Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • टुंगियो सत्ता भागबण्डा, मन्त्रिपरिषद् विस्तार आजै
टुंगियो सत्ता भागबण्डा, मन्त्रिपरिषद् विस्तार आजै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १६, २०७९
Gathabandhan Meeting
Hardik health
काठमाडौं - पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डल आज विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डामा सहमति जुटेपछि प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । ६ चैतमा विश्वासको मत लिँदै गर्दा दुई/तीन दिनमा मन्त्रिपरिषद् विस्तार हुने बताएका उनले एक सातापछि मात्रै विस्तार गर्न लागेका हुन् ।
कसको भागमा कति मन्त्रालय कांग्रेस: ८ माओवादी :५ जसपा र नेकपा एस : २/२ जनमत : मन्त्री १, राज्यमन्त्री १ लोसपा, नाउपा, आजपा र नेसपा : १/१ मन्त्री
दश दलीय गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले आठ मन्त्रालय लिने टुंगो लागेको छ । यसअघि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा एमालेले त्यति नै संख्यामा मन्त्रालय लिएको थियो । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले आठ मन्त्रालय लिनेगरी गठबन्धन दलका नेताहरूबीच समझदारी भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार प्रधानमन्त्री दाहालको दल नेकपा माओवादी केन्द्रले पाँच, जसपा र नेकपा एकीकृत समाजवादी (एस)ले दुई÷दुईवटा मन्त्रालय लिने टुंगो लागेको छ । जनमत पार्टीले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि एक/एक मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तत्काल सरकारबाहिर रहने भएको छ । गठबन्धन दलहरूबीच मन्त्रिपरिषद्मा भागबण्डाबारे तीन दिनदेखि बालुवाटारमा छलफल भएको थियो । बुधबार साँझ भने भागबण्डा टुंगो लागेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार पहिले नै चाहनुभएको थियो । अलि ढिला भयो तर मन्त्रालयको भागबण्डा टुंगियो,’ उनले प्रभावसँग भने । गठबन्धनको एउटा दल एकीकृत समाजवादीले पार्टी उपाध्यक्ष डा. बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ । भुसाल राष्ट्रियसभा र ज्वाला प्रतिनिधिसभा सदस्य हुन् । ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको बताइएको छ । भुसालले पनि शिक्षा, श्रम वा ऊर्जामध्ये एक मन्त्रालय लिने चर्चा भइरहेको छ । गठबन्धनको ठूलो दल कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सकारमा पठाउने तयारी गरेको छ । पार्टीका अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा. प्रकाशशरण महत, सीता गुरुङ, दीपक खड्कालगायत मन्त्री हुने करिब टुंगो लागेको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । उनका अनुसार केही मन्त्री हुनेहरूको नामबारे छलफल भइरहेको छ । ‘उपसभापतिद्वय, प्रवक्ताजीसँगै सीता गुरुङ र दीपक खड्का मन्त्री हुने निश्चितजस्तै हुनुभएको छ,’ उनले भने, ‘मन्त्री हुन चाहनेहरू थुप्रै छन्, सम्भावित नामबारे छलफल चलिरहेको छ ।’माओवादीबाट हाल चार जना मन्त्री र एक जना राज्यमन्त्री छन् । बुधबार साँझको बैठकले माओवादीले पाँच मन्त्रालय पाउने निर्णय गरेका कारण अब माओवादीबाट राज्यमन्त्री नभई मन्त्री नै हुने भएको छ । मन्त्री प्रधानमन्त्री दाहालले नै छान्ने भएका छन् । जसपाबाट भने अशोककुमार राई, राजकिशोर यादव, प्रदीप यादवलगायतलाई सम्भावित मन्त्रीको रूपमा हेरिएको छ । स्रोतका अनुसार राई सरकारमा गए उपप्रधानसहित कुनै मन्त्री हुनेछन् । जनमतबाट हाल अब्दुल खान मन्त्री छन् । उक्त पार्टीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । लोसपाबाट अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीमध्ये एक जना सरकारमा जाने छन् । नागरिक उन्मुक्तिबाट भने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी नै सरकारमा जाने भएकी छन् । तर, उनले जेलमा रहेका आफ्ना श्रीमान् रेशमलाल चौधरीको रिहापछि मात्रै सरकारमा जाने भन्दै आएकी छन् । डा. बाबुराम भट्टराई नेतृत्वको दलबाट महेन्द्रराय यादव र आम जनता पार्टीबाट प्रभु साह मन्त्री बन्ने निश्चित भएका छन् । तर, दलहरूले पाउने मन्त्रालयहरूबारे भने टुंगो लाग्न बाँकी छ । आजै बिहान प्रधानमन्त्री दाहालले दलहरू छलफल गरेर मन्त्रालयबारे प्रस्ताव ल्याउने तयारी गरेका छन् । प्रस्तावमाथि छलफल गरेपछि मन्त्रालय टुंगो लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले बताए । कांग्रेसले अर्थ, गृह, परराष्ट्रलगायतका मन्त्रालयमा दाबी प्रस्तुत गर्दै आएको छ । तर, प्रधानमन्त्री दाहालले नै गृह राख्ने अडान लिँदै आएका छन् । जसपा, नेकपा एस, जनमत, लोसपा, नाउपासहितका दलहरूले पनि बढी बजेट भएका र शक्तिशाली मन्त्रालय लिन चाहेका छन् । यद्यपि, कुन–कुन मन्त्रालय लिन्छन् भन्ने टुंगो आजै लाग्नेछ ।  
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP