Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपाको पूर्ण बैठकः ११ प्रस्ताव पारित – भारतले सीमा मिचेको निष्कर्ष
नेकपाको पूर्ण बैठकः ११ प्रस्ताव पारित – भारतले सीमा मिचेको निष्कर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
Pro_ktm_CPNCCMeetingclosing_(2)
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले भारतले नेपाली सीमा मिचेको निष्कर्ष निकालेको छ । गत बुधबारबाट सुरु भएको केन्द्रीय कमिटि बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी नेकपाका नेताहरू भारतले नेपाली सीमा मिचेको निष्कर्ष निकाल्दै उक्त विवाद कुटनीतिक रूपमा सामधान गर्न सरकारलाई आग्रह गरेका छन् । साथै, बैठकमा पेश भएका विभिन्न ११ प्रस्तावहरू पारित गरिएको छ । केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्तावलाई पारित गरेको हो । बैठकले नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने, एमसीसी विवाद समाधान गर्न समिति गठन गर्ने, बैठकमा पेश राजनीतिक र संगठनात्मक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । साथै, बैठकमा प्रस्तुत बल्खुमा केन्द्रीय कार्यालय राख्ने प्रस्ताव पारित भएको छ । ‘यो बैठक काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयका निर्णयलाई स्वागत गर्दछ’, पारित प्रस्तावको ११औँ नम्बरमा भनिएको छ, ‘देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकुल हुनेगरी आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने निर्णय गर्दछ । उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यको न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकलाई दिलखोलेर सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’ भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी केन्द्रीय कमिटि बैठकले आइतबार राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बुधबार बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । साथै, नेकपा केन्द्रीय कमिटीबाट महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ । बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । त्यसैगरी, नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफमा अध्यक्ष दाहालले एमसीसी विवाद समाधान लागि समिति गठनको प्रस्ताव गरेका थिए । बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमसीसीको विरोध गरेपछि अध्यक्ष दाहालले समिति गठनको प्रस्ताव गरेका थिए । त्यससँगै नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति सदस्यमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावललाई राखिएको छ । यो समितिलाई १० दिनको म्याद दिइएको छ । यस्तै, बैठकमा सदस्यको सुझावका आधारमा पार्टीमा गुटबन्दी र पूर्वघटकको मान्यता माथिल्लो तहबाटै अन्त्य गराउन दुवै अध्यक्ष केपी ओली र दाहालले संकल्प गरेका छन् । शीर्ष नेताको सम्पत्ति छानबिन गर्न उठेको विषयलाई केन्द्रीय अनुशासन आयोगले अध्ययन गर्ने र निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउन र जनमुखी प्रणाली स्थापित गर्नका लागि बहस सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०७:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP