Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण
आइतबार, फागुन ७, २०७९
Hardik health
एजेन्सी– अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट क्रुद्ध भएको उत्तर कोरियाले अमेरिका र आफ्नो छिमेकी कोरियाविरुद्ध कडा कदम चाल्ने धम्की दिएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाली र जापानी सेनाका अनुसार क्षेप्यास्त्र छिमेकीहरूको इलाकामा नपुगोस् भन्ने ध्येयका साथ सावधानीपूर्वक प्रहार गरिएको थियो । एक घण्टामा अधिकतम पाँच हजार सात सय किलोमिटरको उचाइमा पुग्ने तथा करिब नौ सय किलोमिटर पर प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र प्योङयाङले परीक्षण गरेको हो । क्षेप्यास्त्रका जानकारहरूका अनुसार शानिबार परीक्षण गरिएको अन्तरमहादेशीय उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्राजस्तै थियो । अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको उक्त क्षेप्यास्त्रको हुनसक्ने उनीहरूको अनुमान छ । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले ओशिमा टापुबाट करिब दुई सय किलोमिटर पश्चिममा रहेको जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको क्षेप्यास्त्रबाट कुनै क्षति नभएको बताएका छन् । ओशिमा होक्काइडोको उत्तरी मुख्य टापुको पश्चिमी तटमा अवस्थित छ । यसैबीच यूएस इन्डो–प्यासिफिक कमाण्डले उक्त प्रक्षेपणबाट अमेरिकी कर्मचारी, क्षेत्र वा यसका सहयोगीहरूलाई तत्काल जोखिम नभएको बताएको छभने ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्ले अनावश्यक रूपमा कोरियाली प्रायद्वीपमा तनाव बढाएको जनाएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त परीक्षणबारे दक्षिण कोरिया र अमेरिकासँग निकट सम्पर्कमा रहेर कुराकानी गरिरहेको बताएको छ । उत्तर कोरियाको पछिल्लो कार्यले अन्तर्राष्ट्रिय व्यवस्थालई उत्तेजित बनाएको बताए ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
काबुलमा विद्यालय खोल्न अपिल
काबुलमा विद्यालय खोल्न अपिल सोमबार, चैत ९, २०८२
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत सोमबार, चैत ९, २०८२
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत सोमबार, चैत ९, २०८२
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता सोमबार, चैत ९, २०८२
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP