Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावी दौडमा ६९ उम्मेदवार
चुनावी दौडमा ६९ उम्मेदवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २१, २०७९
daud
Hardik health
काठमाडौं– तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा ६९ जनाले उम्मेदवारी दिएका छन् । उनीहरूले तनहुँ–१, चितवन–२ र बारा–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उम्मेदवारहरू केही नयाँ छन् । धेरैचाहिँ पुराना छन् । कतिपय उम्मेदवार भने गठबन्धनसहित निर्वाचन मैदानमा उत्रिएका छन् । अधिकांश भने एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिए । उपनिर्वाचनमा उम्मेदवार भएकामध्ये ‘हेभिवेट’ नेता भनेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव हुन् । उनी गत ४ मंसिरमा भएको निर्वाचनमा सप्तरीमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतसँग पराजित भएका थिए ।
बारा–२ मा उपेन्द्र यादव, शिवचन्द्र कुशवाहा, रमेश खरेल र पुरुषोत्तम पौडेल तथा चितवन–२ मा रवि लामिछाने, जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने एवं तनहुँ–१ मा गोविन्द भट्टराई, सर्वेन्द्र खनाल र डा. स्वर्णिम वाग्लेबीच कडा टक्करको चर्चा
उनै यादवले पार्टी तत्कालीन संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफ्ना लागि प्रतिनिधिसभा छिर्ने निर्वाचन क्षेत्रको रूपमा बारा–२ लाई बनाउन खोजेका हुन् । उनले सोमबार उम्मेदवारी दर्तापछि निर्वाचन जित्ने दाबी गरे । ‘गठबन्धनको म साझा उम्मेदवार हुँ । फेरि, यहाँ हाम्रै दलले पहिले पनि निर्वाचन जितेको हो । अब पनि जित्छौं,’ यादवले उम्मेदवारी दर्तापछि भने । उनलाई सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेका छन् । यादवलाई निर्वाचनमा टक्कर दिन जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । कुशवाहा हालै नेकपा माओवादी केन्द्रबाट जनमत गएका नेता हुन् । गत ४ मंसिरमा भएको निर्वाचनमा उनी केही सय मतले मात्रै पराजित भएका थिए । निर्वाचन क्षेत्रमा उनको बलियो प्रभाव छ । उनले यसअघि नै प्रभावसँग भनिसकेका छन्, ‘शतप्रतिशत चुनाव जित्छु ।’ नेकपा एमालेले त्यहाँ नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेललाई उम्मेदवार बनाएको छ । खरेलले उम्मेदवारी दर्तापछि नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफू उम्मेदवार बनेको बताए । ‘मधेसमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका छैनन् । सुरक्षा छैन । म बारा क्षेत्र नं २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु,’ खरेलले भने ।नेपाल प्रहरीमा छँदा उनले राम्रो छवि बनाएका थिए । त्यसकै बलमा नेपाल सुशासन पार्टी दर्ता गरेर उनी काठमाडौं–१ बाट चुनाव लडेका थिए । तर उनी ४ मंसिरको उक्त निर्वाचनमा पराजित भएका थिए । एमालेले बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । बाराका एमाले नेताहरूमध्येमा राम्रा छवि भएका नेतामा पौडेल गनिन्छन् । उनलाई यादव, खरेल र कुशवाहासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न एमालेले उम्मेदवार बनाएको हो । उनले उम्मेदवारी दर्तापछि निर्वाचन जित्ने ठोकुवा गरे । ‘यो निर्वाचन क्षेत्र २०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो,’ उनले भने, ‘यस कारण मैले निर्वाचन जित्नेमा शंका नगर्नुहोला ।’ बारा–२ मा दलका १२ जना र स्वतन्त्र २४ जना गरी ३६ जना उम्मेदवार छन् । त्यसमध्ये दलकै तर्फबाट राप्रपाका सोनालालप्रसाद साह तेली, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारुल अन्सारी, मंगोल नेसनल अर्गनाइजेसनका प्रमोदप्रसाद चमार, हाम्रो नेपाल पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारी, राप्रपा नेपालका मनिफ मियाँ अन्सारी र आम जनता पार्टीका अरुणप्रसाद ज्ञवाली उम्मेदवार छन् । यी उम्मेदवारहरूसँग विनोदकुमार कर्ण, धुपलाल हजारा, गिरजा कुमारी, उमाकुमारी कुशवाहा, सिगारी देवी, रीता देवी, दिनेशप्रसाद यादव, असर्फी राउत अहिर, बाबुराम प्रसाद, मुना मन्सुरी, जैसी राउत, धर्मवीरप्रसाद यादव, उमेशप्रसाद यादव, सुरेन्द्रकुमार सिंह, जितेन्द्रप्रसाद यादव, दुर्गाप्रसाद कोइरी, कुसेसवर साह बनिया, शम्भुप्रसाद साह तेली, राधिका न्यौपाने साह कलवर, रामबालक महरा चमार, सुरज साह तेली र वीरेन्द्र पण्डित स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका छन् । रविलाई श्रेष्ठ र न्यौपानेको टक्कर बाग्मती प्रदेशको चितवन–२ मा हुने उपनिर्वाचनमा चर्चित नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीले भन्दा तेब्बर बढी मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार भएका छन् । उनले उम्मेदवारी दर्तापछि भने, ‘एकको बदला तीन ।’ यसको मतलव आफ्नो एक सांसद पद खारेज हुँदाको बदला तीन सांसद पद जित्ने भनेका हुन् । उनले त्यस क्रममा पाँच वर्षपछि एकल रूपमा दुईतिहाइ बहुमत ल्याएर सरकार चलाउने दाबीसमेत गरे । २०५० सालमा जारी नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट वैधानिकता नभएको ठहर गरेपछि उनले १३ माघमा सांसद पद गुमाएका थिए । सोही कारण चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।रविसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनको दल नेपाली कांग्रेसबाट निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । प्रतिस्पर्धी रविप्रति लक्षित गर्दै भने, ‘चितवन पर्यटकीय नगरी हो । यहाँ एकपटक स्वागत गरिन्छ । स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’ श्रेष्ठले अघिल्लोपटक पनि उम्मेदवार हुन चाहेका थिए । तर, त्यसबेला तत्कालीन प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पाए । उनी भने रविसँग पराजित भए । यसपटक भने जीतनारायण रविका प्रतिस्पर्धी बनेका हुन् ।नेपका एमालेले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनले पनि निर्वाचन जित्ने दाबी गरे । यी नेताहहरूसँगको चुनावी प्रतिस्पर्धामा राप्रपाका जीवलाल पुरी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्मा, नेमकिपाका ज्ञानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैशी, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्रकुमार पाख्रिन, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी र जय जन्मभूमि पार्टी नेपालका प्रेमबहादुर खड्का पनि छन् ।स्वतन्त्रबाट ताराप्रसाद पौडेल, सुदर्शन कँडेल, सुवास परियार, मोजराज बगाले, भाष्करचन्द्र न्यौपाने, चक्रपानी न्यौपाने, रामकृष्ण ओझा, अम्बिका भट्ट, लक्ष्मीमाया कोइराला बुढाथोकी, सुमन श्रेष्ठ, विक्रम श्रेष्ठ र सन्तोष थापा उम्मेदवार छन् । तनहुँ–१ मा भट्टराई, खनाल र वाग्ले उता गण्डकी प्रदेशको तनहुँ–१ मा ठूला दलका नयाँ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । त्यहाँ सत्ता गठबन्धन दलहरूको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरे । उनी कांग्रेसभित्र हालका राष्ट्रपति रामचन्द्र पौडेल, अर्का नेता गोविन्दराज जोशी र सांसद शंकर भण्डारीका कारण अवसर नपाएका नेता भनेर चिनिएका नेता हुन् । उनीसँग चुनावी प्रतिस्पर्धा गर्न एमालेले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । खनाल काठमाडौं–६ मा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए । उनी २०७७ सालको वैशाखमा जसपाका तत्कालीन सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भनिएको काण्डमा मुछिएका थिए ।यी दुई नेतासँग प्रतिस्पर्धाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । रविकै साथमा उभिएर वाग्लेले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । वाग्लेले भने, ‘१० वैशाख नयाँ युग आह्वान गर्ने दिन हो ।’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्ले हालै कांग्रेस परित्याग गरी रास्वपा गएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएअनुसार राप्रपाकी शोभा गुरुङ, नेमकिपाका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नागरिक उन्मुक्तिका भीमबहादुर सुनार र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठ उम्मेदवार छन् । यहाँ भने स्वतन्त्र उम्मेदवार छैनन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP