Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
समाचार
  • Home
  • समाचार
  • घरघरमा क्यूआर कोड नम्बरिङ सिस्टम
घरघरमा क्यूआर कोड नम्बरिङ सिस्टम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १६, २०७९
house-numbering
Hardik health
काठमाडौं - धुलिखेल नगरपालिकाले नेभिगेसनमा आधारित हाउस नम्बरिङ सिस्टम प्रयोग गर्न थालेको छ । नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट परियोजनाको रुपमा नगरपालिकाले घरघरमा क्यूआर कोड सहितको डिजिटल नम्बरिङ लागू गर्न थालेको हो । नगरपालिकाका मेयर अशोक कुमार बेञ्जु श्रेष्ठले पाइलट परियोजना अन्तर्गत बुधबार ४ नम्बर वडाका सम्पूर्ण १२३६ ओटै घरमा क्यूआर कोड सहितको नेभिगेसनमा आधारित नम्बर उपलब्ध गराउने काम सम्पन्न भएको जानकारी दिए । “यसका लागि नगर विकास कोष र यूएन सीडीएफबाट १५/१६ लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो,” उनले भने, “अन्य वडाहरूमा नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट नम्बरिङ प्रणाली लागू गर्नेछ, जसका लागि ४० देखि ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ । यो नेपालकै नमुना परियोजना हो ।” नगरपालिकाका इन्जिनियर हरिराम हुमागाईंका अनुसार चालू आर्थिक वर्षमा वडा नम्बर ३, ५, ६, ७, र ८ को गर्ने र आगामी आर्थिक वर्ष २०८०/०८१ मा बाँकी वडा नम्बर १०, ११ र १२ मा नम्बरिङको काम सम्पन्न गर्ने योजना रहेको छ । नम्बरिङ प्रणालीका लागि जियो सर्भिस नेपाल र क्लाउड टेक टेक्नोलोजीले संयुक्त रुपमा काम गरिरहेका छन् । जियो सर्भिस नेपालका प्रबन्ध निर्देशक गोकुल भण्डारी विगत चार महिना अघिदेखि यसका लागि काम सुरु गरिएको बताए ।उनका अनुसार कुनै सडकको दूरी मापन गरेर घर नम्बर निर्धारण गर्ने यो प्रणाली मेट्रिकमा आधारित छ । सडकबाट बायाँतर्फ रहेका घरहरूका लागि बिजोर र दायाँतर्फ रहेका घरहरूका लागि जोर नम्बर छुट्याइएको छ । बीचमा नयाँ घर थपिँदा नयाँ नम्बर उपलब्ध गराइने भण्डारीले बताए ।घरघरमा नम्बरसँगै क्यूआर कोड समेत राखिएको छ । उक्त क्यूआर कोड स्क्यान गरी कुनै दुर्घटना वा आपत पर्दा बारुण यन्त्र, एम्बुलेन्स, प्रहरीलाई अन्य अवस्थामा तत्कालै पुग्न सहज हुने बताइएको छ । क्यूआरमा सम्बन्धित घरको लोकेसन राखिएको छ, जसमा स्क्यान गर्दा गुगल नेभिगेसनको खुल्ने गर्छ । नम्बरिङ सिस्टमका लागि सुरुमा हरेक घरको ड्रोन सर्भे गरी ती घरलाई तस्वीरमा ट्रेस गर्ने काम हुन्छ । स्पिडोमिटरले सडक तथा घरहरू बीचको दुरी मापन गरिन्छ र वेब एपमा जीआईएसको माध्यमबाट सबै घरको नम्बर तयार पारिन्छ । यसरी तयार पारिएका नम्बरको आधारमा अन्य तथ्याङ्क समेत संकलन गरिन्छ । जसमा घर कति तलाको छ, कति कोठा छन्, केले बनेको छ, कुन प्रयोजनमा छ, नक्सा पास भएको छ कि छैन, घर धनी तथा उसको नागरिकता र परिवारका सदस्यको विवरण राखिन्छ । साथै पानी, बिजुली आदि सुविधा छ कि छैन, सँगैको सडकको अवस्था कस्तो छ लगायतका सूचना पनि समावेश गरिएको छ । यसरी घर नम्बर र डिजिटल सूचना सहितको वेब एप बनाएर नगरपालिकालाई दिइएको छ । यस्ता सबै सूचना अनलाइनमा सार्वजनिक भने हुँदैनन् । घरको नम्बर र क्यूआर कोड मात्रै सार्वजनिक हुन्छ । घर नम्बरको आधारमा कर संकलन गर्न, कर चुक्ता नगरेको यकिन गर्न, सहरी विकासको योजना बनाउन स्थानीय सरकारलाई सहज हुने अपेक्षा गरिएको छ ।  
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP