काठमाडाै - चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटिएको छ ।
हिजो बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा अन्दाजी २० वर्षको एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका हुन् ।
उनका अनुसार आपसमा जुधेर गैँडा मरेको अनुमान छ । यो सँगै चालु आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ ।
file photo
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ ११:१६