Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चक्रपथ विस्तारमा ३१ मिटरको क्षेत्रफल अमान्य
चक्रपथ विस्तारमा ३१ मिटरको क्षेत्रफल अमान्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २३, २०७६
Hardik health
काठमाडौं – महाराजगञ्ज चक्रपथ बनि–बनाउँ क्षेत्र (विल्ट–अप–एरिया) का स्थानीय जनताले सरकारले चक्रपथ विस्तारको नाममा कायम गरेको ३१ मिटरको क्षेत्रफललाई नमान्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले यस्तो घोषणा गरेका हुन् । महाराजगंज चक्रपथ सुधार समितिको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘ बिक्रम सम्वत् २०२९÷०३० मा काठमाडौंमा चक्रपथको परिकल्पना र रेखाँकनपछि नै महाराजगंज क्षेत्रको चौवाटो (क्रसिङ्ग) लाई पुरानो वसोवास महत्वको क्षेत्र ठह¥याईएको हो । त्यहाँ रहेका घरवस्ती र संरचनालाई विथोल्नु त्यतिबेलै पनि उचित नदेखि कानूनमा भएको व्यवस्था बमोजिम नै पूर्वतर्फ १३५ मिटर र पश्चिम तर्फ १०९ मिटर विल्ट–अप–एरिया (बनी वनाउ क्षेत्र) तोकिएको हो । त्यसैवेला त्यहाँ वाटोको केन्द्र रेखावाट १५÷१५ मिटरको जग्गा अत्यन्त न्यून मुआव्जाका वावजूद स्थानीयले चक्रपथ सडक निर्माणमा सहयोग गरेका हुन् । त्यहाँ पूर्व–पश्चिम (क्रसिङ्ग) मा हाल पनि चक्रपथतर्फ दुबैतिर चार चार लेनमा गाडी पंक्तिबद्ध भई ओहोर दोहोर गरी रहेका छन् ।’ समितिले सो क्षेत्रलाई नै उदाहरण मानी काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा समेत उक्त व्यवस्था कायम गरी चक्रपथमा कूल छ (६) ठाउँमा विल्ट–अप–एरिया कायम गरिएको जनाएको छ । त्यस्तै, चक्रपथको वर्तमान दोस्रो चरणको विस्तारमा पहिला महाराजगंज र चावहिल क्षेत्रमा पुरानो वस्ती र सम्पदा जोगाई महाराजगंज (विल्ट–अप–एरिया) हुने क्षेत्रसम्म मात्र तोकी चिनियाँ पक्षसँग बाटो चौडा गर्न अनुरोध गरिएको समितिले जानकारी दिएको हो । महाराजगंज क्षेत्रको विल्ट–अप–एरिया खारेज गर्ने नै हो र पुराना तथा नियमानुसार बनेका नयाँ घरहरू पनि भत्काउने हो भने पनि दुई किलोमिटर अगाडी धोवीखोला पुल पारि चावहिलतर्फ लाग्दा सडक झनै सानो भई ट्राफिक धेरै अस्तव्यस्त हुने समितिको ठहर छ । समितिले भनेको छ,‘अहिले नै त्यहाँ सवारी जाम नियमित छ । झन् थप सवारीको चाप त्यहाँ थप्दा त्रिभुवन विमानस्थल, पशुपतिनाथ तथा बौद्धनाथ जाने यात्रु÷पर्यटकको के हाल होला ! त्यो सडक जोरपाटी, साँखु लगायत काठमाडौं शहरको उत्तर पूर्वका जनसंख्याको नियमित आवत जावत गर्ने प्रमुख मार्ग पनि हो ।’ कार्यक्रममा समितिका अध्यक्ष आशिष सिग्देलले समष्टि विचार नगरिकन जहाँ पायो त्यहाँ विना योजना वसोवास भत्काउँदै हिँड्नु न्यायोचित नभएको टिप्पणी गरे । उनले भने,‘काठमाडौं उपत्यकामै चारवटा स्मार्ट सिटी, मोनो रेल÷मेट्रो रेल, बाहिरी चक्रपथ (निर्माणको योजनामा नेपाल सरकार अन्तर्गतको लगानी बोर्डवाट कारवाही हुँदैछ), बन्ने योजना सार्वजनिक भएका छन् । भित्री चक्रपथ र बाहिरी चक्रपथको सम्बन्ध के हो, कति सार्वजनिक÷निजी वाहन कुन–कुन वाटोवाट आवतजावत हुन्छ जस्ता न्यूनतम आँकलन÷अध्ययन विना हचुवामा भईरहेको वस्ती नास गर्नु नागरिकमाथि कै हमला हो ।’ त्यस्तै कार्यक्रममा सल्लाहकार समितिका अध्यक्ष समित भट्टराईले महाराजगंजमा विल्ट–अप–एरिया खारेज गर्दैमा चक्रपथको सवारी सुचारु नहुने स्पष्ट पारेका छन् । भट्टराईले महाराजगंज क्षेत्र तथा चावहिल–गौशालामा भित्री चक्रपथ विस्तारलाई समन्वयात्मक रूपमा संगसंगै नै लैजानु उपयुक्त हुने तर्क गरे । उनले अगाडीतिर उपयुक्त व्यवस्था नगरी त्यहाँमात्र वाटो चौडाउँदा चावहिल÷पशुपति क्षेत्रको समस्या झनै विकराल हुने बताए । काठमाडौं चक्रपथको बाँकी भागलाई सुगम र फराकिलो गर्न खोज्दा पशुपति क्षेत्रबारे समेत कुनै निश्चित योजना÷विकल्प नबनाई अन्यत्र घर भत्काई वस्ती अस्तव्यस्त गर्ने काम उपयुक्त नहुने समितिको ठहर छ ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP