Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ठगी नियन्त्रणका लागि बन्यो तीन वटा अनुगमन समिति
ठगी नियन्त्रणका लागि बन्यो तीन वटा अनुगमन समिति
बिहीबार, चैत ३०, २०७९
baidisek rojgar bibag buddhanagar
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगी तथा अनियमितता नियन्त्रणका लागि तीनवटा अनुगमन समिति गठन गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा हुने ठगीका घटनाहरु बढिरहेको भन्दै विभागले यसको नियन्त्रणका लागि निर्देशकहरुको संयोजकत्वमा तीन छुट्टा–छुट्टै समिति गठन गरेको हो । विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै अनुगमन कार्यलाई व्यवस्थित र नियमित बनाउन टोलीलाई आकस्मिकरुपमा परिचालन गरी ठगी र अनियमितलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने लक्ष्यका साथ समिति गठन गरिएको जानकारी दिएको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को उद्देश्यअनुरुप इजाजतपत्रवाला संस्थाको नियमनकारी निकायको रुपमा कार्य गरी वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई वैदेशिक रोजगारीमा जाने कामदार र व्यवसायीको हितको संरक्षण गर्नुपर्ने दायित्वसमेत रहेको उल्लेख गरेको छ । अनुगमन समितिले विशेषतः म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायतका वैदेशिक रोजगारको गतिविधिमा प्रत्यक्ष जोडिएका संस्थाहरुको आकस्मिक तथा नियमित अनुगमन गर्नेछ । अनुगमनमा खटिएको टोलीलाई आवश्यक कागजात, विवरण र जानकारीहरु उपलब्ध गराई अनुगमन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरुलाई विभागले आग्रहसमेत गरेको छ । विभागले गरेको यस निर्णयबाट ठगी तथा अनियमितता नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागबाट भैरहेको अनुगमन कार्यलाई थप प्रभावकारी कार्यान्वयनका लागि अनुगमन समिति बढाइएको विभागले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा हुने ठगी तथा अनियमितताको विषय सञ्चारमाध्यममा आउनुका साथै विभागमासमेत गुनासो, उजुरी, मुद्दाको जाहेरीको संख्या दिन प्रतिदिन बढ्दै गएको विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । ‘वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउन जरुरी भएकोले समिति बनाइएको हो,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP