Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन (अन्तर्वार्ता)
स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन (अन्तर्वार्ता)
सम्झना राई
सम्झना राई सोमबार, फागुन १५, २०७९
Hardik health
काठमाडौँ– प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्किएका उनले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पु¥याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आएको छ । प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गरिएका प्रयासका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहसँग गरिएको कुराकानी ः नेपालमा मेडिकल शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ ? विसं २०२९ तिर एमबिबिएस अध्ययनका लागि जनकपुरबाट भारत गएको थिएँ । नेपालमा मेडिकल कलेज नभएका कारण उच्च शिक्षाका लागि छिमेकी देश भारत मेरो रोजाइमा पर्यो । कलेजका एक भारतीय मुलकै साथीले आश्र्चय हुदै प्रश्न गर्नुभयो, “नेपालमा एउटा पनि मेडिकल कलेज छैन रु” मैले उहाँलाई प्रतिप्रश्न गरे, “किन रु” जवाफमा उहाँले भन्नुभयो, “यहाँ (भारत) को उत्तर प्रदेशमा मात्रै आठ वटा मेडिकल कलेज छन् ।” आज ५० वर्षसम्म त्यो प्रश्नले मलाई असहज महसुस गराइरहेको छ । भारतमा अध्ययन सकेर नेपाल फर्किंदा हाडजोर्नीका आठ जना चिकित्सक थियौँ । त्यसयता, सरकारी लगानीमा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयअन्र्तगत चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापना भयो । अहिलेसम्म सरकारका दुई वटा र निजीतर्फ १८ वटा मेडिकल कलेज सञ्चालनमा छन् । नेपाली विद्यार्थीलाई एमबिबिएस अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यता कम छ । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कमा एमबिबिएस उत्तीण हुनेको सङ्ख्या २७ हजार आठ सय पाँच पुगेको छ । बिडिएसमा चार हजार चार सय १३, एमडीएस र एमडी÷एमएसका १० हजार ८० जना दर्ता भएका छन् । हाडजोर्नीको क्षेत्रमा चिकित्सकको सङ्ख्यालाई के भन्नुहुन्छ ? भारतबाट एमबिबिएसको पढाइ सकेर स्वदेश फर्केपछि नेपाल फर्किएर वीर अस्पतालमा काम सुरु गरेँ । हामीले सुरु गर्दा हाडजोर्नीका आठ जना मात्र चिकित्सक थियौँ । सिमित स्रोतका बाबजुत सबै उपचार र सर्जरी हुन्थ्यो । त्यस समयमा हाडजोर्नीका सर्जनको अभावमा मुटु सर्जनले पनि हाडजोर्र्नीको सर्जरी गर्नुहुन्थ्यो । अहिले हाडजोर्नीका करिब चार सय चिकित्सक छन् । जबकी पालिकास्तरका अस्पताल र स्वास्थ्य केन्द्रहरुमा हाडजोर्नीका चिकित्सक राख्नुपर्ने हुन्छ । विगतमा सिमित स्रोत साधनको चुनौती अहिले पनि छन् । चिकित्सा शिक्षण संस्थाको सङ्ख्या थपिएका छन् । तर गुणस्तरका कुरामा प्रश्नचिन्ह लाग्ने गरेको छ । काठमाडौँ बाहिरका विश्वविद्यालयमा अध्यापनका लागि आवश्यक व्यवस्थापकीय पक्षमा ध्यान दिन आवश्यक छ । बेलायतमा उच्च शिक्ष अध्ययन गरी उतै नबसेर नेपाल फर्केर काम गर्न कुन कुराले प्रेरित ग¥यो ? वीर अस्पतालमा केहि समय काम गरेपछि जनकपुर अञ्चल अस्पतालमा ९सन् १९८३/८४० सरुवा भएँ । त्यतिबेला जनकपुर अञ्चल अस्पतालमा पन्ध्र शैय्या थियो । अस्पतालको दुरावस्था देखेपछि आफ्नै खर्चमा पट्ना गएर केही स्वास्थ्य उपचार उपकरण किनेर ल्याए । त्यसपछि अस्पतालको एउटा सानो कोठाबाट उपचार सुरु गयाँै । सन् १९९० मा उच्च शिक्षाका लागि बेलायत पुगेँ । अध्ययनसँगै छ वर्ष काम गरे र लिभरपुल विश्वविद्यालयबाट विद्यावारिधि गरे । मसँगै जानुभएका केही साथीहरु बेलायतमै बस्नु भयो तर मलाई बेलायतको आर्कषणले धेरै समय त्यहाँ टिकाउन सकेन । किनकि मैले बेलायतमा त्यो सम्भावना देखिन जुन नेपालमा मेरा लागि थियो । मेरो अध्ययन र अभ्यासको सिर्जनात्मक प्रयोगका लागि नेपाल फर्किनु उपयुक्त ठानेँ । अहिले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा रहँदा के कति कामहरु गर्न सक्नुभएको छ ? बेलायतबाट नेपाल फर्किएपछिको विगत २५ वर्ष मेरो समय अध्यापनमा बित्यो । तर काम गर्ने थप उत्साह कोभिड–१९ को महामारीको समयमा अझ थपियो । जागिरबाट निवृत्त भएपछि जनकपुर गएर बसें । यसैक्रममा कोभिड महामारी फैलियो र त्यो बेला एउटा चिकित्सकको नाताले म प्रदेशका प्रायः सबै ठाउँमा पुगेर सेवा गर्ने र स्वास्थ्यमा नागरिकको पहुँच र अवस्थाबारे बुझने अवसर मिल्यो । त्यसक्रममा बटुलेका अनुभवले मलाई स्वास्थ्यमा हरेक नागरिकको सरह र सरल पहुँचका लागि काम गर्नैपर्छ भन्ने बोध भयो । यसै क्रममा सरकारले २०७७ सालमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना ग¥यो र त्यसको जिम्मेवारी मलाई दियो । प्रतिष्ठानले अहिले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन जोड दिएको छ । प्रतिष्ठानले डेढ वर्षको अवधिमा स्वास्थ्यसम्बन्धी चारवटा विषयमा शिक्षण प्रशिक्षणका कोर्ष सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले बिएसी नर्सिंङ्ग, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल भएको हो । शिक्षण प्रशिक्षण कोर्ष सञ्चालनको सफलतासँगै चाँडै मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडीएमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडीएमएस कक्षा सञ्चालनमा केही कठिनाइ भएकाले अस्पताल स्वामित्वको लागि पहल गरिरहेका छौँ । मधेस प्रदेशको स्वास्थ्य स्थिति त्यति सन्तोषजनक छैन । यसमा सुधार ल्याउन तपाइँको कस्तो सोचाइ रहेको छ ? मधेस प्रदेश र कर्णाली प्रदेशको स्वास्थ्य अवस्था अन्य प्रदेशको तुलनामा राम्रो छैन । देशभर नै सरकारी अस्पतालको अवस्था दयनीय जस्तो छ । जनकपुर मधेस प्रदेशको राजधानी भएर पनि स्वास्थ्य दृष्टिकोणले निकै पछि परेको छ । सबैभन्दा धेरै समस्या यहाँ व्यवस्थापनमा छ । जनकपुरमा अहिले १० श्ययाको आकस्मिक कक्ष छ, त्यसमा २० जना आवश्यक हुनेमा चार जनाले काम गर्दै आएका छन् । जनशक्तिको अभावले सेवा प्रवाहमा चुनौती छ । बाँकी जनसङ्ख्याको लेखाजोखा छैन । संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा लिएको छ तर जनताले आधारभूत स्वास्थ्यको पहुँच राख्न सकेका छैनन्, यसमा तपाईंको के भनाइ छ ? संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा राखेपनि जनताले आधारभूत स्वास्थ्य सेवा नपाउने अवस्था छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ भने पनि ९० प्रतिशत स्थानीय तहले आधारभूत स्वास्थ्य संस्था सञ्चालन गरेका छैनन् । अहिले स्वास्थ्यमा मुख्यगरी दुईवटा चुनौती छन् । पहिलो जनताको आवश्यकता कसरी सम्बोधन गर्ने ? र दोस्रो स्वास्थ्य संस्थाको स्तरीयता कसरी बढाउने रु जेनेभाको बैठकमा १० प्रतिशत स्वास्थ्यमा बजेट छुट्याउने भनी हस्ताक्षर गरेर आएको सरकारले अहिले चार प्रतिशतभन्दा धेरै बजेट छुट्याएको छैन । अधिकतम् लगानी स्वास्थ्य संस्थाको भौतिक संरचना र उपकरणमै खर्चिएको छ । जनशक्ति व्यवस्थापन प्राथमिकतामा पर्न सकेको छैन । सेवा प्रवाहमा ६० प्रतिशत लगानी पु¥याउन आवशयक छ । अहिले न चिकित्सकलाई प्रोत्साहित गर्नेखालको पारिश्रमिक छ न सेवाग्राहीले सुलभ शुल्कमा उपचार पाउन सकेका छन् । स्वास्थ्य सेवामा चित्त नबुझेपछि सेवाग्राही र चिकित्सकबीचको दूरी बढ्दो छ । स्वास्थ्य राष्ट्रिय प्राथमिकतामा पर्न आवश्यक छ । सरकारी अस्पतालमा लगानी पुगेको छैन । तर ठूला लगानीमा सञ्चालित निजी अस्पतालको सेवा पनि सन्तोषजनक छैन । चिकित्सक र स्वास्थ्यकर्मीको अभाव त्यहाँ पनि छ । यसो हुनुको मुख्य कारण के देख्नु हुन्छ ? आफ्नो व्यक्तिगत फाइदा बढी खोज्ने प्रवृतिले नै मुलुक आज पछि परेको हो । नियत ठीक छ भने हरेक योजना सफल र सम्भव हुन्छ । तर बिना स्वार्थ न कर्मचारी काम गर्न तयार हुन्छन् न राजनैतिक नेतृत्व । स्वास्थ्य क्षेत्रको सुधारमा ठूलो चुनौती भनेको सही नियत नै हो । मिसनका गएका चिकित्सकहरुले अहिले पनि देशका दूरदराज विकट स्थानमा गएर उपचारमा गरिरहेका छन् तर सरकारी अस्पतालमा सेवा प्रवाह सन्तोषजनक देखिदैन । यसका लागि सरकारले स्पष्ट नीति लिनु आवश्यक छ । आज बिरामीले चिकित्सकसँग यसको क्षमतामाथि प्रश्न गरिरहेको छ र उपचारमा कति खर्च लाग्ने हो भन्ने कुराले सशंङ्कति बनिरहेको छ । बिरामी आएपछि चिकित्सकले उसको उपचार गर्नु मेरो धर्म भन्ने भावनाबाट भन्दा पैसा असुल्ने मौका यही हो भन्ने भावनाले काम गर्दा कहिलेकाहीँ अनेक समस्या पनि आउने गरेको छ । अहिले चिकित्सकले एउटा सिटामोलको ठाउँमा दश प्रकारका औषधिहरु सिफारिस गरिरहेका हुन्छन्, चिकित्सकले पेशागत धर्म बिसिर्दै छन् । शिक्षाले व्यापारीकरण बढी भएको छ । अहिलेको स्वास्थ्य शिक्षाले व्यापारीकरण गराइरहेको छ । विद्यार्थीको गुणस्तर कायम राख्न सकेको छैन । मेडिकल शिक्षामा गुणस्तर कायम राख्न संरचनात्मक हुन आवश्यक छ । अहिले स्वास्थ्य संस्थादेखि प्रतिष्ठानमा राजनितिक हस्तक्षेप बढी छ । पदाधिकारी नियुक्ति राजनीतिक आस्थाका आधारमा हैन, गुणस्तर राख्न हुनुप¥यो । नेपालमा हाडजोर्नीको समस्या आउनुमा एउटा मुख्य कारण दुर्घटना पनि हो । यसलाई न्यूनीकरण गर्न के गर्नु पर्ला ? नेपालमा सडक दुर्घटना ‘साइलेन्ट प्यान्डेमिक’ को रुपमा खडा भएको छ । एक जना मृत्यु हुँदा १० जना गम्भीर घाइते भइरेहको अवस्था छ । सडक दुर्घटनाका विषयमा दुर्घटना हुनपूर्व र दुर्घटनापछिका काम हुन्छ । सबैभन्दा पहिले व्यवस्थित सडक निर्माण हुनुपर्छ । प्रविधिसँगै त्यसको असर कम गर्ने उपाय र योजनाहरु अपनाउनुपर्छ । सवारी गति नियन्त्रणदेखि ट्राफिक अनुशासन कायम गर्नेपर्छ । मादकपदार्थ सेवन निषेधको नियम लागू गरेपछि मोटरसाइकलको दुर्घटना केही कमी भएको छ । सवारी दुर्घटनामा तत्काल मृत्यु हुन नदिन तत्काल उद्धार र उपचारका लागि व्यवस्थापन हुनुपर्छ । एम्बुलेन्स आई नपुग्दै धेरै मान्छेको सड्कमै मृत्यु भैसकेको हुन्छ, । घाइतेको उद्धार गर्दा सामान्य विधि अपनाउँदा पनि धेरैलाई बचाउन सकिन्छ । सबै नागरिकलाई प्राथमिक उपचारसम्बन्धी जानकारी गराउन आवश्यक छ । सवारी दुर्घटना भएमा प्रत्येक सवारी साधन एम्बुलेन्स र प्रत्येक व्यक्ति उद्धारकर्ता बन्न सक्छन् । दुर्घटनामा परेका व्यक्तिलाई कोल्टो राखेर अस्पतालसम्म पु¥याउन सक्छ । पछिल्लो समय दुर्घटनामा परेकालाई उद्धार गर्न भन्दा पनि सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेको छ । सड्क सुरक्षाका लागि सरकारका सबै निकायको समन्वय आवश्यक छ । प्रा डा रामकेवल साह उपकुलपति, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ’
‘तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ’ आइतबार, भदौ २९, २०८२
‘अभिमुखीकरणको नाममा गलत गर्ने व्यवसायीलाई संरक्षण गर्न महासंघ लाग्दैन’
‘अभिमुखीकरणको नाममा गलत गर्ने व्यवसायीलाई संरक्षण गर्न महासंघ लाग्दैन’ सोमबार, भदौ २३, २०८२
‘आत्मबलविना कुनै पनि पेसामा टिक्न सकिँदैन’
‘आत्मबलविना कुनै पनि पेसामा टिक्न सकिँदैन’ सोमबार, भदौ १६, २०८२
‘वैदेशिक रोजगारीका कारण समाज स्वस्थ छ’
‘वैदेशिक रोजगारीका कारण समाज स्वस्थ छ’ सोमबार, भदौ ९, २०८२
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’ सोमबार, भदौ २, २०८२
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ सोमबार, साउन ५, २०८२
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’ आइतबार, साउन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP