Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • फेब्रुअरी महिनामा ७३ हजार बढी पर्यटक भित्रिए
फेब्रुअरी महिनामा ७३ हजार बढी पर्यटक भित्रिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १७, २०७९
tourist
Hardik health
काठमाडाैं -  नेपालमा एक महिनामा ७३ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका हुन्   । कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार चार सय २३ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा पर्यटकको सङ्ख्या बढेसँगै २०२३ को दुई महिनाको अवधिमा नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या एक लाख २८ हजार तीन सय २९ जना पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । चीन सरकारले फेब्रुअरी ६ देखि आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । गएको फेब्रुअरीमा दुई हजार दुई सय ६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । जनवरीमा एक हजार चार सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक जना पर्यटक नेपाल आउका छन् । यस्तै अमेरिकाबाट सात हजार आठ सय ८७ जना, थाइल्यान्डबाट चार हजार आठ सय दुई जना, बेलायतबाट चार हजार तीन सय ४५ जना र दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारीले नराम्रारी प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ ।  
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP