काठमाडौं- रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाईँले अस्पतालमा उपचारका लागि ल्याएका ८३ घाइते मध्ये हाल आठको उपचार भइरहेको जानकारी दिए।
डा सेढाईँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ र चण्डिका श्रेष्ठको उपचार भइरहेको छ ।
यस्तै, अस्पतालमा ल्याइएका घाइतेमध्ये आज बिहानसम्म ६९ जना उपचारपछि फर्किएका छन् । अस्पतालमा ल्याएका मध्ये एकको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।