Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
माैसम
  • Home
  • माैसम
  • तराईमधेशमा बाक्लो हुस्सु: जनजीवन प्रभावित
तराईमधेशमा बाक्लो हुस्सु: जनजीवन प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २४, २०७९
Hardik health
काठमाडौं– तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि विगतका वर्षहरुमा मौसम अनुकूल हुदै जाने भएता पनि यसपालि भने त्यस्तो हुन सेकेको छैन । “बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन”, गुहाली (गोठ) को एक छेउमा आगो तापिरहेकी महोत्तरीको बर्दिबास–७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेल भन्छिन्, “आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ ।” शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन् । ठ्याक्कै वसन्तपञ्चमी मनाइएको तीन दिनपछि देखि नै फेरि बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहन थालेपछि यहाँका पाका उमेरका सर्वसाधारण मौसम उल्टोपाल्टो चल्न थालेको भन्दै छक्क परेका हुन् । “हाम्रो चलनमा त तिलासक्रायत (माघेसङ्क्रान्ति) नै घाम तात्न थाल्ने पर्व मानिन्छ, वसन्तपञ्चमी मनाइएपछि त वसन्त नै लागेको मान्ने चलन छ, तर यसपालि त निगल्दो माघले पनि छिप्पिएको पुस सम्झाउँदै छ”, भङ्गाहा–४ रामनगरका ७५ वर्षीय वृदेवसिंह दनुवारले भने । माघ दोस्रो सातायता पारिलो घाम लाग्न थालेर आकाश खुलेपछि अब जिउ तात्छ भन्ने आश पालेका आपूmहरूलाई माघ तेस्रो साता लागेयता फेरि हुस्सु लाग्न थालेर चिसो स्याँठले सताउन थालेको सो बस्तीकै ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउनुहुन्छ । “खै वसन्तपञ्चमी मनाइएपछि त हुस्सु फाट्दै गएर आकाश सफा र उज्यालो हुन्थ्यो, अहिले त फेरि पुसको स्याँठ र हुस्सु पो दोहोरियो”, उनले भने, “खै बाबु, के–के देख्न, भोग्नुपरेको छ को नि? ” माघको तेस्रो सातायता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले महोत्तरीका गरिब बस्तीका सर्वसाधारणको फेरि बिचल्ली बढेको छ । एक साता पारिलो घाम देख्न, ताप्न पाएका यहाँका सर्वसाधारण माघ तेस्रो सातापछि फेरि बाक्लो हुस्सुले ढाकेर लगातार चिसो स्याँठ बहन थालेपछि बिचल्लीमा परेका हुन् । महोत्तरीका सबैजसो भेगमा अहिले बाक्लो तुवाँलोले डम्म ढाकेर घाम नदेखिएको एक साता भइसकेको छ । जिल्लाको उत्तरीक्षेत्रमा मध्यान्हतिर मधुरो घाम देखिए पनि मध्य र दक्षिणी भेगमा दिउँसो कुनै बेला अक्कलझुक्कलमात्र घाम देखिन्छ । “वसन्तपञ्चमी पनि मनाइयो, अब त घाम तात्छन् भन्ने थियो, तर फेरि अँध्यारोले छोप्यो”, चिसो स्याँठबीच घर अगाडि पातपतिङ्गर बटुलेर आगो सल्काएर वरिपरि परिवारजनबीच तातोको सहारा खोजी रहनुभएका भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय चौठी बाँतरले भन्नुभयो, “कहीँ काममा निस्कन सकिने छाँट देखिन्न, यही ‘घूर’ ९पातपतिङ्गर बटुलेर बालिएको आगो०को सहारा छ ।” सामान्यतया पुस–माघमा हुस्सु लाग्ने, स्याँठ चल्ने र घाम पातलो देखिने भए पनि वसन्तपञ्चमी मौसम फेरिने खास पर्वका रुपमा लिइन्छ । “यसपालि पनि वसन्तपञ्चमीभन्दा चार–पाँच दिन पहिलेदेखि नै पारिलो घाम देखिन थालेको पनि हो”, बलवा नगरपालिका–११ भगवतीपुरका ७५ वर्षीय उत्तिम माझी मुसहर भन्छिन्, “तर एक सातापछि नै फेरि हुस्सुसँगै स्याँठ चल्न थाल्यो, यस्तो भोगिएको कमै सम्झना छ ।” हिउँदमा वर्षा पनि नभएको र अहिले माघ निगल्दोसम्म हुस्सु र स्याँठले नछाडेपछि यहाँका पाका व्यक्ति बालीनालीका लागि समय उपयुक्त नहुने लख काट्दैछन् । माघ तेस्रो साताको प्रारम्भसँगै बढेको चिसोले फेरि पुस सम्झाएको सर्वसाधारण बताउँछन् । माघ ६–७ ताका पारिलो घाम लाग्न थालेपछि यसपालिको जाडो काटिएछ भनेको त फेरि पुस लागेजस्तो बनाएको माझी बताउँछन्. । यसरी वसन्तपञ्चमीपछि फेरि मौसम बिग्रनुमा विश्वव्यापी जलवायु परिवर्तनको असर कारण रहेको वातावरणविज्ञहरु बताउँछन् । “जताततै बढ्दो प्रदूषण, वनजङ्गल मासिँदै गएर बढेको असन्तुलन र सहरीकरणले विश्वव्यापीरूपमै असर गरिरहेको छ, यो कुसमयमा बढेको जाडो र हुस्सुले ढाकिनु यसैको कारण हो”, लामो समयदेखि वातावरण क्षेत्रको कामको अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवीमञ्च बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, “हामी सचेत भएर यसको असर कम गर्ने उपायमा नलाग्ने हो भने अझै प्रतिकूल अवस्था भोग्ने दिन आउँछन् ।” जिल्लाका गाउँनगर बस्तीमा अचाक्ली चिसो बढेको र यसले जनजीवनमा प्रतिकूल असर पार्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले गरिब बस्तीमा न्यानो सिरक बाँड्ने अभियान नै चलाएको छ । “हामीले जिल्लाका आमरूपमा अतिविपन्न मुसहर, बाँतर, चमार र खत्वेलगायतका जाति समुदायका बस्ती, असहाय वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई जाडो छल्न न्यानो फाइबर सिरक बाँडेका छौँ”, जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दीपक पहाडीले भने, “परोपकारी क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्था र स्थानीय तहको सिफारिसमा यो अभियानलाई अझै निरन्तरता दिइँदैछ ।” बढ्दो जाडोबीच न्यानो फाइबरको सिरक पाइएपछि पालो मिलाएरै भए पनि जिउ तताउन पाइएको भन्दै यहाँका दलित बस्तीका गरिबले राहत महसुस गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रका गरिब बस्तीमा पछिल्ला तीन साताबीचमा एक हजार पाँच सय परिवारमा न्यानो सिरक पु¥याइएको समितिका सचिव तथा रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप माैसम
आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना सोमबार, चैत २, २०८२
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै आइतबार, चैत १, २०८२
वर्षासँगै घट्यो वायु प्रदूषण
वर्षासँगै घट्यो वायु प्रदूषण शुक्रबार, फागुन २९, २०८२
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना शुक्रबार, फागुन २९, २०८२
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान बिहीबार, फागुन २८, २०८२
 आजको मौसम पूर्वानुमान
 आजको मौसम पूर्वानुमान बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP