Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भारतीय प्रहरीसँग मियाँले भने – मान्छे मारेर आएको, जानु दिनुस्
भारतीय प्रहरीसँग मियाँले भने – मान्छे मारेर आएको, जानु दिनुस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
Miya
Hardik health
काठमाडौं– आफ्नै साथीको हत्या गरेर फरार भएका बंगलादेशी नागरिक दुलामियाँ पक्राउ परेका छन् । गत साता सोल्टिमोडस्थित भिल्ला ग्रान्ड होटलमा ४५ वर्षीय बंगलादेशी नागरिक मुहिउद्धिन अहमद परवेजको विभत्स हत्या भएको थियो । उक्त हत्यामा संलग्न मियाँलाई सिरहाको लहानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नमा आरोप लागेका मियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अनुसन्धानबाट परवेज र मियाँ एउटै फ्लाइटमार्फत नेपाल आएको खुलेको छ । परवेजको हत्यामा संलग्न मियाँविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी अनुसन्धान भन्छ यही १४ जनवरीमा बंगलादेशको वोएली गाईबन्धा घर भएका मियाँ १० हजार टाँका बोकेर ढाका गएका थिए । उनी त्यहाँ एक होटलमा बसेका थिए । परवेज पनि होटलमा जान्थे । उनीहरू प्राय सँगै बसेर खान्थे । ६ दिन होटलमा बसेका मियाँले ६ हजार टाँका त्यही खर्च गरेको प्रहरी अनुसन्धानबाट खुल्न जनाएको छ । १९ जनवरीमा परवेजले सनवे ट्राभल एण्ड टुर्सबाट नेपाल जान भन्दै हिमालयन एयरलाइन्सको २ वटा टिकट बुक गर्छन् । त्यतिबेलासम्म मियाँलाई थाहा हुन्न । २० जनवरीमा उनीहरू हिमालय एयरलाइन्सको १० नम्बरको सी र डी सिटमा बसेर नेपाल आए । उक्त एयरलाइन्समा थप ४ जना बंगलादेशी नागरिक पनि थिए । ती बंगाली नागरिकले उनीहरूलाई सोध्छन्, ‘कुन देश जान लागेको ?’ परवेजले लेवनान जान लागेको बताउँछन् । यता, परवेजले मियाँलाई नेपालमा ट्रान्जिट छ । एकदिन बस्न पर्छ । भोलिपल्ट नेपालबाट लेवनान जाने भन्दै ल्याएको प्रहरी अनुसन्धान देखिएको छ । परवेजले मियाँलाई लेवनान पठाइदिन्छु भनेर ३ वर्ष अगाडि ३ लाख टाँका दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सोहीअनुरूप परवेजले मियाँलाई २१ जनवरीमा लेवनान जाने भन्दै नेपाल ल्याएको खुलेको छ । ती चार बंगालीले परवेजको कुरालाई विश्वास गरेका थिए । ती चार नागरिक नेपाल हुँदै संयुक्त अरब इमिरेट्स (युएई) जान लागेको थिए । प्रहरी अनुसन्धान भन्छ, ‘विमानस्थलको चेकजाँचपछि ट्याक्सी लिएर सिधै उनीहरू सोल्टीमोडस्थित भिल्ला ग्रान्ड होटल हानिएका थिए । उनीहरू करिब ९ः५१ बजे होटल पुगे । २१ जनवरीमा उनीहरू ७ बजेतिर उठेर मियाँले लेवनान जाने फ्लाइट कति बजेको हो भनेर परवेजलाई सोधेका थिए । तर, उल्टै परवेजलाई मियाँलाई धम्क्याएका थिए । मियाँले प्रहरीसँग आफूलाई परवेजले होटलबाट बाहिर निस्कन समेत नदिएको र यदि निस्किए मारिदिने धम्की दिएको बताएका छन् । मियाँका अनुसार नेपाल आउने भनेपछि हेग लेखिएको एक बोत्तल रक्सी बंगलादेशको ड्युटी फ्रिबाट किनेर ल्याइएको थियो । रक्सीको पैसा परवेजले नै तिरेका थिए । आफूले हातमा बोकेर ल्याएको प्रहरीसमक्ष उनले बयान दिएका छन् । मस्त सुतिरहेका परवेजको उक्त रात रमाइलो गर्ने योजनालाई मियाँले असफल पारेका छन् । मियाँले सुतिरहेको बेला परवेजको हत्या गर्ने योजना बनाएका थिए । ड्युटी फ्रिबाट ल्याएको सिल नखोलेको रक्सीको बोत्तल परवेजको दाहिने आँखामा उनले प्रहार गरेका थिए । त्यसपछि बेहोस भएका परवेजको मुखमा मियाँले फुटेको रक्सीको बोत्तल घाँटीमा छिराएका थिए । प्रहरी अनुसन्धानका अनुसार त्यसपछि होटलको पछाडिबाट मियाँ भागेका थिए । त्यसपछि भारत छिरेका मियाँलाई प्रहरीले फारम भर्न लगाए तर उनीसँग भारतको भिसा थिएन । त्यसपछि प्रहरीले जान मिल्दैन भनेपछि पनि मियाँले आग्रह गरिरहे । अन्तमा रुँदै उनले नेपालमा मान्छे मारेर आएको प्रहरीलाई बताएका थिए । समात्न पर्नेमा उल्टै भारतीय प्रहरीले कलकत्तामा बंगलादेशी कन्सुलर रहेको र त्यहाँ जान सुझाव दिएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । ट्रेन चढेर मियाँ कलकत्तास्थित बंगलादेशी कन्सुलर पुगेपछि भारतबाट बंंगलादेश जान पाउँदैनन् । कन्सुलरका कर्मचारीले नेपाल हुँदै आफ्नो स्वदेश फर्किन सुझाव दिए । १५ माघ अर्थात मंगलबार साँझ मियाँ काकडभिट्टा आएपछि नेपाल प्रहरीलाई सोधे, ‘कसरी बंगलादेश जाने ?’ ‘बंगलादेशको राजदूताबास काठमाडौंमा छ । त्यहीँ गएर प्रक्रिया मिलाउनु’ भन्ने प्रहरीको सुझावपछि मियाँ तयार भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP