Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • डुंगा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
डुंगा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २१, २०७९
Hardik health
बैतडी - बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुंगा सञ्चालनमा रोक लगाएको हो । यहाँका अन्य घाटमा सहजैरुपमा डुंगा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुंगा  चालक सुरेन्द्र चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुंगा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ । गाउँपालिकाले रू ६६ हजार ठेक्कामा डुंगा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उनको भनाइ छ । “महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ”, उनले भने । एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुंगा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उनले बताए  । भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ । “ डुंगा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ”, उनले भने । हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुङ्गा सञ्चालनमा छन् । उनले भने, “अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुंगा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ । तर समस्या समाधान हुन सकेको छैन ।” हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “ डुंगा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ ।” पिथौरागढका सुरक्षा अधिकारीसँग चार/पाँचपटक डुंगा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताए । उनले भने , “पटक–पटक फोन र पत्रचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौं ।” महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुङ्गामार्फत ओहोरदोहोर गर्ने गरेका छन् । भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन् । तर डुंगा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन् । पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन । जोखिमपूर्ण रुपमा डुङ्गाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन् । तल्लोस्वराड क्षेत्रमा डुंगा सञ्चालन हुने आठवटा घाट छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP