

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तामा बसेका दलहरूलाई खबरदारी गर्नुपर्ने बताउँदै अधिनायकविरुद्ध एक हुनुपर्ने बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यतामाथि कहीकतैबाट आघात पु¥याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् । शनिबार प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँ पुण्य तिथिमा रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ स्थित टिकुलीगढमा आयोजित श्रद्धाञ्जलिसभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीँबाट हस्तक्षेप गर्न नहुने बताए ।
सरकारले दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतन्त्रको मुल्य र मर्ममाथि प्रहार गर्ने गरी विभिन्न बिधेयक ल्याएको उनले बताए । कम्युनिस्ट सरकारको अधिनायकवादबिरुद्ध लोकतान्त्रिक शक्तिहरू एक भएर अगाडि बढ्नुपर्नेमा देउवाले जोड दिए । सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति कांग्रेसको सर्मथन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताए ।
कायक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, कांग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर रानालगायतले इमान्दार कार्यकर्ताको योगदानले कांग्रेस अहिलेको अवस्थामा आएको बताए ।