कपिलवस्तु - खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई तालिम सम्पन्न भएकाे छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग तथा खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँ को प्रमुख आतिथ्यता, अतिथि १ नम्बरका वडा सचिव सुबास गौतम तथा प्रमुख एवं प्रशिक्षक रेहाना खातुन समाजसेवी सदाब खान, नसिमा खातुन लगायतको आतिथ्यतामा टिका लगाई प्रमाण पत्र प्रदान गरि प्रशिक्षार्थीहरुलाई विदाई गरिइएको थियो ।
उक्त सिलाई कटाई प्रशिक्षणमा कुल १६ जना प्रशिक्षणार्थीहरु रहेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जाहिद खानले यस्तो शिपमुलक कार्यक्रमले यहाँका विपन्न गरिब असाहयहरुलाई रोजगारमा अन्तमनिर्भर बनाई सानो रोजगार सहि तर रोजगारको सृजना गरेको बताएको थियो ।
आउने दिनमा यस खान सिलाई कटाई प्रशिक्षण केन्द्रले यहाँका गरिब महिलाहरुलाई अन्तमनिर्भर बनाई रोजगारको सृजना गराउन कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो ।
खान सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रमुख एवं प्रशिक्षक रेहाना खातुनले यो एक महिना तालिममा विपन्न , गरिब, बेरोजगारहरुलाई अन्तमनिर्भर बन्न सानो सहयोग गरेको तर यस कपिलवस्तु नगरपालिकासँग सस्था तथा वडा कार्यालयहरुले यस्ता शिपमुलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।
प्रशिक्षणार्थीहरुले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग र खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा जुन यस्तो शिपमुलक कार्यक्रमले आफुहरुलाई रोजगारको सृजना गराएकोमा केन्द्र तथा नगरपालिका वडा नम्बर १ लाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् ।
खान सिलाई कटाई प्रशिक्षण केन्द्रकी प्रमुख प्रशिक्षक रेहाना खातुन विगत २० वर्ष देखि सिलाई कटाई गर्दै आएको र नगरपालिका वडा कार्यालय लगायत विभिन्न संघ संस्थाहरु बाट प्रशिक्षण तालिम लि प्रशिक्षण दिने गरेको प्रशिक्षक रेहाना खातुनले बताइन् ।
हाल सम्ममा लगभग हजारौँ भन्दा बढी प्रशिक्षणार्थीहरुले प्रशिक्षण दिएर हाल आफै सिलाई कटाई गर्दै रोजगार सृजना गरेको प्रशिक्षण रेहाना खातुनले बताइन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०८:५४