Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • किर्ते नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
किर्ते नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ८, २०७९
handcuff
Hardik health
काठमाडाैं -  एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ बस्ने न्युल्केश श्रेष्ठ, मोरङका हीरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने विजय लामा रहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए  । उनका अनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ । उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । पक्राउ परेका कृष्णबहादुर कटवाल मुख्य योजनाकार भएको समेत प्रहरीले जनाएको छ । उनले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए । उनी जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट तिब्बती शरणार्थीको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउन गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ । कटवालले न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई हरेक पटक रु १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडाँैमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरीले जानकारी दिएको छ । न्युल्केश श्रेष्ठले हालसम्म तिब्बती व्यक्ति सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको पाइएको छ । कटवालले त्यसरी कीर्ते कागजात तयार गरी गैरनेपालीलाई सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति रु तीन लाखदेखि पाँच लाखसम्म रकम लिने गरेको खुलेको छ । नागरिकता लिएका अन्य २५÷३० जनाको सक्कलै नागरिकतामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको समूहले अहिलेसम्म पाँच सयभन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरीको अनुमान छ । कटवाल यसअघि ठगी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामान फिर्ता गर्न अनुरोध
सामान फिर्ता गर्न अनुरोध सोमबार, भदौ ३०, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री  घिसिङ घोषणा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कोष खडा गर्ने योजनामन्त्री घिसिङ घोषणा सोमबार, भदौ ३०, २०८२
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे सोमबार, भदौ ३०, २०८२
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध सोमबार, भदौ ३०, २०८२
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय  : नवनियुक्त ऊर्जामन्त्री
वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय : नवनियुक्त ऊर्जामन्त्री सोमबार, भदौ ३०, २०८२
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP