Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • घरघरमा क्यूआर कोड नम्बरिङ सिस्टम
घरघरमा क्यूआर कोड नम्बरिङ सिस्टम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १६, २०७९
house-numbering
Hardik health
काठमाडौं - धुलिखेल नगरपालिकाले नेभिगेसनमा आधारित हाउस नम्बरिङ सिस्टम प्रयोग गर्न थालेको छ । नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट परियोजनाको रुपमा नगरपालिकाले घरघरमा क्यूआर कोड सहितको डिजिटल नम्बरिङ लागू गर्न थालेको हो । नगरपालिकाका मेयर अशोक कुमार बेञ्जु श्रेष्ठले पाइलट परियोजना अन्तर्गत बुधबार ४ नम्बर वडाका सम्पूर्ण १२३६ ओटै घरमा क्यूआर कोड सहितको नेभिगेसनमा आधारित नम्बर उपलब्ध गराउने काम सम्पन्न भएको जानकारी दिए । “यसका लागि नगर विकास कोष र यूएन सीडीएफबाट १५/१६ लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो,” उनले भने, “अन्य वडाहरूमा नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट नम्बरिङ प्रणाली लागू गर्नेछ, जसका लागि ४० देखि ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ । यो नेपालकै नमुना परियोजना हो ।” नगरपालिकाका इन्जिनियर हरिराम हुमागाईंका अनुसार चालू आर्थिक वर्षमा वडा नम्बर ३, ५, ६, ७, र ८ को गर्ने र आगामी आर्थिक वर्ष २०८०/०८१ मा बाँकी वडा नम्बर १०, ११ र १२ मा नम्बरिङको काम सम्पन्न गर्ने योजना रहेको छ । नम्बरिङ प्रणालीका लागि जियो सर्भिस नेपाल र क्लाउड टेक टेक्नोलोजीले संयुक्त रुपमा काम गरिरहेका छन् । जियो सर्भिस नेपालका प्रबन्ध निर्देशक गोकुल भण्डारी विगत चार महिना अघिदेखि यसका लागि काम सुरु गरिएको बताए ।उनका अनुसार कुनै सडकको दूरी मापन गरेर घर नम्बर निर्धारण गर्ने यो प्रणाली मेट्रिकमा आधारित छ । सडकबाट बायाँतर्फ रहेका घरहरूका लागि बिजोर र दायाँतर्फ रहेका घरहरूका लागि जोर नम्बर छुट्याइएको छ । बीचमा नयाँ घर थपिँदा नयाँ नम्बर उपलब्ध गराइने भण्डारीले बताए ।घरघरमा नम्बरसँगै क्यूआर कोड समेत राखिएको छ । उक्त क्यूआर कोड स्क्यान गरी कुनै दुर्घटना वा आपत पर्दा बारुण यन्त्र, एम्बुलेन्स, प्रहरीलाई अन्य अवस्थामा तत्कालै पुग्न सहज हुने बताइएको छ । क्यूआरमा सम्बन्धित घरको लोकेसन राखिएको छ, जसमा स्क्यान गर्दा गुगल नेभिगेसनको खुल्ने गर्छ । नम्बरिङ सिस्टमका लागि सुरुमा हरेक घरको ड्रोन सर्भे गरी ती घरलाई तस्वीरमा ट्रेस गर्ने काम हुन्छ । स्पिडोमिटरले सडक तथा घरहरू बीचको दुरी मापन गरिन्छ र वेब एपमा जीआईएसको माध्यमबाट सबै घरको नम्बर तयार पारिन्छ । यसरी तयार पारिएका नम्बरको आधारमा अन्य तथ्याङ्क समेत संकलन गरिन्छ । जसमा घर कति तलाको छ, कति कोठा छन्, केले बनेको छ, कुन प्रयोजनमा छ, नक्सा पास भएको छ कि छैन, घर धनी तथा उसको नागरिकता र परिवारका सदस्यको विवरण राखिन्छ । साथै पानी, बिजुली आदि सुविधा छ कि छैन, सँगैको सडकको अवस्था कस्तो छ लगायतका सूचना पनि समावेश गरिएको छ । यसरी घर नम्बर र डिजिटल सूचना सहितको वेब एप बनाएर नगरपालिकालाई दिइएको छ । यस्ता सबै सूचना अनलाइनमा सार्वजनिक भने हुँदैनन् । घरको नम्बर र क्यूआर कोड मात्रै सार्वजनिक हुन्छ । घर नम्बरको आधारमा कर संकलन गर्न, कर चुक्ता नगरेको यकिन गर्न, सहरी विकासको योजना बनाउन स्थानीय सरकारलाई सहज हुने अपेक्षा गरिएको छ ।  
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP