Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस रणनीति :एमालेलाई च्याँखे, माओवादीलाई काँध
कांग्रेस रणनीति :एमालेलाई च्याँखे, माओवादीलाई काँध
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २४, २०७९
main
Hardik health
काठमाडौं– प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई काँध थाप्दा नेकपा एमालेविरुद्ध भने च्याँखे थाप्ने रणनीति अख्तियार गरेको देखिएको छ । प्रमुख विपक्षी दल भएर पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु, त्यसअघि १० पुसमा प्रधानमन्त्रीमा दाबी पेस नगर्नु र राष्ट्रिय सभा उपाध्यक्षमा उक्त दलले उम्मेदवार नै नबनाएर माओवादीकी उर्मिला अर्याललाई निर्विरोध बनाउनुले माओवादीलाई काँध थापेको प्रस्ट भएको हो ।

सबैले देखिरहनुभएको छ नि कांग्रेसले एमालेविरुद्ध च्याँखे थाप्दै आएको छ पृथ्वीसुब्बा गुरुङ उपमहासचिव, नेकपा एमाले

राष्ट्रिय सभा उपाध्यक्ष राज्यशक्तिको एउटा महŒवपूर्ण पद हो । कांग्रेसको राष्ट्रिय सभामा १० जना सांसद छन् । सहमहामन्त्रीसमेत रहेका कांग्रेस सांसद जीवन परियार जित्ने अवस्था नभएका कारण राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवार नबनाइएको बताउँछन् ।

कांग्रेसले प्रतिस्पर्धा गर्छ तर त्यसलाई च्याँखे बुझ्नु भएन जीवन परियार सहमहामन्त्री, नेपाली कांग्रेस

‘राष्ट्रिय सभामा कांग्रेस अल्पमतमा छ । ५९ सदस्यीय सभामा हाम्रा माननीयहरू १० जना मात्रै हुनुहुन्छ । यो भनेको निर्वाचन जित्ने गणित होइन,’ उनले प्रभावसँग भने, ‘तर, कांग्रेसले आवश्यकताअनुसार प्रतिस्पर्धा गर्छ । त्यसलाई च्याँखे बुझ्नुभएन ।’ उसो त प्रतिनिधिसभाको सभामुख चयनका लागि भएको निर्वाचनमा पनि कांग्रेस र सोही दल नेतृत्वको विपक्षी गठबन्धनको स्पष्ट अल्पमत थियो । उपसभामुख पदमा पनि त्यस्तै थियो । तर, कांग्रेसले उम्मेदवारहरूलाई निर्वाचनको मैदानमा उतार्‍यो । सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उपसभामुख पदका उम्मेदवार थिइन् । कांग्रेसले सभामुखमा ईश्वरी न्यौपाने र उपसभामुखमा मुक्ताकुमारी यादवलाई प्रतिस्पर्धामा उतारेको थियो । सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित हुँदा कांग्रेसका दुवै उम्मेदवार पराजित भए । यसरी पराजित हुनेगरीको स्पष्ट मत देखिँदा पनि प्रतिस्पर्धा गरेको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा गर्न चाहेन । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कांग्रेसले ‘च्याँखे’ थाप्दै आएको बताए । तर, त्यसलाई लोकतन्त्रमा प्रतिस्पर्धाको रूपमा लिनुपर्ने उनी बताउँछन् । ‘लोकतन्त्रमा प्रतिस्पर्धा अस्वाभाविक होइन । स्वाभाविक हो । प्रतिस्पर्धा गर्न पाउँछ,’ उनले भने, ‘तर, सबैले देखिरहनुभएको छ कि कांग्रेसले एमालेविरुद्ध च्याँखे थाप्दै आएको छ ।’ गुरुङ उपमहासचिव भएको दल एमालेका अध्यक्ष ओलीले यसअघि २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत प्रधानमन्त्री दाहालले लिँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै एमालेविरुद्ध जाल वा ढोक्सा नथाप्न चेतावनी दिएका थिए । यदि, थापे पनि कांग्रेसको जाल वा ढोक्सामा माछा नपर्ने उनको ठोकुवा थियो । ‘सदाशयले विश्वासको मत दिने हो भने स्वागत छ । होइन, जाल थाप्ने वा ढोक्सा थाप्ने त्यो स्वीकार्य छैन । र, माछा पर्ने त्यहाँ पर्ने छैन । अन्तै पर्नेछ,’ ओलीको भनाइ थियो । नभन्दै सभामुखमा प्रतिस्पर्धा गरेको कांग्रेस उम्मेदवार एमाले उम्मेदवारसँग पराजित भए । अर्थात् ओलीकै शब्दमा भन्दा कांग्रेसको ढोक्सामा माछा परेन । अब, २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदै छ । एमाले अध्यक्ष ओलीको दाबीअनुसार सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिमा एमालेको उम्मेदवार हुनेछ । तर, एमालेको राष्ट्रपतिका उम्मेदवारको भन्ने निक्र्योल हुन बाँकी छ । सम्भावित उम्मेदवारका रूपमा भने उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीदेखि बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतलाई हेरिएको छ । तर, प्रधानमन्त्री दाहाल राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने अडानमा छन् । उनको दल माओवादीको पदाधिकारीदेखि स्थायी कमिटीसम्मको बैठकको ‘म्याण्डेट’ यही छ । यसको मतलव प्रधानमन्त्री दाहाल र उनको दल माओवादी एमालेलाई राष्ट्रपति पद दिन तयार छैन । बरू, घुमाउरो शैलीमा कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने छनक दिएका छन् । प्रधानमन्त्रीको यस्तो छनककै कारण कांग्रसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय नै गरिसकेको छ । तर, को हो उम्मेदवार ? निश्चित भइसकेको छैन । भन्नचाहिँ कांग्रेसले सर्वस्वीकार्य व्यक्ति उम्मेदवार हुने जनाएको छ । उक्त उम्मेदवारबारे केही दिनमा थाहा हुने सहमहामन्त्री परियारले बताए । ‘हामी छलफल गरेर टुंगो लगाउँछौं । केही दिनमा थाहा दिन्छौं र हाम्रा उम्मेदवार सर्वस्वीकार्य हुने खालका हुन्छन्,’ उनले भने । कांग्रेसले उम्मेदवार उठाउने भन्नु र प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको अडान राख्नुले एमाले भने सशंकित छ । कतै माओवादीले कांग्रेसलाई राष्ट्रपति निर्वाचनमा भित्रिरूपमा सहयोग त गर्दैन ? एमाले नेताहरूको शंका छ । यदि, माओवादीले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा मत दिएको अवस्थामा सत्ता गठबन्धन टुट्नेछ । कांग्रेसले चाहेको पनि यही हो । किनभने, कांग्रेस १० पुसभन्दा अघिको गठबन्धनलाई ब्युँताउन चाहन्छ । कांग्रेस नेतृत्वमा रहेको उक्त गठबन्धनमा माओवादी, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा थिए । तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद गठबन्धनका अन्य दलहरूलाई नछाडेपछि तत्कालीन गठबन्धन भत्किएको थियो । अहिले कांग्रेस पनि माओवादीलाई साथ लिने र एमालेविरुद्ध च्याँखे थाप्दै अन्ततः गठबन्धनलाई टुटाउने रणनीतिमा अघि बढेको हो ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP