Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकारको १०० दिनमा वैदेशिक रोजगार
सरकारको १०० दिनमा वैदेशिक रोजगार
बुधबार, चैत २२, २०७९
baideshik-rojgar
Hardik health
काठमाडौं– मंसिर ४ मा सम्पन्न आमनिर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले १०० दिन पूरा गरेको छ । उक्त अवधिको उपलब्धिलाई समेटेर ३७ बुँदे उपलब्धिसमेत सार्वजननिक भइसकेको छ । उल्लिखित बुँदामध्ये चार वटा बुँदामा वैदेशिक रोजगारका क्षेत्रमा गरिएका क्रियाकलाप र उपलब्धिलाई समेटिएको छ । सरकारको सय दिनको कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रधानमन्त्री दाहालले ७८ दिन नेतृत्व दिए । यस अवधिमा सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा धेरै महŒवपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने, रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुलाई निःशुल्क टेलिमेडिसिन सेवाको आरम्भ, विदेशमा जाने वा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने कार्यको थालनी, गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति दिने निर्णयलगायतका महत्वपूर्ण व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उल्लेख गरेको छ । वैदेशिक रोजगार क्षेत्रमा भएको उपलब्धिको रुपमा सामाजिक सुरक्षाको दायरा विस्तार गरी यही चैत्र ८ गते प्रधानमन्त्री दाहालबाट वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको उल्लेख गरिएको छ । उक्त कार्यक्रम सञ्चालनमा आएपछि हालसम्म १५ हजार जनाभन्दा बढी सामाजिक सुरक्षा योजनामा सूचीकरण भएको जनाइएको छ । त्यसैगरी स्वदेशमै अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका व्यक्तिका लागि आगामी २०८० वैशाखदेखि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन कार्यविधि स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । यसको कार्यान्वयनबाट स्वदेश र विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने सरकारको विश्वास छ । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन श्रम गन्तव्य मुलुकसँग वार्ता, सम्झौता गर्ने तथा वैदेशिक रोजगारीमा जाने नेपालीको अनुगमन, नियमन गर्ने लगायतका कार्यलाई गति दिइएको बताइएको छ । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले अनलाइन माध्यमबाटै श्रम अनुमतिका लागि आवेदन गर्नसक्ने तथा उनीहरूलाई अनलाइन माध्यमबाटै श्रम स्वीकृति दिने प्रणाली सञ्चालनमा रहेको उल्लेख गरिएको छ । श्रमिकलाई सहजरुपमा श्रम स्वीकृति दिन दुई वर्षे विद्यमान प्रावधानलाई हटाई रोजगारदाता कम्पनी र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा पूरै कार्य अवधिको लागि श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख छ । यस्तै, पुनः श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यतालाई हटाइ विदेशस्थित नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गर्दै विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन विभिन्न प्रयास भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणमा जनाइएको छ । यसैगरी वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २८३ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायताबापत एक करोड ९८ लाख १० हजार रुपैयाँ, अंगभंग÷बिरामी भएका ९५ जनालाई आर्थिक सहायता तीन करोड १० लाख १८ हजार रुपैयाँ, वैदेशिक रोजगारीमा गई विचल्लीमा परेका ८९ जनाको सम्बन्धित नियोगसँगको समन्वयमा उद्धार गरिएको कार्यालयले उल्लेख गरेको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका एक हजार ५४४ जना सन्ततिलाई एक करोड ४५ लाख २४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति सहायता उपलब्ध गराइएको छ । यस्तै वैदेशिक रोजगारीमा गएका कामदारलाई स्वास्थ्यसम्बन्धी परामर्श उपलब्ध गराउन टेलिमेडिसिन सेवा सञ्चालनमा आएको बताउँदै यसका लागि कोभिड–१९ युनिफाइड केन्द्रीय (वीर) अस्पतालसँग सम्झौता भएको कार्यालयले उल्लेख गरेको छ । साथै, वैदेशिक रोजगारीमा हुने ठगीलगायतका सबै गुनासो समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा ‘इमिडिएट रेस्पोन्स टास्क फोर्स (आइआरटिएफ)’ गठन गरी कार्य सञ्चालन भइरहेको जनाइएको छ । यस्तै श्रमिकको समस्यालाई समयमा नै सुनुवाइ गर्दै सहजीकरण गर्न विदेशस्थित सबै नियोगमा श्रमसम्बन्धी छुट्टै ‘डेडिकेडेट फोकल पोइन्ट’ तोक्ने प्रक्रिया अघि बढेको कार्यालयले बताएको छ । साथै, सय दिनमा विदेशमा रोजगारी गुमाएका, बन्दी बनाइएका एवम् स्वास्थ्य समस्या झेलिरहेका १०० भन्दा बढी नेपालीलाई उद्धार गरिएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP