र मेहनतपछि आफूहरू यस चरणमा आइपुगेको र अब पहिचानयुक्त अधिकारको लडाइँले एक प्रकारको सफलता प्राप्त गरेकाले अब अधिकार र सुविधाका लागि लाग्ने बताए । उनले दुई दशकयताका लगभग सबै प्रधानमन्त्रीसँग समाजले ज्ञापनपत्र बुझाउँदै आएको थियो । अध्यक्ष कृपारामले सरकारको निर्णयको स्वागत गर्दै यसले अधिकारलाई पोषित गर्ने सन्दर्भमा बाटो खुलेकाले अब रानाथारुको आयोग वा प्रतिष्ठान बनाएर काम गर्नुपर्ने बताए । उनले आफूहरूको विशेष पर्वमा सार्वजनिक बिदा दिन पनि माग गरेका छन् । सरकार र सो समाजबीच विसं २०६९ जेठ १४ मा भएको आठबुँदे सहमतिको पहिलो बुँदामा रानाथारुलाई आदिवासी जनजातिमा अविलम्ब सूचीकृत गर्ने उल्लेख थियो । सरकारका तर्फबाट वार्ता टोलीका संयोजक टोपबहादुर रायमाझी र रानाथारु संयुक्त संघर्ष समितिका तर्फबाट प्यारेलाल रानाले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP